समाचार

१४ वटै सुपर जोनका प्रमुखलाई कृषिमन्त्रीको प्रश्न

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाद्धारा सञ्चालिन सुपर जोनहरुमा अहिले देखिएका समस्या र समाधानका उपाय सहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्न निर्देशन दिएका छन् । सुपरजोनहरुको काम जति प्रभावकारी रुपमा हुनु पथ्र्यो त्योअनुसार नभएको भनेर गुनासो आएपछि मन्त्री खनालले सबै १४ वटै सुपर जोनका प्रमुखहरुलाई मंगलबार मन्त्रालयमा बोलाएर […]

अधिकृतको जागिर छाडेर गाईपालन

कनचन्पुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का रमेश धानुकले सञ्चालनमा ल्याएको फार्ममा पालिएका गाई दुहुन आधुनिक मेशिन ल्याउनुभएको छ । जागीर छाडेर रु ३५ लाख लगानी गरी उन्नतजातको फार्म सञ्चालन गर्नुभएका धानुकले रु चार लाख मूल्य पर्ने ‘मिल्किङ मेशिन’ ल्याउनुभएको हो । जिल्लामै पहिलोपटक ल्याइएको मेशिनबाट एकै पटक चार वटा गाईको दूध दुहुन सकिन्छ । गाई दुहुन […]

१० वर्षमा ३० हजार हेक्टरमा रबर खेती, संभव छ अमेरिकामा निर्यात ?

झापा। नेपालमा १० वर्ष भित्र ३० हजार हेक्टरमा रबरको खेती हुने भएको छ । यसका लागि प्रदेश नम्बर १ मा संझौता भैसकेको छ भने कर्णाली प्रदेशको १५ हजार विगाहामा रबर खेतीको लागि संझौता हुने क्रममा रहेको छ । प्रदेश १ मा रबर खेतीको बारेमा अध्ययन भैरहेको छ ।स्वदेश मै उत्पादन गर्न सकिने अथाह सम्भावना रहँदारहँदै […]

झण्डै ९० अर्बको कृषिजन्य बस्तु आयात, सबैभन्दा बढी खाद्यान्न, तरकारी र फलफूल

ललितपुर। यो बर्षको पहिलो पाँच महिनामा करिब ९० अर्ब रुपैयाँबराबरको कृषिजन्य बस्तुको आयात भएको छ । गत् साउनदेखि मंसिरसम्ममा ८९ अर्ब ४० करोड रुपैयाँबराबरको कृषि बस्तु आयात भएको हो । पाँच महिनाको कूल आयातको हिस्सामा कृषिजन्य बस्तुको आयात दरले १५ प्रतिशत हिस्सा ओगटेको छ । ब्यापार तथा निकासी प्रवद्र्धन केन्द्र(टिइपीसी) ले सोमबार पाँच महिनाको वैदेशिक […]

खुलेआम चिनी आयात

विराटनगर। नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ । सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको […]

भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा आएन

काठमाडौँ। सरकारले कृषिको आधुनिकीकरण र व्यावसायीकरण गर्ने अठोट व्यक्त गरेपनि भू–उपयोग नीति, २०७२ कार्यान्वयनमा ल्याउन नसक्दा कृषि क्षेत्रमा आशालाग्दो प्रगति हुनसकेको छैन । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले तीन वर्ष अघि जारी गरेको भू–उपयोग नीतिमा खेतीयोग्य र गैरखेतीयोग्य जमीनको वर्गीकरणलाई कार्यान्वयन गर्न नसक्दा कृषिमाथिको परनिर्भरता बढेको हो । सरकारले २०६९ को भू–उपयोग नीतिलाई […]

प्रदेश–१ बन्यो दूधमा आत्मनिर्भर

विराटनगर। प्रदेश नम्बर १ दूध उत्पादनमा आत्मनिर्भर भएको छ । पहाडी र तराई क्षेत्रमा व्यावसायिक गाईपालनका कारण दूधको उत्पादन बढेको हो । यो प्रदेशमा दैनिक ३० हजार लिटर दूध मागभन्दा बढी उत्पादन भइरहेको छ । उत्पादनअनुसार खपत क्षमता नहुँदा कृषक चिन्तित भएका छन् । दूधको खपत बढाउन भारतलगायतका मुलुकबाट आयात हुने धुलो दूध प्रतिस्थापन गर्न […]

खोटाङको दिक्तेलमा कृषि प्रदर्शनी मेला शुरु

खोटाङ। सदरमुकाम दिक्तेलमा वृहत कृषक दिवस तथा प्रतियोगितात्मक कृषि मेला प्रदर्शनी शुक्रबारदेखि शुरु भएको छ । जिल्लाका कृषकलाई पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले नवौं कृषक दिवसको अवसर पारेर दुई दिने प्रतियोगितात्मक कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । कृषि व्यवसायको सम्मान र प्रोत्साहन गर्न जिल्लामा विसं २०६५ सालदेखि सञ्चालन हुँदै आएको वृहत कृषि मेला एवं औद्योगिक […]

नेपालमा पहिलो पटक कालिज व्यवसाय सञ्‍चालन

काठमाडौँ। नेपालमा पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु गरिएको छ।काठमाडौँ दक्षिणकाली नगरपालिका–४ चाल्नाखेतमा एभरेस्ट वाइण्ड लाइभ एग्रो एण्ड रिसर्च प्रालिले मासुका लागि पहिलो पटक कालिजको व्यावसायिक पालन सुरु गरेको हो। प्रालिका अध्यक्ष सुशील भट्टराईले चार हजार २०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताए।फ्रान्सबाट कालिजको अण्डा ल्याई यहाँ ह्याचरी गरी कालिज पाल्न थालिएको बताउँदै उहाँले फ्रान्सबाट […]

उखु किसानको कुराले संसद तात्यो

ललितपुर। सरकारले उखुको समर्थन मूल्य तोक्न नसक्दा तीन लाख ५० हजार किसान प्रभावित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद हृदयेश त्रिपाठीले हरेक वर्ष कात्तिक मसान्तदेखि मङ्सिरको पहिलो साता उखुको समर्थन मूल्य तोकिने र उखु पेल्ने काम शुरु हुने भएपनि यस पटक त्यस्तो नभएकाले किसान प्रभावित भएकामा गुनासो गर्नुभयो । उहाँले […]