समाचार

मेलम्चीपछि काठमाडौंमा याङ्ग्री र लार्के खोलाको पानी

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाको खानेपानी समस्यालाई ध्यान दिँदै मेलम्चीपछि याङ्ग्री र लार्के खोलाको पानी ल्याउने योजना बनाएको छ। पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकामा आगामी असोज महिनाभित्र पानी वितरण गर्ने योजना बनाएको सरकारले मेलम्ची दोस्रो चरण निर्माणका लागि आवश्यक पक्रिया थालनी गरेको छ। सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी दैनिक १७ करोड लिटर काठमाडौं उपत्यका भित्रयाउने […]

पाँच रुपैयाँ प्रतिकेजीमा पनि बिकेन आलु

कालिकोट। तिलागुफा नगरपालिका–३ फाइमहादेवका किसानले उत्पादन गरेको सयौं क्विन्टल आलु घरमै थन्किएको छ। खरिद गर्ने व्यापारी नआउँदा आलु घरम थन्किएको हो। करिब चार सय घरधुरी रहेको यो फाइमहादेव गाउँका प्रतिघर तीनदेखि ५० क्विन्टलसम्म आलु उत्पादन भएकाले बजारमा अभाव भएको स्थानीय अगुवा किसान भक्तिप्रसाद पाण्डेले बताए। यसका साथै आयतित आलुले बजार पाउँदा गाउँमै उत्पादन भएको अर्गानिक […]

प्रदेश–७ मा एक अर्बको बजेट, कृषिलाई प्राथमिकता

धनगढी। प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आइतबार प्रदेशसभाको बैठकमा चालू आर्थिक वर्ष २०७४-७५ कोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका छन् । कूल विनियोजितमध्ये चालूतर्फ ३० करोड सात लाख ७७ हजार, पूँजीगततर्फ १५ करोड ५७ लाख र अर्थ विविध शीर्षकमा ५६ करोड ४० […]

जेठ ५ बाट यार्सा टिप्न प्रवेश खुला

मुगु। मुगुका वनमा पाइने बहुमूल्य बुटी यार्सागुम्बा सङ्कलनका लागि यस वर्ष जेठ ५ गतेबाट प्रवेश खुल्ला गरिने भएको छ । मुगुम कार्मारोङ्ग गाउँपालिकाको गाउँ कार्यपालिकाको बैठकले यो वर्ष जेठ ५ गतेबाट यार्सा सङ्कलन गर्न वन प्रवेश खुल्ला गर्ने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाका अनुसार यार्सागुम्बा सङ्कलनका लागि मुगुवासीलाई प्रतिव्यक्ति एक हजार […]

जडीबुटी प्रशोधन उद्योग स्थापना

इलाम। इलामको माईजोगमाई गाउँपालिकाका युवा व्यवसायी नित्यानन्द दाहालले आफ्नै लगानीमा जडीबुटी प्रशोधन उद्योग स्थापना गरेका छन् । स्थानीय वन तथा निजी आवादीमा पाइने धुपी र धसींगरेलगायतका वनस्पतिबाट औषधीय गुण भएका तेल निकालेर बिक्री गरी अर्थोपार्जन गर्ने उद्देश्यले दाहालले रु १६ लाखको लगानीमा ओसोनिक जुडीबुटी प्रशोधन उद्योग स्थापना गरेका हुन् । उक्त उद्योगमा वनमा खेर गइरहेका […]

चितवनमा ध्रुवेको आतंक फेरि शुरु

चितवन। मध्यवर्तीका बासिन्दालाई त्रसित बनाउँदै आएको जंगली हात्ती ध्रुवेले गएराति पाँचवटा घर भत्काएपछि स्थानीय त्रसित बनेका छन्। स्थानीयवासीले उचित क्षतिपूर्तिको माग गर्दै आज दिउँसो दुई बजेदेखि साँझ ६ बजेसम्म भरतपुर–माडी–ठोरी हुलाकी सडकको प्रवेशद्वार घैलाघारीमा सडक अवरुद्ध पारेका थिए। उनीहरुले घैलाघारी मध्यवर्ती उपभोक्ता समितिको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार […]

अब परिणाममुखी अनुदान

हेटौँडा। प्रदेश नंबर ३ का भूमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले अब सरकारले परिणाममुखी अनुदान मात्र वितरण गर्ने बताएका छन् । कृषिमा दिएको अनुदानहरुको गलत प्रयोग भएको भन्दै मन्त्री लामाले अनुदानको विषयमा सरकार गम्भिर भएको समेत बताए । साना किसान विकास बैंक लिमिटेड इलाका कार्यालय हेटौँडाले साना किसान कृषि सहकारी सस्थाहरुको आइतबार गरेको […]

आँपको टिकोला (चिचिलाँ) झरेपछि किसान चिन्तित

बर्दिवास।आफ्नो बगैँचाका आँपका रुखमा पात नै नदेखिने गरी टिकोला (चिचिलाँ) देख्दा मख्ख परेका महोत्तरी जिल्लाका फलफूल किसानको खुशी यसपालि पनि टिक्न सकेन । गत मङ्गलबार साँझको हुरीबतासले टिकोला बग्रेल्ती भुइँमा झारेपछि फलफूलबाट राम्रो आम्दानी लिने किसानको आश मरेको हो । “आँपका बोटमा पातै ढाकिने गरी टिकोला देख्दा यसपालि चाहिँ राम्रै आर्जन हुने आश थियो”, जिल्लाको गौशाला […]

युवा स्वरोजगार कोषले युवालार्इ अब पाँच लाख ऋण दिने

काठमाडौँ। युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ।यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए। कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज) मा ऋण दिने […]

स्वच्छ खानेपानीका लागि दीर्घकालीन र अल्पकालीन योजना बन्छ: मन्त्री मगर

चितवन। खानेपानीमन्त्री बिना मगरले स्वच्छ खानेपानीको पहुँचका लागि दीर्घकालीन र अल्पकालीन योजना बनाएर काम गरिने बताउनुभएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको अनुगमनपछि उहाँले अहिलेसम्म राष्ट्रिय गौरवका योजना धेरै नहुँदा समस्या आएको बताउनुभयो । तराईका २२ जिल्लामा पानीको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन आवश्यक भएको बताउँदै मन्त्री मगरले अहिले केन्द्रीय सरकार र प्रदेश […]