ललितपुर। गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ ।

जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना भईरहेको १२ औ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७५ चार दिन सम्म सञ्चालन हुने मेला संयोजक मीन बहादुर तामाङ्गले जानकारि दिए ।

पुष्प व्यवसाय प्रवद्र्धनका सम्वन्धमा समय अनुकूल पुष्पको जातिय विकास एवं गुणस्तरिय उत्पादनमा सहयोग पु¥याउनका लागि प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ । नजिकै आइरहेको तिहार पर्व तथा छठलाई समेत लक्षित गरी गोदावरी पुष्प मेला तथा प्रदर्शनी गरिएको बताइएको छ।

प्रदेश सरकार, प्रदेश नं. ३, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पुष्प बिकास केन्द्रको सहयोगमा फ्लोरिकल्चर एशोसिएसन नेपालले १२ औ सस्करणको रुपमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको आयोजना भएको हो ।

तिहार पर्वमा घर आगन सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोगको एक आकर्षक फूलको रुपमा रहेको गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको यस प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने रहेको छ ।

पुष्प व्यवसायीहरुलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायिहरु विच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरिय उत्पादनमा टेवा पुर्याउनु प्रदर्शनीको उद्धेश्य रहेको छ ।

हाल पुष्प उत्पादक कृषकहरुको आफ्ना उत्पादनको बजार क्षेत्र सिमित रहेको सन्दर्भमा यस प्रकारको प्रदर्शनीको आयोजनाबाट पुष्पप्रेमी उपभोक्ता बढन जाने भई बजार विस्तार गर्न प्रदर्शनीले सघाउने अपेक्षा गरिएको छ ।