समाचार

एउटै प्लान्टबाट विद्युत्, बायोग्यास र जैविक मल

स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडामा खिलुङ कालिका एग्रोफर्मको शाखा उद्योगबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन भएको छ । कम्पनीले विद्युत् र बायोग्यास केही समय अगाडि उत्पादन गरेको हो भने गत सातादेखि जैविक मल उत्पादन शुरु गरेको हो । स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रो फर्मको शाखा उद्योगमार्फत जैविक मल उत्पादन गरिएको हो […]

नेपालमै कुखुराको सुलीबाट बिजुली निकालियो

स्याङ्जा। कुखुरापालन व्यवसाय निकै फस्टाएसँगै कुखुराको मासुमा आत्मनिर्भर बने पनि यसबाट निस्कने सुलीको उचित व्यवस्थापन नहुँदा वातावरणीय समस्या झेल्दै आएकामा अब नेपालमै सुलीबाट विद्युत् उत्पादन गर्न सकिने प्रविधिको विकास भएको छ । सामान्यरुपमा खेतबारीमा मलका रुपमा सुलीलाई प्रयोग गरिए पनि ठूला व्यावसायिक फर्मका लागि यसको व्यवस्थापन ठूलै चुनौतीका रुपमा रहेकामा अब त्यसबाट जैविक मलसँगै ग्यास […]

कोशी गाउँपालिकामा ४०० चल्लाको मृत्यु, बर्डफ्लुको आशंका

इनरुवा। सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए । यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए । यहाँ ४०० चल्ला एकैचोटी मरेकाले स्थानीयवासी […]

चियाको लिलाम बिक्री केन्द्र नबन्ने निश्चित

बिर्तामोड। झापाको बिर्तामोडमा स्थापना गर्ने भनिएको चियाको अक्सन मार्केट ९लिलाम बिक्री केन्द्र० स्थापना नहुने भएको छ । भारतले चिया निर्यात झन्झटिलो बनाएपछि व्यापारीले नेपालमै अक्सन मार्केट बनाउन प्रस्ताव गरे पनि सरकारले यो वर्ष बजेटमा समेटेको छैन । सरकारले पाँच वर्षअघिको बजेटमा चियाको अक्सन मार्केट स्थापना गर्ने घोषणा गरेको थियो । तर, कार्यान्वयन हुन सकेन । ‘बजेटमा अक्सनको कुरा सम्बोधन […]

कृषि क्षेत्रसँग जोडिएका करका विषयमा हेरफेर हुने

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रसँग जोडिएका करका विषयलाई हेरफेर गरिने बताउनु भएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कृषि क्षेत्र विकासमा निजी क्षेत्रको भूमिका विषयक न्र्तरक्रिया कार्यक्रममा मन्त्री खनालले सो विषय अर्थ मन्त्रालयसँग पनि छलफल गरिरहेकाले केही समयभित्रै टुंगोमा पुग्ने बताउनुभयो। कृषि विकासमा देखा परेका नीतिगत समस्या तथा […]

स्याउका बिरुवा रोपी विश्व वातावरण दिवस मनाइयो

हुम्ला। विश्व वातावरण दिवसको उपलक्ष्यमा आयोजक जिल्ला प्रशासन कार्यालय र सहयोगी निकाय जिल्ला वन कार्यालयद्वारा जिल्ला कृषि विकास कार्यालयको प्रांगणमा आज ३० वटा स्याउका बोट रोपिएको छ । प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको नेतृत्वमा नेपाल प्रहरी, नेपाली सेना, सम्पूर्ण कार्यालयका प्रमुख नागरिक समाज गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष समेतको उपस्थितिमा स्याउको बोट रोपिएको हो । प्रजिअ ढुंगानाको […]

तरकारीमा रहेको ‘सिन्डिकेट’ हट्न नियमावली संशोधन बाधक

काठमाडौं। तरकारी बिक्री वितरणमा बिचौलियाको मनोमानी र व्यापारीको एकाधिकारले उपभोक्ता चरम मारमा परेको भन्दै सरकारले कालीमाटी फलफूल तथा तरकारी बजारको आज अनुगमन गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सरकारबाट सञ्चालित निकाय भए पनि त्यहाँ झन्डै दुई दशकदेखि सञ्चालनमा आएको पसल कवल सञ्चालनको एकाधिकार भने अन्त्य भएको छैन । समितिको स्थापना २०५५ […]

कृषिमन्त्रीकै ५८ बुँदे कार्ययोजना बजेटमा उपेक्षित

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले आफूले तयार पारेको ‘पशुपंछी, भूमि व्यवस्था र सहकारी क्षेत्रको रूपान्तरणको मार्गचित्र २०७५’ अनुसार बजेट नआएको गुनासो गर्नुभएको छ। आफूले ५ वर्षे कार्यदिशासहित ल्याएको मार्गचित्रको मर्मअनुसार बजेटको अपेक्षा गरे पनि शीर्षकगत रूपमा ती बुँदाहरू नसमेटिएको मन्त्री खनालको गुनासो छ। ‘म उपत्यका बाहिर भएका कारण बजेटका हरेक शीषर्कहरू […]

खानेपानीको चरम अभावले गाउँ छाड्दै स्थानीयवासी

रामपुर। खानेपानीको चरम अभावका कारण माथागढी गाउँपालिका–५ गोठादी घारीगाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् । खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् । यहाँका करीब ३०० घरपरिवार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् । पाँच सय घरपरिवार रहेको यस बस्तीमा एकपछि अर्को गरी बसाइँ […]

गोलभेडामा देखिएको टुटा रोग नियन्त्रणका लागि अभियान संचालन

रसुवा। गोलभेडामा देखिएको टुटा रोगको प्रकोप नियन्त्रणका लागि रसुवामा अभियान सुरु गरिएको छ। जिल्लाका किसानले लगाएको गोलभेडामा टुटाको प्रकोपको क्षति हुन थालेपछि जिल्ला कृषि विकास कार्यालय रसुवाले अभियान थालेको हो। जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकाको विभिन्न स्थानमा रहेका किसानले लगाएको गोलभेडामा पात तथा फल जोतुवा कीरा अर्थात् टुटाको प्रकोप फैलिएपछि अभियान सुरु गरिएको कृषि […]