
ओखलढुंगा। मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेका सिंगो तामाङ बस्ती नै पशुपालन ब्यवसायमा आबद्ध भएका छन् । पशु (बाख्रा) पालन ब्यवसायबाट तामाङ बस्तिका ३० घर परिवारले मनग्य आम्दानी गरिरहेका छन् ।
सो स्थानका कृषकहरुले कबुलियति बन समुह तथा सहकारी संस्था गठन गरी सस्तो व्याजदरमा ऋण परिचालन गरेर उद्यमी बनेका हुन् । समुहमा आबद्ध २६ परिवार र सहकारीमा थपिएका ४ गरी ३० परिवारले बाख्रा पालन ब्यवसाय संगै नियमीत खुर्सानी खेती समेत गरिरहेका छन् ।
कृषकहरुले कबुलियति वनमा अम्रिसो रोपेर कुचो बेच्ने तथा घाँस खसी बाख्रालाई खुवाउँदै आएका छन् । सहकारी बनाउन वन समूहलाई जिल्ला वन कार्यालयले विभिन्न चरणमा विउपूँजीका लागि ३ लाखभन्दा बढी अनुदान दिएको जिल्ला वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताए। जिल्लाका नमूना कबुलियति वन तथा सहकारी मानेभञ्ज्याङ गाउँपालिका ४ केत्तुकेकै रहेको शाहको भनाइ छ ।
सानो अनुदानले तामाङ गाउँका ३० परिवार पशु पालनबाटै आत्मनिर्भर बनेका छन् । ३० मध्ये ४ गुरुङ समुदायका महिला सदस्य रहेका छन्। २६ जना सहस्यबाट पाँच सयका दरले १३ हजार नगद संकलन गरेर दर्ता गरेको सहकारीले अहिले लाखौं कारोबार गर्न थालेको सहकारी सचिव रमिला तामाङले बताए ।
जिल्ला वन कार्यालयले गरिबीको रेखामुनि रहेका समुदाय पहिचान गरेर कबुलियति वन व्यवस्थापन मार्फत आर्यआर्जनमा टेवा पु¥याउने कार्यक्रम जिल्लाभर सञ्चालन गरिरहेको भएपनि केत्तुकेमा भने नमूना काम भएकोे जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताए ।
सानो पुँजी परिचलालन गरेर व्यवसायिक बन्न थालेका महिलाहरूले क्षमता विकास, तालिम र अनुदान जस्ता कुनै सुविधा स्थानीय सरकारबाट नपाएको गुनासो गरेका छन् ।
वडाबाट आवाज उठाएपनि गाउँपालिकाले कृषि र पशुपालनमा बजेट व्यवस्था नगरेकाले समस्या भएको वडा अध्यक्ष सन्त तामाङले बताए। सडक मात्रै गाउँपालिकाको प्रथामिकतामा रहेको उनेको भनाइ छ ।