समाचार

फोहरबाट मोहोर कमाउँदै

वालिङ। देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ । उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा रु १७ लाख ३५ हजार २१८ फोहरमैला बिक्रीबाट आम्दानी गरेको हो । आर्थिक वर्ष २०७१/७२ मा रु एक लाख ७९ हजार, २०७२/७३ मा रु तीन लाख ४९ […]

माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

जितपुर। कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि बढेकाले जिल्ला माछामा आत्मनिर्भरतर्फ उन्मुख भएको हो । जिल्लामा माछाकै लागि सात सय हेक्टरमा पोखरी खनिएको छ । यसबाट वार्षिक एक हजार दुई मेट्रिकटन माछा उत्पादन […]

अवैधरुपमा लग्न लागिएको ५० वटा गोरु नियन्त्रणमा

बाँके। बाहिरी मुलुक लैजानका लागि तयारी अवस्थामा राखिएका बाँके जिल्लाको डुडुवा गाउँपालिका–४ कम्दी खालेमशाह गाउँबाट ५० वटा गोरु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खालेमसाह गाउँ बाहिर जम्मा गरेर राखेको अवस्थामा एउटै डोरीमा बाँधिएका ती गोरु स्थानीय तथा प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको हो । शनिबार नियन्त्रणमा लिइएको गोरुलाई गएराति नेपालगञ्ज भन्सार […]

आयुर्वेद अध्ययन संस्थान स्थापना गर्न माग

काठमाडौं। मुलुकमा आयुर्वेद अध्ययन संस्थान स्थापना गर्न यस क्षेत्रका विज्ञले सरकारसंग माग गरेका छन् ।नेपालमा उपलब्ध अमूल्य जडीबुटीका कारण यहाँ आयुर्वेद चिकित्सा क्षेत्रको विकासको ठूलो सम्भावना रहे पनि सरकारको ध्यान नपुगेको भन्दै यस क्षेत्रका विज्ञले सो संस्थान स्थापना गर्न माग गरेका हुन् । उपलब्ध जडीबुटीको सदुयोग गरी देशभित्रै आयुर्वेदिक औषधिको उत्पादनका साथै यस चिकित्साको विकासका […]

शाकाहारीले खानै पर्ने खानेकुरा

मासु मात्र प्रोटिनको एक मात्र स्रोत हो भन्ने सोच्नुहुन्छ रु तर मासु मात्र प्रोटिनको स्रोत भन्ने कुरा गलत हो । मासुबाहेक पनि यस्ता विभिन्न खानेकुरा छन् जो प्रोटिनका सर्वश्रेष्ठ स्रोत हुन् । मुख्यतः अमिनो एसिडबाट बनेका प्रोटिनले कोशिका र तन्तुको मर्मतका लागि महत्वपूर्ण हुन्छन् । जब शरिरमा प्रोटिनको कमी हुन्छ तब कोशिका र तन्तुका कार्यमा […]

पशुलाई पनि श्रद्धान्जलि !

काठमाडौँ। विसं २०७४ भरि विश्वभर मरेका र मारिएका सबै प्राणीको सम्झनामा दीप प्रज्ज्वलन गरिएको छ । ‘अर्थलिङ कन्डोलेन्स मेसेज’ (प्राणी श्रद्धान्जलि सभा) नाम दिइएको सो कार्यक्रममा मैनबत्ती बालेर श्रद्धान्जलि प्रकट गरिएको थियो । नेपाल शाकाहारी संघलगायत प्राणी कल्याणसम्बन्धी संस्थाको प्रयासमा काठमाडौंको रानीपोखरीस्थित सो¥हहाते गणेशअघि शुक्रबार आयोजित सो कार्यक्रममा श्रद्धान्जलिको व्यहोरा सबैले बाचन गरेका थिए । […]

खण्डहरमा परिणत हुँदै कृषि उर्वर भूमि

बुटवल । प्रदेश ५ को कृषि भूमि खण्डहर हुन थालेको छ। अव्यस्थित जग्गा प्लटिङले कृषिभूमि नास हुँदा उत्पादनमा पनि ह्रास आएको छ। प्रदेश सरकारले सार्वजनिक गरेको स्थितिपत्रले पहाडको कृषिभूमि बाँझिएको र तराईको भूमिमा घर निर्माणले तीव्रता पाएको देखाएको छ। कृषि भूमिको नाजुक अवस्थाले सरकारलाई नीति कार्यक्रम पूरा गर्न चुनौती छ। मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार संसद्मा […]

कृषिको बजेट बाटोमा खर्च

सिमकोट। जिल्लाको कृृषि क्षेत्रको विकासका लागि आएको बजेट अन्यत्र खर्च गरिएको छ । कृृषि क्षेत्रको विकासका लागि जिल्लामा आएको कुल बजेट मध्ये पचास प्रतिशत मात्र सम्बन्धित शीर्षकमा खर्च भएको छ भने बाँकी भने अन्यत्र खर्च भएको पाइएको हो । चालू आर्थिक वर्षका लागि पाँच करोड आठ लाख २९ हजार बजेट विनियोजन भएकोमा त्यसको ५० प्रतिशत […]

‘किसानको पक्षमा प्रदेश सरकार’

भैरहवा। प्रदेश नम्बर ५ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले रूपन्देहीका दुईवटा सरकारीस्तरका फर्मको अवलोकन गर्नुभएको छ । उहाँले रूपन्देहीको भैरहवामा रहेको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्र र सोही स्थानमा रहेको मत्स्य विकास केन्द्रको अवलोकन गर्नुभएको हो । अवलोकन पश्चात मन्त्री पौडेलले किसानको सेवामा सदैव तत्पर रहनको लागि […]

भिसा त्यागेर च्याउ खेतीमा युवा

अमरगढी। डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नं. १ असिग्रामका दुई युवाले खाडी मुलुकको भिसा त्यागेर च्याउ खेती सुरु गरेका छन् । पाँच लाख रुपियाँको लगानीमा भूमिराज असिग्राम कृषि फर्म दर्ता गरी उनीहरू व्यावसायिक च्याउ खेतमा जुटेका हुन् । मलेसिया जाने मनसाय बनाएका स्थानीय युवा विष्णु भट्टले पनि काठमाडौँमा च्याउ खेतीसम्बन्धी तालिम लिएर अहिले सो व्यवसाय सुरु […]