समाचार

धान उत्पादन १३ प्रतिशतले बढ्ने

ललितपुर। चालू आर्थिक वर्षमा धानको उत्पादन १२ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । किसानलाई मनसुनले राम्रो साथ दिएको हुँदा धान उत्पादन वृद्धि हुने अनुमान कृषि मन्त्रालयले गरेको हो । चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा करिब १२ देखि १३ प्रतिशत धान उत्पादनमा वृद्धि हुन सक्ने अनुमान रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर […]

काठमाडौंवासीले खाने मासु स्वस्थकर छैन : मन्त्री खनाल

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले काठमाडौंमा बिक्री वितरण भइरहेका मासु खान योग्य नभएको बताएका छन् । उनले केही समय अघि भएको मासु पसल र मासु काट्ने ठाउँको अनुगमनको सन्दर्भमा बोल्दै व्यवस्थित बधशालाको अभावमा अस्वस्थकर मासु बिक्रीवितरण भइरहेका बताए । उनले विसं २०५५ को मासु ऐन अन्तर्गत भएका प्रावधान मध्ये १ […]

१० हजार चिनियाँ गाई ल्याउँदै गण्डकी सरकार

पोखरा। गण्डकी प्रदेशलाई वैदेशिक सहायता लिएर विदेशबाट गाई खरिद गर्न संघीय सरकारको अर्थ मन्त्रालयले अनुमति दिएको छ । प्रदेशले वैदेशिक सहायता लिन संघको अनुमति लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले अर्थसँग अनुमति मागेको थियो। संघको अनुमतिपछि गण्डकी प्रदेशले १० हजार चिनियाँ गाई भित्र्याउने प्रक्रिया अगाडि बढाउन पाउने भएको छ । संघले […]

उखु किसानको पैसा तिर्न सक्दैनौं : चिनी उत्पादक संघ

ललितपुर। चिनी उत्पादक संघले पाँच दिन भित्र उखु किसानको बक्यौता रकम तिर्न नसक्ने जनाएको छ । चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पाँच दिन भित्र किसानको बक्यौता रकम तिर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको निर्देशनप्रति आपत्ति जनाउनुुभयो । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिको मंगलबार बसेको बैठकमा उहाँले चिनीको बक्यौता तिर्न सरकारले आफूहरुको गोदाममा थन्किएर […]

मालपोतमा सरलीकृत फारम शुरु, अब लेखनदास नचाहिने

ललितपुर। सरकारले भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सेवाग्राहीको कामलाई सहज बनाउन ‘सरलीकृत फारम’ को व्यवस्था गरेको छ। भूमिसम्बन्धी सेवाग्राहीको कामलाई सहज, सुलभ र पारदर्शी बनाउने उद्देश्यले सरकारले मंगलबारबाट भूमि सुधार तथा मालपोत कार्यालयहरुमा सरलीकृत फारम सेवा शुरु गरेको हो। ललितपुरस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा एक कार्यक्रमबीच सेवा शुरु गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी […]

फैलिँदै मुस्ताङी स्याउको बजार

पोखरा। मुस्ताङको घरबजोङ गाउँपालिका–५ ठिनीका कर्म गुरुङ ५ हजार बोटमा स्याउ फलाउँछन्। स्याउको व्यावसायिक खेतीबाट निकै रमाएका छन् उनी। गतवर्ष उनले रु एक करोडको स्याउ बिक्री गरेका थिए। सिँचाइको राम्रो प्रबन्ध हुनसके अरु ५ हजार बोट थप्ने तयारीमा छन्। मुस्ताङको स्याउ पोखरा लगायतका बजारमा अत्याधिक माग हुने गरेको उनले बताए। नामझैं कर्मशील ५३ वर्षीय उनको […]

उखु किसानको मूल्य नदिने उद्योगीलार्इ सरकारले पक्राउ गर्ने

ललितपुर। उखु उत्पादक किसानको मूल्य पाँच दिनभित्र भुक्तानी नगर्ने चिनी उद्योगीलाई सरकारले पक्राउ गर्ने निर्णय गरेको छ । लामो समयदेखि उखु किसानहरुले उचित मूल्य बेलैमा नपाउने समस्या बढेपछि सरकारले उद्योगीहरुलार्इ कारबाही गर्ने तयारी गरेको हो । सोमबार अर्थ, कृषि, उद्योग, वन र सामान्य गरी पाँच मन्त्रीको संयुक्त बैठक बस्दै पाँच दिनभित्र उखु उत्पादक किसानलार्इ भुक्तानी […]

किसान पेन्सन कार्यक्रमको कार्यविधि तय

ललितपुर। राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५ लाई कार्यान्वयन गर्न आयोगले कार्यक्रमको कार्यविधि तयार गरेको हो । कार्यविधिभित्र मुख्यरुपमा किसानका वर्गीकरण, परिचयपत्र वितरण […]

ताप्लेजुङ अलैंची जोन

ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिकासहित विभिन्न गाउँपालिकाका केही वडालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालनका लागि छनोट गरिएको छ । अलैंची खेतीको विकास र विस्तार गर्दै जिल्लालाई अलैंचीको सुपर जोन बनाउने उद्देश्यसहित परियोजना कार्यान्वयन गर्ने गरी ती ठाउँहरूलाई छनोट गरिएको हो । फुङलिङ नगरपालिका र मैवाखोला गाउँपालिकाका सबै वडाहरू, फक्ताङलुङ गाउँपालिकाको १ देखि ६ नम्बरसम्मका वडाहरू, आठराई […]

विदेशमा नभएको कमाइ घाँसबाट

फिदिम। फिदिम नगरपालिका–२ देउरालीका किसान टेकनाथ रिमालले साथीभाइले जस्तै धन कमाउन धेरै सङ्घर्ष गर्नुभयो । दस वर्ष झापाको धरमपुरमा किराना पसल गर्नुका साथै तीन वर्ष कतारमा कष्टकर रोजगारीमा घोटिनु भयो । यस्तो दुःख गर्दा पनि टेकनाथ समाजमा धन आर्जन गर्ने व्यक्तिका रूपमा चिनिन सक्नु भएन । उल्टै आर्थिक नोक्सान भोग्नुभयो । पसल गर्दा घरघडेरी नै […]