
काठमाडौं। नेपाल फलफूल तथा तरकारी व्यवासायी महासंघले मंगलबाट देशभर तरकारी तथा फलफूल नबेच्ने चेतावनी दिएको छ ।
सोमबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागले काठमडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको अनुगमनको विरोध जनाउँदै महासंघले आफु मातहतका सदस्य संस्थाहरुलाई तरकारी तथा फलफूल नबेच्न आग्रह गरेको छ।
सोमवार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट विभागका शाखा अधिकृत दिपक पोख्रेलको नेतृत्वमा कालिमाटी फलफूल तथा तरकारी बजारमा अनुगमनको क्रममा बिलबिजक देखाउन नसकेको दुईटा ट्रकलाई नियन्त्रमा लिए पश्चात कालिमाटी बजारमा तनाव भएको थियो ।
कालिमाटी तरकारी फलफूल थोक बजार व्यवसायी संस्थाका अध्यक्ष भरत खतिवडा र ट्रक ड्राइभरलाई रिहा नगरे आन्दोलन चर्काउने महासंघले बिज्ञप्ती मार्फत चेतावनी दिएको छ ।