समाचार

संसदमा कृषिमन्त्री चक्रपाणि खनालको ३८ जवाफ

ललितपुर। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले संसदमा उठेका प्रश्नको जवाफ दिनु भएको छ ।  कृषि क्षेत्रमा सुधारका लागि विभिन्न कार्ययोजना ल्यानएको र त्यसको कार्यन्वयनका लागि पूर्ण प्रतिवद्ध रहेको बताउनुभयो । विनियोजन विधेयकमाथिको छलफल गर्ने क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले अन्न उत्पादनका लागि आवश्यक पर्ने सबै सामग्री तथा प्रविधि उपलब्ध गराउन पर्याप्त बजेट […]

अंशबण्डाको कृषियोग्य जमिनमा घर बनाउँदै हुनुहुन्छ ?

ललितपुर। के तपाई जग्गा अंश मागेर खेतीयोग्य जमिनको बीचमा घर बनाउने सोंचमा हुनुहुन्छ ? यति यहि सोंच्दै हुनुहुन्छ भने तत्काल विचार परिवर्तन गर्नुस् । किनकी अब सरकारले तपाईलाई यसो गर्न छुट दिने छैन । अंशबण्डा गरेर पाएको कृषियोग्य जमिनमा पनि नयाँ घर बनाउन नपाइने भएको छ । सरकारले कृषियोग्य जमिनको संरक्षण गर्ने नीति लिएसँगै कित्ताकाटमा […]

एक वार्ड एक नमुना कृषि र्फम

पर्वत । पर्वतका फलेवास नगरपालिकाले एक वार्ड एक नमुना कृषि तथा पशु फर्म स्थापना गर्ने भएको छ । फलेबास नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ मा नगरपालिकाका ११ वटै वडामा एक वडा एक कृषि तथा पशु र्फम स्थापना गर्न बजेट बिनियोजन गरेको हो । नगरपालिकाको तेस्रो नगरपरिषदमा प्रस्तुत भएको बजेटमा कृषि र्फम राख्न १० रोपनी र पशुफर्म […]

भदौं ४ पछि मोहियानी हक नलाग्ने

काठमाडौं। यहि भदौ ४ गतेपछि जमिनमा मोहियानी हक नलाग्ने भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भदौ ४ गतेपछि जमिनमा मोहियानी हक कायम नहुने स्पष्ट पारेको हो । तर सो अवधी भित्र मोहियानी हक भएका जग्गाधनीहरुले निवेदन दिएर आफ्नो जमिन प्राप्त गर्न सक्नेछन् । मन्त्रालयले भदौ ४ गतेभित्र मोहियानी हक सम्बन्धी निवेदन पेश […]

प्रदेश नं ५ मा कृषिमा अनुदानै अनुदान

बुटवल। प्रदेश ५ को सरकारले कृषिलाई उत्पादनसँग जोडेर प्रदेशलाई आर्थिक समृद्धिको दिशामा डोर्याउने लक्ष्य अगाडि सारेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तुत बजेटमा कृषिसँग सम्बधित कार्यक्रमका लागि करीब रु ९० करोड बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रलाई व्यावसायीकरण, आधुनिकीकरण र यान्त्रीकरणमा जोड दिने सरकारको नीति अनुरुप बजेटमा कृषि क्षेत्रका लागि […]

कृषि मन्त्रालय र इरिबीच पाँच वर्षे सम्झौता

काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान ९इरि०बीच पाँच वर्षे संयुक्त कार्ययोजनामा हस्ताक्षर भएको छ । सोमबार काठमाडौंमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालको नेतृत्वमा कृषि सचिव डा. युवकध्वज जिसी र इरिका महानिर्देशक म्याथ्यु मोललेबीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा पाँच वर्षे कार्ययोजनामा ७ वटा थिमअन्तर्गत […]

घट्दै किम्बु खेती गर्ने किसान

चितवन। भण्डारास्थित किम्बु नर्सरी व्यवस्थापन केन्द्रले यसवर्ष १३ लाख किम्बुको बिरुवा हुर्काएको छ । केन्द्रका प्रमुख पर्शुराम अधिकारीका अनुसार मंसिर र पुसमा हाँगा काटेर रोपिएका किम्बु यतिबेला रोप्नका लागि तयार भएको र असार र साउन महिनामा मात्रै रोपिने भएकाले ती बिरुवा देशका विभिन्न भागमा पठाउन थालिएको हो । सरकारीस्तरका धनकुटा, सुनसरीको इटहरी, काभ्रेको खोपासी, भक्तपुरको […]

३३ ब्राण्डका दूधमा कोलिफर्म

काठमाडौं। विभिन्न दूधको ४२ नमूना मध्ये एउटै ब्याच नं.नदोहोरिने गरी परीक्षण गरिएका ३६ नमूना मध्ये ३३ ओटामा सरिरलाई हानी पुर्याउने सूक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ । कोलिर्फम हुनुको मुख्य कारण सरसफाईको कमी, सुरक्षा संयत्र पालना नहुनु, दूध प्रशोधन गर्ने मेसिन लगायतबाट उब्जने फोहोर रहेको छ । बालाजुस्थित दूग्ध विकास संस्थान (डिडीसी), काभ्रेको एलिसाजरगल्फु विनायक डेरी, […]

बिचौलियाको छानबिन शुरु

ललितपुर। कालीमाटी फलफूल तथा तरकारी बजार बोर्डले कालीमाटी बजारभित्र नियमविपरीत व्यापारी गर्ने ९८ जना व्यापारीको छानबिन सोमबारदेखि सुरु गर्ने भएको छ । बोर्डले मागेको लिखित स्पष्टीकरण पेस गरेका ९४ जना व्यापारीको सोमबारदेखि छानबिन सुरु गर्ने भएको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिचौलियाको सूचीमा परेका ९८ जना व्यापारीलाई यसअघि ९ गतेसम्म […]

उखुको भुत्तानी नदिने चार उद्योगीलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा ४ जना चिनी उद्योगीलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएकोछ। चिनी उद्योगका सञ्चालकहरुले अटेर गरी उखु किसानलाई समयमा भुक्तानी नदिएको अभियोगमा उद्योग मन्त्रालयले ४ ठूला उद्योगीलाई पक्राउ गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो। गृह मन्त्रालयले अन्नपूर्ण सुगर एण्ड जेनेरल इन्डष्ट्री प्रालि सर्लाही र […]