ललितपुर। मासुजन्य बस्तुको सहज बिक्रि वितरणमा अवरोध नगर्न सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । स्वच्छ मासु आयात र बिक्रि वितरणमा आफुहरु सजक रहेको धारणा राख्दै व्यवसायीहरुले मासुको बिक्रि वितरणमा अवरोध नगर्न माग गरेका हुन् ।

सोमबार काठमाडौमा पशु वधशाला व्यवसायी संघ, चौपाया खरिद बिक्रि संघ, नेपाल खड्की सेवा समिति लगाएतले संयुक्त रुपमा स्वच्छ मासु र चाडपर्व बिषयक अन्र्तक्रियाको आयोजना गर्दै यस्तो माग गरेका हुन् ।

उनीहरुले आफुहरु स्वच्छ मासु आयात र बिक्रि वितरणमा सजक रहेको भन्दै चाडपर्वका बेला बिक्रि वितरणमा हस्तक्षेत गर्न नहुने बताएका थिए ।

कार्यक्रममा चौपाया खरिद बिक्रि संघका महासचिव दिपक थापाले चौपायाको उत्पादन हुने स्थानमा नै गएर चौपायाको स्वास्थ्यका बिषयमा राज्यले अनुगमन गर्नु पर्ने धारणा राख्नु भयो । प्रत्येक स्थानीय तहमा पशु स्वास्थ्य केन्द्र स्थापना भएको भन्दै उहाँले बिक्रिका लागी पठाईने चौपायाको स्थानीय तहबाट जाच हुनुपर्ने बताउनु भयो ।

त्यस्तै काठमाडौ चौपाया खरिद बिक्रि प्रालिका सचिव जिवनराम खतिवडाले अहिलेको अबस्थामा भेटनरीको मापदण्ड र्नै परिवर्तन गर्नु पर्ने बताउनु भयो । उहाँले चाडपर्वका बेला व्यवसायीलाई दुःख दिनेभन्दा पनि सहज आपूर्तिमा ध्यान दिनु पर्ने जिकिर गर्नु भयो ।

कार्यक्रममा नेपाल खड्की सेवा समिति, बंगुर व्यवसायी संघ लगाएतका सहभागीहरुले बधशालाको अनुगमन सकारात्मक भए पनि अनुगमनका नाममा व्यवसायीलाई दुख दिन नहुने धारणा राखेका थिए ।