समाचार

नेपाली डेरी उद्योगलाई थला पार्न भारतीय डेरी उद्योग नेपाल भित्र्याइदैं

काठमाडौं। भारतीय दुध कम्पनी आमुलले नेपालमा प्लान्ट खोल्ने विषयले नेपालका डेरी व्यवसायीमा तरंग सृजना गरिरहँदा नेपाल कांग्रेसका महामन्त्री सशांक कोइरालाको ५१ प्रतिशत शेयर रहेको खुलसा भएको छ । नेपाली पार्टनरका रुपमा कोईरालको ५१ र अमूलको ४९ प्रतिशत शेयर नेपाल भित्रने अमुलमा रहने छ । नेपालमा कृषिजन्य उत्पादन पोल्ट्री फार्म, माछापालन, मौरीपालनमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबन्ध […]

तरकारी र माछा जोन कार्यक्रम स्वीकृत

कपिलवस्तु । कपिलवस्तुमा धानको सुपर जोन तथा तरकारी र माछाको जोन कार्यक्रम स्वीकृत भएको छ । कृषि भूमि व्यवस्थापन र सहकारी मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त तीन कार्यक्रम स्वीकृत गरेको हो । यसअघि जिल्लामा धान र तरकारी जोन कार्यक्रम स्वीकृत भई अघि बढाइएको थियो । सुपर जोनमा १ हजार हेक्टर क्षेत्रमा र जोनमा ५ […]

रानीखेत रोगविरुद्धको ट्याब्लेट उत्पादन हुने

काठमाडौं। कुखुरामा विभिन्न प्रकारका रोग फैलन नदिन रानीखेतविरुद्धको भ्याक्सिन उत्पादन हुने भएको छ । कुखुराका लागि भ्याक्सिन उत्पादन गर्ने नेपाली कम्पनी बायोभ्याकले सो भ्याक्सिन उत्पादन गर्न लागेको हो । ‘कुखुरालाई कुनै पनि रोग नलागोस् भन्ने उद्देश्यले हामीले रानीखेत नामक भ्याक्सिन उत्पादन गर्न लागेका हौँ,’ सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) का कार्यकारी निर्देशक दिवेश कर्माचार्यले भने । उनले […]

यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द

बझाङ। बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौं विद्यालय बन्द भएका छन् । यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न […]

कृषिमा इजरायली प्रविधि भित्र्याउँने तयारी

काठमाडौं। सरकारले कृषिमा विश्वमै नमूना मानिएको इजरायलको प्रविधि भित्र्याउने भएको छ । इजराल र नेपाल दुई देशका कृषिमन्त्रीबीच इजरायलमा भएको वार्तापश्चात एक महिनाभित्र द्विपक्षीय सझौता (एमओयू) गर्नेगरी काम अगाडि बढाइएको हो । इजरायलमा हालै सम्पन्न अन्तराष्ट्रिय कृषि सम्मेलनमा सहभागी हुने क्रममा इजरायलको प्रविधि नेपालमा ल्याउने विषयमा समझदारी बनेको कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले […]

भारतमा दलहनको आयातमा कडाई

नयाँ दिल्ली। भारत सरकारले दलहनको आयातमा कडाई गरेको छ । बिचौलियाहरुको गतिविधि रोक्न यस्तो गरिएको छ । त्यहाँको विदेश व्यापार महानिर्देशालय (डीजीएफटी)ले यसबारे एक सूचना जारी गरेको छ । सूचनाअनुसार अब दाल मिलहरुले मात्रै रहर, मास र मुगको दाल आयात गर्न पाउनेछन् । दलहन आयातमाथिको प्रतिबन्ध गतवर्ष पनि थियो । तर विश्व व्यापार सङ्गठनको शर्तका […]

२ सय प्रतिशत नाफा खाने तरकारीका बिचौलियामाथि एक्सनको तयारी

काठमाडौं। यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाएर वाहवाही पाएको सरकारले तरकारीमा रहेको सिन्डिकेट हटाउने अभियान शुरु गर्न लागेको छ । तरकारीमा रहेका दलालकै कारण किसान र उपभोक्ता दुवैलाई मर्का परेको भन्ने निष्कर्षका साथ अब दोस्रो चरणमा तरकारीको सिन्डिकेट हटाउन लागेको हो । किसानले वर्ष दिनको मेहनतलाई एकै झट्कामा सिन्डिकेटवाला बिचौलियाले कम मूल्य दिएर ठग्ने गरेका छन् […]

बगरमा गरिएको तरकारीखेतीबाट लाखौं आम्दानी

दाङ। कुनै समयमा घरवास र जग्गा राप्ती नदीले कटान गरेर बगाएपछि चिन्तित भएका राप्ती नदीको देउखुरी क्षेत्रका हजारौं किसान अहिले भने बगरमा गरिएको तरकारीखेतीबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाका विभिन्न स्थानका दुई हजारभन्दा बढी किसान बगरमा गरिएको तरकारी तथा खरबुजाखेतीबाट लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएपछि निकै उत्साहित […]

बेमौसमी काँक्राबाट मनग्य आम्दानी गर्दै किसान

डडेल्धुरा। जिल्लाका किसान बेमौसमी काँक्रा खेतीबाट मनग्य आम्दानी गर्दैआएका छन् । बेमौसममा उत्पादन हुने काँक्राले राम्रो बजार मूल्य पाउन थालपछि यहाँका किसान हर्षित बनेका छन् । चाहेको मूल्य पाउन थालेपछि पछिल्लो समय किसान बेमौसमी काँक्रा खेतीतर्फ आकर्षित बनेका छन् । तराईमा भन्दा यहाँको काँक्रो स्वादिष्ट हुने भएकाले माग बढ्दै गएको छ । बेमौसमी काँक्राबाट तीन […]

बाँके र बर्दियामा नक्कली मकै बीउको बिगबिगी

नेपालगञ्ज । बाँके र बर्दिया जिल्लामा यस वर्ष मकै उत्पादनमा कमी आउने देखिएको छ । दुवै जिल्लाका अधिकांश किसानले लगाएको यस सिजनको मकै भारतीय गुणस्तरहीन बीउ ल्याएर प्रयोग गरेका कारण मकै उत्पादनमा कमी आउने बताइएको छ । बाँके र बर्दियाका विभिन्न स्थानमा लगाइएको मकैमा यस पटक मकैको घोगा राम्रोसँग नआएको, मकै सानो तथा कम दाना भएको […]