समाचार

विषादी हालिएको भारतीय आँप नेपाली बजारमा

रौतहट। जिल्लाको विभिन्न गाउँका बगैंचामा आँप लटरम्मै फलेको छ । स्थानीय आँप पाक्न अझै महिना जति लाग्छ । तर, अहिले बजारमा औषधि प्रयोग गरी पकाइएका भारतीय आँप जताततै बिक्री भइरहेको छ । चन्द्रनिगाहपुर, गरुडा, गौरकटहरिया, समनपुरलगायतका बजारमा आँप बिक्री भइरहेको हो । नेपाली बजारमा स्थानीय आँप बिक्री गर्ने बेला नभएको फलफूल व्यवसायी रामसुरत साहले बताए […]

कर्णालीमा ९२ हजार क्विण्टल चामल अपुग

सुर्खेत। कर्णाली प्रदेशका २७ डिपोमा ९२ हजार क्विण्टल चामल अपुग भएको छ । दुर्गम तथा हिमाली क्षेत्रका लागि चामल उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थानले चालू आर्थिक वर्षमा ९२ हजार क्विण्टल चामल अपुग देखिएको जानकारी दिएको हो । नेपाल खाद्य संस्थान सुर्खेतका प्रमुख भिमबहादुर थापाले चालू आवमा स्वीकृत कोटा ४२ हजार ४० क्विण्टलमा ४१ हजार […]

प्रि–मनसुनको प्रभाव अझै रहने

काठमाडौं। भारतको विहार, मध्य प्रदेश र उत्तर प्रदेश आसपासमा विकास भएको न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) सहित बंगालको खाडीबाट फैलिएको जलवाष्पयुक्त वायुका कारण मुलुकभरको मौसम प्रभावित बनेको छ। यससँगै उच्च वायुमण्डलमा पश्चिमी वायुको प्रभावसमेत परेकाले आइतबार साँझदेखि मुलुकभरको मौसम प्रभावित बनेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार मुलुकका पूर्वी […]

नेपाली डेरी उद्योगलाई थला पार्न भारतीय डेरी उद्योग नेपाल भित्र्याइदैं

काठमाडौं। भारतीय दुध कम्पनी आमुलले नेपालमा प्लान्ट खोल्ने विषयले नेपालका डेरी व्यवसायीमा तरंग सृजना गरिरहँदा नेपाल कांग्रेसका महामन्त्री सशांक कोइरालाको ५१ प्रतिशत शेयर रहेको खुलसा भएको छ । नेपाली पार्टनरका रुपमा कोईरालको ५१ र अमूलको ४९ प्रतिशत शेयर नेपाल भित्रने अमुलमा रहने छ । नेपालमा कृषिजन्य उत्पादन पोल्ट्री फार्म, माछापालन, मौरीपालनमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबन्ध […]

तरकारी र माछा जोन कार्यक्रम स्वीकृत

कपिलवस्तु । कपिलवस्तुमा धानको सुपर जोन तथा तरकारी र माछाको जोन कार्यक्रम स्वीकृत भएको छ । कृषि भूमि व्यवस्थापन र सहकारी मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत उक्त तीन कार्यक्रम स्वीकृत गरेको हो । यसअघि जिल्लामा धान र तरकारी जोन कार्यक्रम स्वीकृत भई अघि बढाइएको थियो । सुपर जोनमा १ हजार हेक्टर क्षेत्रमा र जोनमा ५ […]

रानीखेत रोगविरुद्धको ट्याब्लेट उत्पादन हुने

काठमाडौं। कुखुरामा विभिन्न प्रकारका रोग फैलन नदिन रानीखेतविरुद्धको भ्याक्सिन उत्पादन हुने भएको छ । कुखुराका लागि भ्याक्सिन उत्पादन गर्ने नेपाली कम्पनी बायोभ्याकले सो भ्याक्सिन उत्पादन गर्न लागेको हो । ‘कुखुरालाई कुनै पनि रोग नलागोस् भन्ने उद्देश्यले हामीले रानीखेत नामक भ्याक्सिन उत्पादन गर्न लागेका हौँ,’ सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) का कार्यकारी निर्देशक दिवेश कर्माचार्यले भने । उनले […]

यार्सागुम्बा संकलन शुरु, विद्यालय तीन महिनाका लागि बन्द

बझाङ। बझाङ जिल्लाको सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनौं विद्यालय बन्द भएका छन् । यार्सा संकलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा संकलन गर्न […]

कृषिमा इजरायली प्रविधि भित्र्याउँने तयारी

काठमाडौं। सरकारले कृषिमा विश्वमै नमूना मानिएको इजरायलको प्रविधि भित्र्याउने भएको छ । इजराल र नेपाल दुई देशका कृषिमन्त्रीबीच इजरायलमा भएको वार्तापश्चात एक महिनाभित्र द्विपक्षीय सझौता (एमओयू) गर्नेगरी काम अगाडि बढाइएको हो । इजरायलमा हालै सम्पन्न अन्तराष्ट्रिय कृषि सम्मेलनमा सहभागी हुने क्रममा इजरायलको प्रविधि नेपालमा ल्याउने विषयमा समझदारी बनेको कृषि, भूमी व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले […]

भारतमा दलहनको आयातमा कडाई

नयाँ दिल्ली। भारत सरकारले दलहनको आयातमा कडाई गरेको छ । बिचौलियाहरुको गतिविधि रोक्न यस्तो गरिएको छ । त्यहाँको विदेश व्यापार महानिर्देशालय (डीजीएफटी)ले यसबारे एक सूचना जारी गरेको छ । सूचनाअनुसार अब दाल मिलहरुले मात्रै रहर, मास र मुगको दाल आयात गर्न पाउनेछन् । दलहन आयातमाथिको प्रतिबन्ध गतवर्ष पनि थियो । तर विश्व व्यापार सङ्गठनको शर्तका […]

२ सय प्रतिशत नाफा खाने तरकारीका बिचौलियामाथि एक्सनको तयारी

काठमाडौं। यातायात क्षेत्रमा रहेको सिन्डिकेट हटाएर वाहवाही पाएको सरकारले तरकारीमा रहेको सिन्डिकेट हटाउने अभियान शुरु गर्न लागेको छ । तरकारीमा रहेका दलालकै कारण किसान र उपभोक्ता दुवैलाई मर्का परेको भन्ने निष्कर्षका साथ अब दोस्रो चरणमा तरकारीको सिन्डिकेट हटाउन लागेको हो । किसानले वर्ष दिनको मेहनतलाई एकै झट्कामा सिन्डिकेटवाला बिचौलियाले कम मूल्य दिएर ठग्ने गरेका छन् […]