समाचार

जिमुहामा शीत भण्डार सञ्चालन हुँदै

वालिङ। गल्याङ नगरपालिका–११ जिमुहामा शीत भण्डार निर्माण गरिएको छ ।आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता संस्था (आक्वा) अन्तर्गत जलस्रोत व्यवस्थापन आयोजनाको सहयोग र जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको समन्वयमा राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्र खुमलटारको व्यवस्थापनमा झण्डै एक महिनापछि शीत भण्डार सञ्चालनमा ल्याइँदै छ । “नमूना नगदे बाली उत्पादन कार्यक्रमअन्तर्गत झण्डै दुई सय सदस्य किसानबाट रु २४ […]

कृषि सेवा केन्द्र स्थानीय तहलाई हस्तान्तरण

तेह्रथुम। जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले आफू मातहतका कृषि सेवा केन्द्रहरु सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्न थालेको छ । कार्यालयले आइतबार आठराई गाउँपालिकामा रहेको कृषि सेवा केन्द्रलाई औपचारिक रुपमा गाउँपालिकालाई हस्तान्तरण गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले आठराई गाउँपालिकालाई सो क्षेत्रमा रहेको सेवा केन्द्र र सम्पूर्ण जिन्सी सम्पत्ति, कर्मचारी र सेवा प्रवाहको […]

चिया लोगोमा विवाद

इलाम। सरकारले शनिबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा कार्यक्रम आयोजना गरी सार्वजनिक गरेको नेपाली चियाको अन्तर्राष्ट्रिय लोगो विवादमा परेको छ। जिल्लाका चिया किसान र उद्यमीले केही ठूला उद्योगीको पुरानै लोगोलाई ‘नयाँ लोगो’ भन्दै सार्वजनिक गर्नु हास्यास्पद र एकाधिकार बजारको सूचक भएकोसमेत गुनासो गरेका हुन् । हजारौं चिया किसान र उद्योगीसँग सल्लाह नै नगरी लोगो […]

देशभर बदली, हल्का वर्षा

काठमाडौं। देशभरको मौसम सोमबार सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।बिहानैदेखि काठमाडौंसहित देशका केही ठाउँमा हल्का पानी परेको र दिउँसो पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद सुवास रिमालले जानकारी दिए । बंगालको खाडी र अबर सागरबाट सतही रुपमा आएको जलवाष्पयुक्त हावाका कारण मौसम बदली भएकोले दिनभरको मौसम यस्तै रहने मौसमविद […]

दूधबाट आत्मनिर्भर बन्दै सिन्धुपाल्चोक

सिन्धुपाल्चोक। भूकम्पका कारण गोठमा किचिएर हजारौँ गाईभैँसी मरेपछि तहसनहस दुग्ध व्यवसाय झन्डै तीन वर्षपछि सिन्धुपाल्चोक दूधमा आत्मनिर्भर बन्न थालेको छ। भूकम्पका कारण जिल्लाको दूध व्यवसाय भएका क्षेत्रमा मात्रै झन्डै १० हजार गाईभैँसी मरेका थिए। सिन्धुपाल्चोक जिल्लाबाट अहिले दैनिक २० हजार लिटर दूध संकलन गरी राजधानी निर्यात भइरहेको छ। भूकम्पपछि दूध उत्पादन आधा घटेर १० हजार […]

चितवनको सुख्खा क्षेत्रमा बोरिङमार्फत सिचाई सेवा सुरु भएपछि किसानहरु हर्षित

चितवन । चितवनको सुख्खा क्षेत्रमा बोरिङमार्फत सिचाई सेवा सुरु भएपछि किसान उत्साहित भएका छन् । भूमिगत जल सिंचाई विकास डिभिजन कार्यालय चितवनले निःशुल्क बोरिङ गरी सिंचाईको ब्यवस्था गरेपछि किसान थप उत्साही बनेका हुन् । सिंचाईको अभावमाा पशुलाई घाँस पनि राम्रोसंग उब्जनी नहुने जमिनमा यतिबेला निकै लोभलाग्दो गरी काक्रा तथा तरकारी उत्पादन गर्न किसाहरु सफल भएका […]

गाउँमै स्वरोजगार बन्दै दुर्गमका युवा

बाजुरा। दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर भएका छन् । गाउँमा नै विभिन्न विकास […]

खोरेतले १३ चौपाया मरे

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ र ७ मा रहेका चौपायामा खोरेत रोगको संक्रमण देखिएको छ । अहिलेसम्म खोरेतका कारण १२ बाख्रा र एक गाईको बाछा मरेका छन् । गाउँपालिका–६ बाशेश्वर र ७ नं वडा खुर्कोटमा खोरेतको संक्रमण देखापरेको गोलञ्जोर पशु सेवा शाखाका पशु प्राविधिक सहायक मीनबहादुर थापाले जानकारी दिनुभयो । हालसम्म साना चौपाया मरेको उहाँको […]

सिस्नु बिक्रीबाट लाखौँको आम्दानी

गाईघाट। पहाडी गाउँ रौताका केही महिलाले वर्षेनी सिस्नु बिक्री गरेर लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन् । यस पटक पनि पुसदेखि हालसम्ममा रौता मलबाँसेकी ६३ वर्षीया रत्नमाया मगरले सिस्नु बिक्रीबाट लाखौँ रुपैयाँ आम्दानी गरेकी छिन् । आफूले हप्तामा तीन पटकसम्म सदरमुकाम गाईघाट झरेर रौता क्षेत्रको सिस्नु बिक्री गर्ने गरेको मगर बताउँछिन् । रौताको सिस्नु स्थानीय […]

जोखिम मोलेरै अग्ला भिरमा मह शिकार

बागलुङ । गलकोट नगरपालिका–४ निलुवास्थित मौरीभीरमा शनिबार मह शिकार गरिएको छ । पाँच सय मिटर अग्लो भिरमा जोखिम मोलेर शिकारीले मह काढेका थिए । छत्तीस वर्षपछि उक्त भिरमा मह शिकार गरिएको हो । पर्यटनसँग जोड्न निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले मह शिकार (हनी हन्टिङ) महोत्सव आयोजना गरेको थियो । मह शिकारमा गलकोट नगरपालिका–१० पाण्डवखानीका अनुभवी […]