
वीरगञ्ज। भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यस वर्ष गहुँखेती खस्कने किसानको गुनासो रहेको छ ।
गण्डक नहरमा डिसेम्बर २५ (पुस १०)भित्र पानी छोडिसक्नुपर्नेमा भारतीय पक्षले ढिलो गरी पानी दिएको दिएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय, वीरगञ्जका प्रमुख राजेन्द्रप्रसाद साहले बताए । ‘गहुँको बीउ छर्ने समयमा पानी नछाड्दा केही मात्रामा गहुँखेती भने प्रभावित भएको छ,’ उनले भने ।