समाचार

किसानले अनुदान नपाउने

धनगढी।  प्रदेश सातका किसाले अनुदान रकम नपाउने पक्का भएको छ । आर्थिक बर्षको अन्त सम्म अनुदानको आशमा रहेका किसानले आर्थिक बर्ष सकीए पछि अनुदान नपाउने पक्का भएको हो । आर्थिक बर्ष २०७४-०७५ मा प्रदेश सरकारले ल्याएको अल्पकालिन बजेटमा किसान लाई अनुदानको लागि बजेट विनियोजन गरेपनी किसानले अनुदान नपाउने भएका हुन । किसानलाई अनुदान उपलब्ध गराउने […]

मुलुकभर ६४ प्रतिशत रोपाई

ललितपुर। मुलुकभर हालसम्म ६४ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । कृषि मन्त्रालय अन्र्तगत कृषि प्रसार निर्देशनालयको तथ्यांकअनुसार मुलुकका सवै क्षेत्रमा तीव्र गतिमा धान रोपाई भइरहेको छ । मौसम सक्रिय हुन थालेपछि महिनाभर आधाभन्दा बढि रोपाई सम्पन्न भएको कृषि मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । उनले समयमै बर्षा भएकाले रोपाई पनि असार महिनाभर झन्डै […]

नेपालमा अन्नबाली आयात वर्षेनी बढ्दै

ललितपुर। मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको पाइएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार आव २०७४/०७५ को जेठ मसान्त (११ महिना) भित्र ४१ अर्ब ३२ करोड रूपैयाँको अन्न आयात भएको छ । सोही अवधिमा करिब एक करोड ६४ लाख रूपैयाँ बराबरको स्वदेशी […]

बाख्रा बेचेरै ट्र्याक्टर : उद्यमशील बन्दै गएको केत्तुके गाउँको कथा

ओखलढुंगा। मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेका सिंगो तामाङ बस्ती नै पशुपालन ब्यवसायमा आबद्ध भएका छन् । पशु (बाख्रा) पालन ब्यवसायबाट तामाङ बस्तिका ३० घर परिवारले मनग्य आम्दानी गरिरहेका छन् । सो स्थानका कृषकहरुले कबुलियति बन समुह तथा सहकारी संस्था गठन गरी सस्तो व्याजदरमा ऋण परिचालन गरेर उद्यमी बनेका हुन् । समुहमा आबद्ध २६ परिवार र सहकारीमा […]

साउन १ गतेदेखि बिचौलियालाई मालपोत र नापी कार्यालयमा ‘नो इन्ट्री’

काठमाडौँ। अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पुर्याउने बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक लगाइने भएको छ । साउन १ गतेदेखि लागू हुनेगरी त्यस्तो काम नगर्नु र नगराउनु हुन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रेश विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् […]

अनुदानको प्रलोभन देखाएर किसानबाट लाखौँ ठगी

खोटाङ । अनुदान दिने प्रलोभन देखाएर खोटाङका दुई दर्जनभन्दा बढी किसानबाट लाखौँ रुपैयाँ ठगी गरिएको खुलासा भएको छ । कृषिसम्बन्धी विभिन्न फार्म सञ्चालन गर्दै आएका दुई दर्जन किसानलाई ७० प्रतिशत अनुदान दिने प्रलोभन देखाएर ठगी गरिएको हो । केही दिनअघि जिल्ला आएका अपरिचित व्यक्तिले विभिन्न बहानामा किसानलाई ७० प्रतिशतका दरले अनुदान दिने भनेपछि जिल्लाका दुई […]

बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) वितरण गरिने

बुटवल।  दुध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्षमा थप १ हजार गाईमा कृतिम गर्भाधान गराउने भएको छ । विदेश बाट आयात गरिएको बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) १ हजार डोज आगामी आर्थिक बर्षमा वितरण गरिने भएको हो । देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट खासगरी पशुको नस्ल सुधारको लागि उक्त योजना अगाडी बढाइएको देवदह […]

चिरकालिज लोप हुने अवस्थामा

बेनी। दुर्लभ मानिने चिरकालिज उचित वातावरणको अभावका कारण नेपालबाट लोप हुने अवस्थामा पुगेको छ । त्रिभुवन विश्वविद्यालयमा एमएससी (प्राणीशास्त्र) विभागमा अध्ययनरत केशव चोखालले एकवर्ष लगाएर जिल्लाका विभिन्न ठाउँमा पुगेर गर्नुभएको अनुसन्धानबाट यहाँ करिव ६० वटा चिरकालिज पाइएको हो । नेपाल प्रकृति संरक्षण कोष, साना स्तनधारी संरक्षण तथा अनुसन्धान संस्थान लगायतका संस्थाको सहयोगमा उनले लामो समय […]

पर्सामा दाल तस्करी

पर्सा।  नेपाल–भारतबीच रहेको खुला सिमानाको फाइदा उठाउँदै तस्करले दालको तस्करी गर्न थालेका छन् । केही दिनअघि ठूलो परिमाणको मरिच भारततर्फ तस्करी गर्न लाग्दा पक्राउ परेपछि मरिच व्यापारीले दलहन आयातलाई प्राथमिकता दिएर तेस्रो मुलुकबाट दाल मगाउन थालेपछि यसको भारततर्फ व्यापक तस्करी हुन थालेको हो । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह नाकाबाट गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा […]

रोल्पाको तरकारी बुटवलसम्म

रोल्पा। दक्षिण रोल्पाका किसान अहिले व्यावसायिकखेतीतर्फ आकर्षित भएका छन् । परम्परागतखेतीबाट दैनिक गुजारा चलाउन धौधौ भएपछि उनीहरु अहिले व्यावसायिकखेतीतर्फ आकर्षित हुन थालेका हुन । गहुँ, मकै उत्पादन हुने खेतबारीमा आजभोलि तरकारी उत्पादन हुन थालेसँगै नगद कारोबार समेत बढ्न थालेकाले यो पेशाप्रति उत्साह थपिएको किसानले बताएका छन् । खेतमा उत्पादन गरेको तरकारीको बिक्रीबाट वार्षिक रु तीन […]