समाचार

एक महिनाको अवधिमा ५३ प्रतिशतले सस्तियो तरकारी

ललितपुर। दसैंको मुखमा अस्वाभाविक बढेको तरकारी तथा फलफूलको भाउ घट्न थालेको छ । उत्पादन वृद्धिसँगै सहज आपूर्तिका कारण मूल्य घटेको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार एक महिनाको अवधिमा करिब ५३ प्रतिशतले घटेको छ । ‘एक महिनाको अवधिमा स्थानीय उत्पादन करिब १०० प्रतिशतले बढेको छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव भरत खतिवडाले […]

छठका लागि मात्रै भारतबाट ४० लाखको केरा आयात

गौशाला। महोत्तरी सदरमुकाम जलेश्वरमा छठ पर्वका लागि व्यवसायीले भारतबाट रू. ४० लाखको केरा आयात गरेका छन् । सोमवार जलेश्वरमा लाग्ने हाटबजारका लागि सो केरा आयात गरिएको हो । अघिल्लो वर्ष छठ पर्वका लागि भारतबाट रू. ३० लाखसम्मको केरा आयात गरिएको केरा व्यवसायी गणेश साहले बताए । यहाँका केरा व्यापारीले यस वर्ष सामूहिक रूपमा २५ ट्रक […]

उखुको मूल्य निर्धारणको तयारी

ललितपुर। उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न सरकारले तयारी थालेको छ । उखुको क्रसिङ सिजन नजिकिन थालेपछि सरकार यो वर्षको उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारीमा जुटेको हो । मंसिर पहिलो साताभित्र उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गरी सक्ने तयारी सरकारको रहेको राष्ट्रिय योजना आयोगले जनाएको छ । सरकारले उखुको न्यूनतम समर्थन मूल्यपछि उखु किसानले […]

धानको समर्थन मूल्य कहिले ?

नेपालन्ज। सरकारले कात्तिक महिनाको अन्तिम समय आइसक्दा पनि धानको समर्थन मूूल्य नतोक्दा बाँके र बर्दियाका किसान मारमा परेका छन् । धान पाकेर किसानका घर आँगनमा पुगिसके पनि समर्थन मूल्य नतोकिँदा सस्तोमा धान बिक्री गर्नु परिरहेको बाँके र बर्दियाका किसानहरूको भनाइ छ । समर्थन मूल्य नतोकिंदा धानको अन्न भण्डार मानिने बाँके र बर्दियाका धान उत्पादक किसानले […]

कृषि तथा वन विश्वविद्यालयका आठ निजी क्याम्पसमा भर्ना खुला

ललितपुर। मन्त्रिपरिषद्को बैठकले सम्बन्धन खारेज गरेका कृषि र वनका आठ निजी क्याम्पसले विद्यार्थी पढाउने भएका छन् । रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले आङ्गिकसहित सम्बन्धन दिएका आठ निजी क्याम्पसमा समेत भर्ना लिने गरी कृषि र वन स्नातक तहको भर्ना खुला गरेको हो । विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए […]

च्याउ उत्पादनतर्फ महिलाको आकर्षण

घोराही। पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थालेकी छन्। पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षितभएकिहुन।पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ । बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका– १६ झिगौरामा ‘जलजला च्याउ प्रसोधन केन्द्र’समेत स्थापना गरेकी छन्। एक […]

साकिनी र घुँगीका परिकार : जीवनस्तरमा सुधार

नवलपरासी। कावासोती नगरपालिका–१५ का थारु र बोटे समुदायको जीवनस्तरमा सुधार आएको छ । उनीहरु खुशी छन् । उनीहरुले छोराछोरीको शिक्षा र स्वास्थ्यमा कुनै कमी र अभाव हुन दिएका छैनन् । स्वयं रोजगारका लागि कतै भौँतारिनु परेको छैन । लोपोन्मुख स्थानीय अनदी धानको चामलबाट तयार पारिने चिचर, कुखुरा (साकिनी), हाँस, माछा र घुँगीबाट तयार पारिएका स्वादिष्ट […]

शैक्षिक प्रमाणपत्र धितो राखी ऋण लिन आग्रह

ललितपुर। व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो । आव २०७५/७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका […]

कुवेतमा ६ वर्षसम्म कमाउन नसकेको पैसा गाउँमै च्याउखेतीबाट

बाँके। परिवारको आर्थिक अवस्था उकास्न र साहूको ऋण तिर्न भन्दै लालबहादुर सुनार १२ वर्षअघि विदेश लागे । छ वर्ष कुवेतकोे गर्मीमा बिताउँदासमेत परिवारको आर्थिक अवस्था उस्तै रह्यो, साहुको ऋण पनि सकिएन । विदेशबाट कमाइ गरेर फर्किए पनि ऋण तिर्दा उनीसँग पैसा बाँकी रहेन । खजुरा गाउँपालिका–३ गाउँका सुनारले छ वर्षअघि आफ्नै गाउँमा च्याउ खेती शुरु गरे […]

सुन्तला किसानका लागि खुसीको खबर

गोरखा। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, सुन्तलाजात फलफूल जोन गोरखा कार्यान्वयन इकाईले आफ्नो जिल्लामा सुन्तला खेती गर्नेहरुकालागि विशेष आवह्वान गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार इकाईको कार्यक्षेत्र गोरखा नगरपालिका, गण्डकी, शहिदलखन, भिमसेन गाउँपालिका तथा पालुङटार नगरपालिका वडा नं ९ ,१० क्षेत्र भित्रका सुन्तला ब्यवसायिलाई यस्तो आवह्वान गरेको हो । यस क्षेत्रमा […]