तरकारीमा रहेको सिण्डिकेट कहिले सम्म ?
ललितपुर। यातायात क्षेत्रमा जस्तै तरकारीमा पनि डरलाग्दो सिन्डिकेट रहेको उपभोक्तावादी संस्थाले गरेको अध्ययनले देखाएको छ । उपभोक्ता हकहितको आवाज उठाउदै आएको उपभोक्ता संरक्षण मञ्चले तरकारीमा यातायात क्षेत्रको भन्दा डरलाग्दो सिन्डिकेट रहेको तथ्य सार्वजनिक गरेको छ । पछिल्लो समय मञ्चले गरेको स्थलगत अध्ययनमा किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्न विभिन्न बिचौलियाको तह पार गर्नु पर्ने देखिएको छ । […]





