समाचार

मकै फल्ने बारीमा किवि खेतीले मालामाल

भोजपुर। भोजपुर जिल्लाका कृषक व्यावसायीक किवि तर्फ उत्साहित हुन थालेका छन् । मकै फल्ने बारीमा किविबाट राम्रो आम्दानी हुन थालेपछि कृषक यस तर्फ उत्साहित भएका हुन् । एक पटक रोपेपछि वर्षौ सम्म आम्दानी लिन सकिने भएपछि कृर्षकहरु किवि खेतिमा आकर्षित वन्दै गएका छन् । भोजपुर नगरपालिका, टेम्केमैयुङ्ग गाउँपालिकाका विभिन्न क्षेत्रमा किवि खेति भैरहेको छ । […]

मातहतका निकायलाई कृषि मन्त्री खनालको २४ बुदे निर्देशन

ललितपुर। कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयनलाई पूर्ण रुपले चुस्त दुरुस्त राख्न निर्देशन दिएका छन् । उनले सुपरजोनमा सम्वन्धित विषय विज्ञलाई प्राथमिकता दिई पदस्थापना गर्ने र वर्षभरी नियमित अनुगमन गर्न सूचकसहितको अनुगमन गर्नुपर्ने बताए । यस्तो छ २४ बुँदे निर्देशन : १. मन्त्रालयका कामहरु सुस्त भएको महसुस भइरहेको छ […]

चिया मजदुर आन्दोलित

ईलाम। सरकारले तोकेको न्यूनतम ज्याला नपाएको भन्दै झापासहित पूर्वका चिया मजदुर आन्दोलित बनेका छन् । सरकारले गत साउन १ गतेदेखि लागु गरेको न्युनतम ज्याला ५ सय १७ रुपैयाँ र बीमासहितको थप सेवा सुविधा नपाएको भन्दै प्रदेश १ का चिया मजदुर आन्दोलित बनेका हुन् । चिया बगान मालिकले नयाँ श्रम ऐनको पालना नगरी चिया मजदुरमाथि विभेद […]

तितो करेलाको मिठो कथा

भैरहवा। तिते करेलाको व्यावसायिक खेतीबाट रूपन्देहीका किसानले लाखौँ आम्दानी गरेका छन् । बर्सेनि अर्बौं रुपियाँको तरकारी भारतबाट आयात भइरहेको अवस्थामा रूपन्देहीको शुद्धोदन गाउँपालिका–३ सियाभारका लक्ष्मण अधिकारी र सोही गाउँका प्रकाश खनालले तरकारीमा स्वदेशमै आत्मनिर्भर बन्न सकिने नमुनासमेत प्रस्तुत गर्नुभएको छ । खनालले तीन बिघामा र अधिकारीले एक बिघामा छुट््टाछुट्टै गरी चार बिघा खेतमा तिते करेला […]

यसरी हुन्छ अण्डामा सिन्डिकेट !

ललितपुर। तपाई हामीले स्वाद मानी मानी खाने अण्डामा पनि उस्तै सिन्डिकेट हुने गरेको छ । सोही कारण बजारमा प्रतिगोटा अण्डाको मूल्य १६ रुपैयाँ पर्ने गरेको छ । जसका कारण किसान र उपभोक्ता दुवै एकैपटक मर्कामा परिरहेका छन् । सरकारले यातायात क्षेत्रको एकाधिकार आंशिक रुपमा भए पनि हटायो । तरकारीमा रहेको एकाधिकार हटाउन प्रयासरत छ । […]

कृषि उत्पादन वृद्धिमा बिम्स्टेक राष्ट्रको जोड

ललितपुर। बहुक्षेत्रीय, प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो सम्मेलनले कृषि उत्पादनमा विशेष जोड दिएको छ । सम्मेलनको उद्घाटनसत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको आधुनिकीकरणमा जोड दिएका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिम्स्टेकमा आवद्ध सबै राष्ट्र कृषि प्रधान मुलुक भएकाले कृषि उत्पादनमा जोड दिनुपर्ने धारणा औँल्याएका थियो । भारतीय प्रधानमन्त्री […]

अदुवामा निकासी करमा नेपाल र भारत दुबैतर्फ उल्लेखनीय वृद्धि

भद्रपुर। अदुवामा निकासी कर नलगाउन पुनरावेदन अदालत इलामले आज अन्तरिम आदेश जारी गरेको छ । झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक रु पाँच हजार निकासी कर लगाएपछि त्यस विरुद्ध परेको रिटमा पुनरावेदन अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश जारी गरेको हो । नेपाल अदुवा उत्पादक सङ्घका तर्फबाट बिहीबार […]

मल नपाएका किसानद्वारा कृषि सामग्री कार्यालय घेराउ

रौतहट। रौतहटका किसानले रसायनिक मल नपाएपछि शुक्रबार चन्द्रनिगाहपुरस्थित रहेको कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालय घेरेका छन् । कम्पनीले कृषि सहकारी संस्थामार्फत किसानलाई सहुलियतमा रसायनिक मल वितरण गर्ने बताए पनि किसानले मल नपाएपछि सो कार्यालय घेराउ गरेका हुन् । धानमा युरिया मल राख्ने बेला भएकाले ग्रामीण भेगबाट किसान रसायनिक मल लिन कार्यालयमा आएपछि कम्पनीले मल नदिएको […]

ईलामलाई किबी जोनको रुपमा विकास गरिने

इलाम। पहाडका किसानहरूलाई आम्दानीको भरपर्दो स्रोत हुन थालेपछि सरकारले पनि किबी खेतीलाई ‘किबी जोन’ का रूपमा काम गर्ने भएको छ । चालू आर्थिक वर्षमा सरकारले इलाममा किबी जोनको विकास गर्ने कार्यक्रम तय गरेपछि किबी जोनको काम सुरु हुन लागेको हो । किबीका लागि करिब दुई करोड बजेट छ, अब भदौको पहिलो सातादेखि किबी जोनको काम […]

प्रदूषण नियन्त्रणका सारथी गिद्ध

काठमाडौ। गिद्ध आफैँले शिकार नगरी केवल मरेका प्राणीको सिनो मात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण मानिन्छ। तथ्यांकअनुसार एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किलो सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ। सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल,मुसा र झिँगाको सङ्ख्यामा हुनेसमेत न्यूनीकरण गर्ने विज्ञको भनाइ […]