समाचार

माछाको तेल आँखा सुख्खा हुने समस्यामा लाभदायी नहुने

टम्पा। आँखा सुख्खा हुने समस्या भएकाहरुलाई माछाको तेल लाभदायक हुने मान्यता गलत रहेको एक अध्ययनले देखाएको छ ।लामो समयदेखि स्थापित मान्यतालाई गत शुक्रबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले त्रुटिपूर्ण रहेको दावी गरेको हो । माछाको तेलबाट बनाइने ओमेगा–३ नामक औषधीवद्र्धक पदार्थ आखाँका लागि प्रभावकारी काम गर्न नसकेको विभिन्न परिक्षणहरूबाट पुष्टि भएको अध्ययनकर्ताहरूले बताएका छन् । […]

आयातित चिनीको मूल्य बढ्ने, भन्सार शतप्रतिशत प्रतिशत बढ्यो

काठमाडौं। सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार मूल्यमा शतप्रतिशत भन्सार मूल्यवृद्धि गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार मूल्य ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । चिनीको हाल भन्सार मूल्य १५ प्रतिशत कायम रहेको छ । नयाँ भन्सार मूल्य अब […]

बाख्रा अनुसन्धान केन्द्रमा पाठापाठी तयार

तनहुँ । तनहुँको बन्दीपुरमा रहेको बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी उन्नत जातका बाख्राका पाठापाठी तयार गरेको छ । केन्द्रले चालु आर्थिक वर्षमा १६५ बटा विभिन्न प्रजातिका बाख्राका पाठापाठी तयार गर्ने लक्ष्य निर्धारण गरेको भएपनि अहिलेसम्म १८२ भन्दा बढी पाठापाठी केन्द्रमा तयार भैसकेका छन् । अझै बाँकी ३ महिनामा १५ वटा जति थपिने अपेक्षा केन्द्रले लिएको […]

चन्द्रमामा फूल !

एजेन्सी। चीनका वैज्ञानिकले चन्द्रमामा फूल र आलु फलाउने योजना सार्वजनिक गरेका छन् । चीनले चन्द्रमामा गर्न लागेको पहिलो जैविक अनुसन्धान ‘चाङ् इ फर लुनर’ यानमार्फत यी योजना सार्वजनिक गरेको हो । यो यानमा चीनले आलु तथा ‘अराबिडोप्सिस’ नामक फूलको बिजन र रेशम किराको अण्डा चन्द्रमामा पठाउने योजना बनाएको छ । चिनियाँ विश्वविद्यालयले चन्द्रमामा गरिने यो […]

बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी बढ्यो

जाजरकोट। यहाँको उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीको अवैध चोरी–निकासी हुने गरेको छ । सम्बन्धित निकायको उदासीनताका कारण चोरी–निकासी बढेको हो । राजश्व छल्न अवैध तरिकाले निकासी गर्ने गरेका तर नियामक निकायले बेवास्ता गर्दा लाखौंको राजश्व घाटा लागेको छ । जिल्लाकोे उत्तरी क्षेत्रमा रहेको बारेकोट गाउँपालिकाको चाखुरे, देउराली, साइकुबारी, सागबारी, वुराउसे, ठाकुरजी, रोल्पापाटन तथा जिल्लाका उच्च […]

व्यावसायिक टिमुरखेतीमा आकर्षण

पाल्पा। टिमुरको बजार राम्रो सम्भावना देखेपछि पाल्पाका किसान व्यावसायिक रूपमा टिमुरखेतीमा आकर्षित भएका छन् । टिमुरको बजारमा माग बढेसँगै जिल्लाको पश्चिम भेगमा रहेको रिब्दीकोट गाउँपालिका–७ पालुङ्मैनादीका किसान व्यावसायिक रूपमा टिमुरखेतीतर्फ आकर्षित भएका हुन् । पालुङ्मैनादीका किसानहरूले ठूलोचौर कबुलियती सामुदायिक वन समूह गठन गरेर व्यावसायिक रूपमा टिमुरखेती गरेका हुन् । यसअघि घरायसी प्रयोजनका लागि मात्र टिमुर […]

आज वैशाख कृष्ण औँसी आमाको मुख हेर्ने पर्व

काठमाडौँ। वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी सोमबार परेको छ । सोमबारे औँसीमा बिहान उठेर नबोली स्नान गरेमा यो लोकमा सुख शान्ति र परलोकमा सद्गति पाइने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको […]

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

डोल्पा। हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो […]

कृषि अनुदानमा हुने दुरुपयोग रोकिने

काठमाडौं। कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि अनुदानमा हुने दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने बताउनुभएको छ । मेहनती किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको दाबी गर्दै मन्त्री खनालले अब सिधै किसानको हातमा पुग्ने व्यवस्था मिलाइरहेको जानकारी दिनुभएको हो । आफ्नो निर्वाचन क्षेत्र कपिलवस्तुको मायादेवी गाउँपालिका–७ हरनामपुरमा आईतबार आयोजित […]

भूमिसुधार कार्यालय भक्तपुरका नासु घुससहित पक्राउ

भक्तपुर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमिसुधार कार्यालय ब्यासीका नायव सुब्बा (नासु) लाई घुससहित पक्राउ गरेका छ। सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा ब्यासीका नायव सुब्बा कमल भुजेललाई पक्राउ गरी अख्तियारले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अख्तियारले उनलाई २८ हजार बिगोसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही […]