समाचार

राहत नपाएको माछापालक किसानको गुनासो

विराटनगर। मोरङका माछापालक किसानले बाढीले पु¥याएको क्षतिबापतको राहत नपाएको भन्दै गुनासो गरेका छन् । गत साउन २८ गते वर्षात्पछि आएको बाढीका कारण पुगेको क्षतिबापतको राहत नपाएको भन्दै उनीहरूले गुनासो गरेका हुन् । मोरङमा बाढीका कारण सात सय किसानको पाँच करोड बराबरको क्षति पुगेको दाबी माछापालक किसान सङ्घका अध्यक्ष बलराम प्रसाईको छ । उहाँका अनुसार कृषि […]

असिनापानीले बालीनाली तथा फलफूल नष्ट

डोटी। आर्दश गाउँपालिकामा बिहीबार परेको असिनापानीले बालीनालीमा क्षति पुर्‍याएको छ। बिहीबार दिउँसो परेको असिनाले कृषकको गहुँबाली, फलफूल तथा तरकारी नष्ट पारेको स्थानीय छत्रकमल पाठकले जानकारी दिए। भित्र्याउन तयार रहेको गहुँबालीमा एक फिटसम्म परेको असिनाले क्षति पुगेपछि कृषक चिन्तित बनेका छन्। तीन वर्षदेखि लगातार असिनाले गहुँबालीमा यसरी क्षति पुर्‍याइरहेको कृषक कृष्ण लुहारले बताए। असिनाले कृषकका अन्न […]

कृषकलाई दुर्घटना बिमा अनिवार्य

काठमाडौं। कृषि बिमा खरिद गर्ने सबै कृषकले अब अनिवार्य दुर्घटना बिमा गर्नुपर्ने भएको छ । कृषि बिमा योजना खरिद गर्ने कृषकका लागि बिमा समितिले दुर्घटना बिमा अनिवार्य गर्ने तयारी गरेको हो । यो प्रावधान २०७५ वैशाख १ देखि लागू गर्ने बिमा समितिको तयारी छ । कृषि बिमा योजनासँगै थपिएको यो सुविधामा कृषकको २ लाख रुपैयाँसम्मको […]

सुर्यमुखी सहकारीबाट इजरायलका लागि १३ युवा छानिए

सिन्धुपाल्चोक। सुर्यमुखी साना किसान कृषक सहकारी संस्थाले ‘लर्न एन्ड अर्न कार्यक्रम’ का लागि १३ युवाको नाम सिफारिस गरेको छ । सिन्धुपाल्चोकको भोटेचौरमा रहेर ग्रामीण क्षेत्रमा प्रभावकारी सेवा दिएको सहकारीले संस्थामा आवद्ध सदस्य तथा उनीहरुका छोराछोरीलाई लिखित तथा मौखिक परीक्षाको आधारमा छनौट गरेको हो । साना किसान विकास बैंकले इजरायल सरकारको सहयोगमा प्राप्त गरेका उक्त कार्यक्रममा […]

आलु महोत्सव सुरु

पोखरा। ‘आलु गाउँ’कारुपमा परिचित पोखराको हेम्जामा बिहीबारदेखि नवौं आलु महोत्सव सुरु भएको छ ।‘सुन्दर ठाउँ हेम्जा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव यही चैत ३० गतेसम्म चल्नेछ । महोत्सवको उद्घाटन गर्दै प्रदेश नम्बर–४ का मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश–प्रदेशको समृद्धिका लागि मेला–महोत्सव फलदायी हुने बताए । […]

चितवनमा बर्ड फ्लुको आशंका, एकै खोरमा ३ हजार ७ सय कुखुरा मरे

चितवन। चितवनको रत्ननगर १५ माधवपुरको एक कुखुरा फर्ममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेको छ । लामिछाने पोल्ट्री फर्मको ४ वटा खोरका कुखुराहरु अचानक मर्न थालेपछि आफ्नो कुखुरामा बर्ड फ्लु लागेको हुनसक्ने सो फर्मका सञ्चालक अमृत लामिछानेले बताए । विगत ८ वर्षदेखि कुखुरा पाल्दै आएका लामिछानेको फर्ममा यति ठूलो मात्रामा लेयर्स कुखुरा मरेको थाहा […]

असिना पानीले लाखौँको तरकारी र अन्न बाली नष्ट, किसानद्वारा क्षतिपूर्ति माग

भक्तपुर। हावाहुरीसँगै भक्तपुरमा परेको भिषण असिना पानीले नगदे बालीका रुपमा रहेको लाखौँको तरकारी र अन्न बाली नष्ट गरेको छ । बुधबार अपराह्न चाँगुनारायण नगरपालिका क्षेत्रमा हावाहुरीसँगै आएको असिना पानीले लाखौँ रुपैयाँ बराबरको तराकारी खेती, गहुँ बाली र आलु खेती नष्ट गरेको हो । असिना पानीले चाँगुनारायण नगरपालिकाको दुवाकोट, झौखेल, छालिङ, बागेश्वरी, सुडाल, ताथलीमा लगाएको काउली, […]

कृषि विकास बैंकमा रोजगारको अवसर

काठमाडौं । कृषि विकास बैंकले दुई वर्षकालागि ९ सय ३ जना सुरक्षाकर्मी माग गरेको छ । बैंकले केन्द्रीय तथा क्षेत्रीय कार्यालयको लागि २ सय १५ जना कमाण्डर र ६ सय ८८ जना गार्डको माग गरेको हो । नेपाल सरकारबाट मान्यता प्राप्त कम्पनी तथा फर्मले सिलबन्दी प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नुपर्ने बैंकले जनाएको छ । […]

तरकारीखेतीमा आधुनिक प्रविधि फैलाउँदै नयाँ पुस्ता

ललितपुर। इञ्जिनियरिङ पढाइ सक्नुभएका जाजरकोटका मानबहादुर तामाङले तीन वर्ष अघिबाट बडिखेलमा तरकारीखेती गरिरहनुभएको छ । १२ रोपनी जग्गा भाडामा लिएर उहाँले तीन वर्ष अघिदेखि नैे तरकारीखेती शुरु गर्नुभएको हो । तीन जना नियमित कर्मचारी पनि उहाँको फार्ममा काम गर्छन् । व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेपछि उहाँले आफ्ना आमाबुबालाई पनि आफैसंगै राख्नुभएको छ । सडक […]

गुणकारी कर्कलो

कर्कलोलाई गाभा पनि भनिन्छ । हाम्रो खेत बारि लगायत ओसिलो जंगल वा खोला किनारमा प्रसस्तै पाइने कर्कलोको बैज्ञानिक नाम चांहि कलोकेसिया एस्कुलिन्टा हो। यसलाई अंग्रेजिमा तारो भनिन्छ। पात डाँठ र जमिन मुनि हुने जरा, जसलाई पिडाँलु, भनिन्छ तरकारिको रुपमा उपयोग हुन्छ। कर्कलोका बिभिन्न जात हुन्छन् र सबै जात खान योग्य हुदैनन्। खान योग्य जात पनि […]