समाचार

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीद्धारा आगजनी

चितवन। जिल्लाको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेर क्षति पु¥याएका छन् । मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मूल गेट र परीक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट परीक्षा नियन्त्रण कार्यालयको तल्लो तला क्षतिग्रस्त बनेको छ । कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाएका […]

१५ जिल्लामा फलफूल खेती विस्तार कार्यक्रम सुरु हुँदै

ललितपुर। सरकारले पन्द्र जिल्लामा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको  राष्ट्रिय फलफूल विकास केन्द्रले नीजि क्षेत्रमा फलफूल खेती विस्तार कार्यक्रम सञ्चालन गर्न लागेको हो । राष्ट्रिय फलफूल विकास केन्द्रले यही कात्तिक २६ गते सूचना जारी गरी यो कार्यक्रम सञ्चालन गर्न लागेको घोषणा गरेको हो । यो […]

सूचीकृत हुन सरकारको आग्रह

चितवन। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चितवन जिल्लाका केरा किसानलाई सूचीकृत हुन सूचना सार्वजनिक गरेको छ । मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको केरा जोन चितवनले कात्तिक २७ गते सूचना सार्वजनिक गर्दै केरा किसानलाई सूचीकृत हुन आग्रह गरेको हो । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १, रत्ननगर नगरपालिका सबै वडा, खैरहनी नगरपालिकाका सबै वडा, कालिका नगरपालिकाका […]

कफीको मूल्य समायोजन हुँदै

ललितपुर। सरकारले कफीको मूल्य बढाउने तयारी गरेको छ। मंसिर १ गतेदेखि लागू हुने गरी किसानको उत्पादन लागतका आधारमा मूल्य बढाउन लागिएको हो। आर्थिक वर्ष २०७४/७५ मा कफीको मूल्य समायोजन भएको थिएन। समायोजन हुने मूल्य किसानले पाउनेछन्। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी दिवसको अवसरमा मूल्य समायोजन गर्न लागेको हो। बोर्डका योजना अधिकृत गौरब […]

पहाडी भेगमा वर्षा र हिमपातको सम्भावना

ललितपुर। मुलुकका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा क्षणिक वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च हिमाली भू–भागमा हिमपातको सम्भावना औँल्याएको छ । आज दिउँसो देशको पश्चिमी भू–भाग, मध्य र पूर्वका पहाडी भेगमा सामान्य […]

सार्वजनिक र निजी जग्गामा फलफूल खेती विस्तार गरिने

काठमाडौं। सार्वजनिक र निजी जग्गामा फलपूmल खेती विस्तार गरिने भएको छ । जसका लागि सरकारले सार्वजनिक र निजी जग्गामा  फलफूल  खेती विस्तार कार्यक्रम सञ्चालन कार्यविधि– २०७५ ल्याएको छ । सो कार्यविधि कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले ल्याएकोे हो । सो कार्यविधि तयार पारी मंगलबार नै सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ । यस नयाँ कार्यविधिअनुसार अब […]

बीउले बजार नपाउँदा किसान चिन्तित

सुर्खेत। निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा लेकबेँसी नगरपालिका सुर्खेतका किसान चिन्तित छन् । उत्पादित धान, मकै, गहुँ, तोरी, मुसुरोलगायतका बीउले चालू आर्थिक वर्षमा बजार नपाउँदा लेकबेँसीका किसान चिन्तामा परेका हुन् । उनीहरुले उत्पादन गरेको १० मेट्रिक टन बीउ थन्किएको समृद्धि कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष देवबहादुर रानाले राससलाई जानकारी दिनुभयो […]

बाँकेमा आलु उत्पादन राम्रो

नेपालगञ्ज। बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष पनि मौसम अनुकूल भएको समयभित्र आलु रोपिएकाले उत्पादन राम्रो हुने प्राविधिकको भनाइ छ । यस जिल्लामा काडनर, लालगुलाब, टिपिएस जातको आलु बढी उत्पादन हुने गरेको छ । यहाँका कृषकले […]

५२ पानी उद्योगमा सिलबन्दी

काठमाडौं। सरकारले चालू आर्थिक वर्ष २०७५/०७६ को बितेका चार महिनाको अवधिमा विभिन्न जिल्लामा रहेका ५२ वटा खानेपानी उद्योगमा सिलबन्दी गरेको छ । मापदण्ड पूरा नगरी पानी उद्योग सञ्चालन अनुगमन कर्ताले फेला पारेकाले सरकारी अनुगमन टोलीले ती पानी उद्योगमा सिलबन्दी गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको अनुगमन टोलीले सो उद्योगमा सिलबन्दी गरेको खाद्य […]

बीएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन

ललितपुर। लामो प्रयासपछि बीएल ४३४१ नामको गहुँको नयाँ जात उन्मोचन गरिएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिकले १२ वर्षको अनुसन्धानपछि सो बीउ पत्ता लगाएका हुन् । नयाँ जातको बीउ पत्ता लगाउन कम्तीमा १० वर्षको समय पर्खनुपर्ने नार्कका बाली तथा वागवानी निर्देशक डा. दीपक भण्डारी बताउनुहुन्छ । नार्कले उच्चकोटीको मूल बीउ उत्पादन गरी नेपालका […]