समाचार

डिडिसिद्वारा कच्चा दूधको खरीद मूल्यमा ४.१४ रुपैयाँ वृद्धि

काठमाडौं। दुग्ध विकास संस्थान ९डिडिसि०ले कृषकबाट उत्पादित कच्चा दूधको खरीद मूल्यमा ४ रुपैयाँ १४ पैसा वृद्धि गरेको छ । संस्थानले शुक्रवार एक विज्ञप्ती जारी गर्दै आगामी भदौ १ गतेदेखि लागू हुने गरी कच्चा दूधको खरीद मूल्य वृद्धि गरिएको जानकारी गराएको हो । विज्ञप्तीमा भनिएको छ, ‘ग्रामिण क्षेत्रका कृषकहरुबाट उत्पादित दूधको बजार सुनिश्चत गरी कृषकहरुको पेशागत […]

गर्भवती महिला स्वास्थ्य चौकी गए अण्डा उपहार

तेह्रथुम। स्थानीय म्याङलुङ नगरपालिका–९ वडा कार्यालयले गर्भवती महिलालाई प्रोत्साहनस्वरुप अण्डा वितरण गर्न थालेको छ । गर्भवती हुँदा महिलाको हेरचाहमा ध्यान पुर्याउन तथा नियमित गर्भपरीक्षणका लागि सन्देश प्रवाह गर्ने ध्येयले वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको हो । स्वास्थ्य चौकीमा गर्भ जाँच गर्न आउने महिलालाई प्रतेक पटक १० वटाका दरले अण्डा प्रदान गर्ने कार्यक्रम राखिएको वडाध्यक्ष राजेन्द्र […]

भूमिव्यबस्था मन्त्रीमा पद्मा अर्याल

काठमाडौं। स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री रहेकी पद्मा अर्यालले नयाँँ जिम्मेवारी पाएकी छिन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उनलाई भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी दिन लागिएको हो । संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भएपछि स्वास्थय मन्त्री उपेन्द्र यादव बनेको थिए । यादव मन्त्री बनेपछि अर्याललाई हटाउन यादवले प्रधानमन्त्रीलाई दवाब दिएका स्रोतले बताउँछन् । भने अर्याल नयाँ जिम्मेवारी चर्चा […]

विश्वमा खाद्यान्नको भाउमा कमी

एजेन्सी। जुलाइमा खाद्यान्नको भाउमा कमी आएको एक तथ्याङ्कले देखाएको छ । संयुक्त राष्ट्र सङ्घअन्तगर्तको खाद्य संस्था (एफएओ)ले बताए अनुसार गत महीना विश्वमा खाद्यान्नको भाउ ३ दशमलव ७ प्रतिशतले घटेको छ । सो अवधिमा करीब सबै प्रकारका खाद्यान्नको भाउमा कमी आएको देखिएको छ । जुनमा १ सय ७५ दशमलव ३ अङ्कमा रहेको अन्न, तेलविजन, डेरीजन्य उत्पादन, […]

साना किसानले ब्याज फिर्ता पाए

चितवन। रत्ननगरस्थित सौराहामा रहेको मृगकुञ्ज मध्यवर्ती बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर व्यवसाय शुरु गरेका ३५ किसानले ६० प्रतिशत ब्याज फिर्ता पाएका छन् । नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट पैसा ल्याएर उक्त सहकारीमार्फत ऋण लिएका ३५ असल ऋणीलाई आज रु तीन लाख ५० हजार बराबरको ६० प्रतिशत ब्याज फिर्ता गरिएको हो । […]

चितवन मिल्क पुनः सञ्चालनको तयारी

चितवन। चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले गत पुस महिनाबाट निजी डेरीको बचेको दूध प्रशोधन गर्दै आएको छ । नेपाल डेरी उद्योग संघले आफू मातहतका डेरीमा खपत नभएको दूध उद्योगमा ल्याएर धुलो र […]

कृषि विश्वविद्यालयले निजी कलेजलाई दिएको सम्बन्धन स्थगित

चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय, चितवनले निजी कलेजहरुलाई दिएको सम्बन्धन स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निजी कलेजहरुलाई दिइएको सम्बन्धन स्थगित गर्दै छानबिनका लागि शिक्षामन्त्री गिरिाजमणि पोखरेललाई निर्देशन दिएको आन्दोलरत प्राध्यापक इश्वरी प्रसाद कडरियाले जानकारी दिनुभयो। प्राध्यापक कडरियाका अनुसार सम्बन्धन दिँदा आर्थिक अनियमितता भएको आशंका भएपछि छानबिन गर्न निर्देशन दिइएको हो । असार […]

किसानले किन गरे भारतीय गाडी कब्जा ?

काठमाडौँ। कालिमाटी तरकारी बजारमा भारतीय गाडी माथि नेपाली किसानले गोलभेडा फ्याकेका छन् । कालिमाटी स्थित प्रमुख तरकारी बजार भित्रै किसानहरुले भारतीय नम्बर प्लेटको बोलेरो गाडी नियन्त्रणमा लिई गोलभोडा फ्याकेका हुन् । नेपालमा उत्पादित गोलभेडाले बजार भाउ नपाएर उत्पादकहरु आन्दोलित भइरहेका बेला भारतीय गाडी युपी ५३ डिटि १२६६ नम्बरको बोलेरोमा ११० क्रेट गोलभेडा कालिमाटी भित्रिदै गरेको […]

सप्तरीमा रोपाईकै समयमा रासायनिक मलको अभाव

राजविराज । जिल्लामा धान रोपाइँको क्रम चलिरहेका बेला अहिले रासायनिक मलको अभाव भएको छ । साउनको दोस्रो सातासम्ममा समेत पर्याप्त वर्षा नहुँदा किसान मारमा परेका छन् भने चर्को घाम र प्रचण्ड गर्मीका कारण धानको बीउ सुक्न थालेको छ । मोटर, पम्पिङसेटको भरमा अहिले धान रोपाइँ भइरहेको अवस्थामा समयमा पानी नपरेका कारण धान खेतमा धाँजा समेत फाट्ने […]

अगरवूड खेती गर्न किसानलाई विरुवा वितरण

डडेल्धुरा। डडेल्धुरामा पहिलो पटक निकै महंगो मानिने रुख अगरवूडको खेती गर्न शुरुवाति थालिएको छ । १० बर्षमा हुर्कने अगरवूड खेती गराउन यस बर्ष किसानलाई वोटविरुवा वितरण गरिएका छन । एक किसानलाई दुई विरवाका दरले यस बर्ष छ सय ४५ किसानलाई विरुवा वितरण गरिएको नेपाल अगरवूड परियोजना सञ्चालन गरेको एसोसियसन अफ एग्रीकल्चर नेपाल डडेल्धुराले जनाएको छ […]