सौर्य ऊर्जाबाट थोपा सिँचाइ
बनियानी । झापाको अर्जुनधारा नगरपालिकामा थोपा सिँचाइ प्रविधि भित्र्याइएको छ । कृषिमा आधुनिकीकरण गर्दै उत्पादन वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जाबाट सञ्चालन हुने थोपा सिँचाइ प्रविधि भित्र्याइएको नगरपालिकाका कृषि विकास शाखाका प्रमुख शालिकराम भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार नगर क्षेत्रका ३० जना किसानलाई अनुदानमा थोपा सिँचाइ प्रविधि उपलब्ध गराउने तयारी भइरहेको छ । “विशेष गरी […]





