तरकारीका बिचौलिया हटाउन अध्ययन समिति गठन
ललितपुर। सरकारले तरकारीको बजार व्यवस्थापन गर्न र बिचौलियाहरुलाई हटाउन ठोस प्रयास गर्ने भएको छ । सोमबार कालिमाटी बजारमा अनुगनमा क्रममा भएको घटनालाई मध्यनजर गरी सरकारले समस्या समाधानमा लागि एक समति नै गठन गरेको छ । मंगलबार कृषि मन्त्रालय र आपूर्ति मन्त्रालयबीच भएको बैठकले तरकारीको बजारलाई व्यवस्थित गर्ने गरी संयुक्त प्रयास बढाउने निर्णय गरेको छ । […]





