समाचार

स्याङ्जामा माटोबिना नै तरकारी खेती

स्याङ्जा। यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ । पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो पटक यो प्रविधि भित्र्याएर तरकारी खेती गरेको हो । “रोजगारीको सिलसिलामा […]

असिनाले लाखौंँको क्षति, किसान मारमा

त्रिशूली। हावाहुरीसँगै परेको असिनापानीले जिल्लामा लाखौंँको बाली नष्ट भएको छ ।शिवपुरी र पञ्चकन्या गाउँपालिकामा विभिन्न स्थानमा परेको असिनापानीले खाद्यान्न बाली तथा तरकारी नष्ट गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । शिवपुरीका लिखु, तलाखु, सुनखानी, महाकाली र समुन्द्रादेवी तथा पञ्चकन्याको पञ्चकन्यामा परेको असिनापानीबाट मकै, गहुँ तथा धान बाली नष्ट भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण तरकारी जोन […]

भैँसी गर्भाधारण अनुसन्धानमा सफल परीक्षण:जुनसुकै मौसममा गर्भाधारण गराउन सकिने

चितवन। नेपालमा भैँसीको न्यून प्रजनन क्षमताको समयमा बाली लगाउने प्रविधिको अनुसन्धान सफल भएको छ ।एउटै मात्र मौसममा प्रजनन हुने भैँसीलाई अनुसन्धानपछि अब नेपालमा जुनसुकै समयमा पनि गर्भाधान गरी प्रजनन गराउन सकिने भएको छ । कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनका प्राध्यापक डाक्टर भूमिनन्द देवकोटाको टोलीले भैँसीको न्यून प्रजनन क्षमताको समयमा प्रजनन् क्षमता बढाउनका लागि गरेको […]

कृषकका लागि बजेटमा आएका अधिकांश कार्यक्रम घोषणमै सिमित

काठमाडौं। गत वर्षको बजेट वक्तव्यमा उल्लेखित कार्यक्रमध्यै एक दर्जन भन्दा बढि कार्यक्रम घोषणमै सिमित भएका छन् । कृषि विकास मन्त्रालयले घोषणा गरेका कार्यक्रममका लागि खर्च नहुँदा बजेट कार्यक्रम कार्यान्वयनको अबस्था कमजोर बनेको हो । मन्त्रालयका अनुसार सरकारले गत बर्षको बजेटमार्फत कृषि उत्पादनमा आत्मनिर्भर हुने भन्दै सो आर्थिक बर्षदेखि गहूँ र तरकारीमा आत्मनिर्भर हुने घोषणा गरेको […]

प्रदेश ३ को बजेट १ अर्ब २ करोड,दुग्ध विकास बोर्ड र सुरुङमार्ग प्राथमिकतामा

हेटौँडा। प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले चालू आर्थिक वर्षका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । त्यसमध्ये चालू खर्चतर्फ ५४ दशमलव ३७ प्रतिशत अर्थात् ५५ करोड ४८ लाख ६० हजार रुपैयाँ विनियोजित गरिएको छ । प्रदेश सरकारले पुँजीगत खर्चतर्फ ५४ दशमलव ६३ प्रतिशत अर्थात् ४६ […]

कृषिउपजमा शुल्क नलिन भारतको दबाव, नेपालको अर्थतन्त्र चौपट बनाउने दाउ

काठमाडौं। कृषिजन्य उपजमा शुल्क नलिन भारतले नेपाललार्इ दबावमै राखेको छ । हाल भारत र चीनबाट आयात हुने कृषिजन्य वस्तुमा नेपालले पाँच प्रतिशत ‘कृषि सुधार शुल्क’ उठाउँदै आएको छ । तर, यो शुल्क घटाउनुपर्ने दबाव भारतले नेपाललाई दिँदै आएको छ । पहिल्यै सल्टिसकेको दाबी गरिएको यस विषयले  काठमाडौंमा सुरु वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समिति (आईजीसी) को बैठकमा […]

बारामा दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन

कलैया। यस वर्ष बारामा करीब रु दुई अर्ब मूल्य बराबरको गहुँ उत्पादन भएको छ । खाद्यान्न बालीमा दोस्रो स्थानमा रहेका गहुँबाली बारामा आव ०७४-७५ मा कूल २९ हजार हेक्टर क्षेत्रफलमा गरिएको थियो । नेपाल २९७, भृकुटी, विजय, आदित्य, नेपाल ९७१ र डब्लु १४०४ जातको गरिएको गहुँखेतीबाट प्रतिहेक्टर दुई दशमलव ८० मेट्रिक टनले रु एक अर्ब […]

प्रतिकेजी १० हजार मूल्य पर्ने गुच्ची च्याउ

हुम्ला। हुम्ला जिल्लाका वनमा गुच्ची च्याउ संकलन कार्य तीव्र बन्दै गएको  छ ।फागुनदेखि वैशाख मसान्तसम्म संकलन हुँदै आएको च्याउ संकलनका लागि अहिले स्थानीयबासीको दैनिक लर्को लाग्ने गरेको छ । स्थानीयहरु च्याउ खोज्न जानका लागि बिहानै घरबाट निस्कने गरेका छन्। स्थानीयहरु च्याउ खोज्न आफ्नो घरबाट एक दिन लाग्ने दूरीमा रहेको जंगलमा जाने गरेकोले खाना नास्तासहित बस्ने […]

‘लिफ्ट’ गरेर खानेपानी

बागलुङ। नगरवासीलाई चौबिसै घण्टा खानेपानी उपलब्ध गराउन ‘लिफ्ट’ प्रणालीको आयोजना बन्ने भएको छ । स्थानीय काठेखोलाको पानीलाई विद्युतीय ऊर्जामार्फत तानेर बजार क्षेत्रमा ल्याउन लागिएको हो । कुल ३२ करोड २५ लाख रूपैयाँमा बन्ने सो आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । सहलगानीको आयोजनामा सरकारको ७० र उपभोक्ताको ३० प्रतिशत योगदान रहनेछ । दुई […]

टिमुर खेती गरेर जीविकोपार्जन

तानसेन। पाल्पाका सामुदायिक वनमा विभिन्न किसिमका जडीबुटी खेती गर्ने क्रम बढेको छ । रिब्दिकोट गाउँपालिका–७ पालुङमैनादीका कृषकले सामुदायिक वनमा टिमुर खेती गरी आम्दानी सुरु गरेका छन् । पालुङमैनादीका कृषकले ठूलाचौर कबुलियती सामुदायिक वन समूह गठन गरी टिमुर खेती सुरु गरेका हुन् । ठुला रुख बिरुवा नभएको, बनमाराले ढाकेको मानवीय जीवनमा प्रयोगविहीन रहेको जंगललाई जिल्ला वन […]