समाचार

जमिन कित्ताकाट खुल्यो

ललितपुर। सरकारले कृषियोग्य जमिन खण्डीकरण गर्न खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जमिन कित्ताकाट खुला गरेको जानकारी दिइन् । कृषियोग्य जमिन कित्ताकाट र बिक्रीवितरणमा गत वर्ष लगाइएको प्रतिबन्ध मन्त्री अर्यालले उल्ट्याएकी हुन्। गत वर्ष साउन २६ गते तत्कालिन भूमि सुधारमन्त्री गोपाल दहितले कृषियोग्य […]

सहकारीमार्फत सामूहिक आलु र प्याजखेती थालियो

तनहुँ । बाँझो जग्गाको सदुपयोग गर्दै आयआर्जन गर्ने उद्देश्यसहित तनहुँको भानु नगरपालिका चितीखोलाका कृषकले सहकारीमार्फत आलु र प्याजखेती शुरु गरेका छन् । बागेश्वरी कृषि सहकारीमा आबद्ध ५४ जना कृषकले सामूहिकरुपमा आलु र प्याजखेती शुरु गरेका हुन् । भानु नगरपालिका वडा नं ७, ९ र १० स्थित चितीखोला सङ्गमका कृषक सङ्गठित भएर आलु र प्याजखेती शुरु […]

कृषि तथा वनविज्ञानका निजी कलेजले अवैध रुपमा भर्ना लिंदै, विद्यार्थीको भविष्यप्रति सरोकारवाला चिन्तित

चितवन। कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपती प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयबाट अस्थायी सम्बन्धन पाएका निजी क्याम्पसको भर्ना प्रक्रिया वैधानिक नभएको बताएका छन्। सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा क्याम्पसले पत्रिकामा विज्ञापन प्रकाशन गरेर भर्ना प्रक्रिया अघि बढाएका छन् । उनीहरुले विश्वविद्यालयले हालै विश्वविद्यालय र आङ्गिकका लागि खुलाएको भर्नाको मेरिटका आधारमा भर्ना लिनका लागि […]

कृषिमा दिने व्यक्तिगत अनुदान रोक्दै सरकार, अर्को वर्षदेखि सहकारीलाई मात्र दिइने

ललितपुर। सरकारद्धारा व्यवसायिक कृषिमा पेसामा व्यक्तिलाई दिने सहुलियत एवं अनुदानहरुको व्यापक दुरुपयोग भएको भन्दै सरकारले त्यस्ता अनुदानहरुलाई रोक्ने तयारी गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो अनुदान प्राप्त गरेका उद्यमीहरुबाट उपभोक्ताले राहत पाएको अवस्था नदेखिएकोले त्यस्तो अनुदान नीति अर्को वर्षदेखि खारेज गर्ने तयारी गरेको बताएका हुन् । काठमाडौंमा बिहीबारदेखि सुरु भएको सहकारी उद्यम प्रवर्द्धनसम्बन्धी राष्ट्रिय […]

भारतबाट भित्रिएको तीन ट्रक गोलभेँडा किसानले गरे नष्ट

नवपरासी। नवपरासीका किसानले भारतबाट भित्रिएको तीनवटा ट्रकका गोलभेँडा नियन्त्रणमा लिएर सडकमा पोखिदिएका छन् । स्वदेशी गोलभेँडाले नै मूल्य नपाएको बेला भारतबाट आयात गरिएको भन्दै आक्रोशित किसानहरुले बिहीबार राति भारतबाट गोलभेँडा लिएर नेपाल भित्रिएका ट्रकलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको थुम्की भन्ने ठाउँमा नियन्त्रणमा लिएर नष्ट गरेका हुन् । किसान चौतारी नेपाल, चितवनको ‘किसान टास्क फोर्स’को करिब […]

दाङमा पोल्ट्री महोत्सव हुँदैं

दाङ। दाङमा ५ नम्बर प्रदेशस्तरीय प्रथम पोल्ट्री महोत्सव तथा प्रदर्शनी–२०७५ हुने भएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराही दाङको आयोजनामा माघ १० देखि २० गतेसम्म दाङको घोराहीमा महोत्सव हुने भएको हो । ‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरता अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ शुरू हुने महोत्सवबारे महोत्सव मूल आयोजक समिति एवम् सुरक्षित […]

माघ १ देखि उखु क्रसिङ गर्दै उद्योगी

वीरगञ्ज। यस वर्ष चिनी उद्योगले माघको १ गतेदेखि उखु क्रसिङ शुरू गर्ने भएका छन् । महोत्तरीको बर्दिवासमा बुधवार चिनी उद्योगी र उखु उत्पादक किसानको भेलाले यस्तो निर्णय गरेको हो । चालू आर्थिक वर्ष २०७५/७६ का उखु र चिनीको मूल्य निर्धारण भएलगत्तै चिनी उद्योग सञ्चालनको तारतम्य मिलेको हो । उखुको मूल्य निर्धारणमा भएको ढिलाइका कारण उद्योग […]

किबी खेतीबाट मालामाल

अमरगढी। डडेल्धुरा जिल्लाका किसान स्वास्थ्यका लागि फाइदाजनक र आर्थिक दृष्टिकोणले समेत उपयोगी मानिएको किबी खेतीतर्फ आकर्षित भएका छन् । सुन्तला उत्पादनमा कमी आएका कारण किसान उक्त खेतीतर्फ लागेका हुन् । शुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएकाले किसान किबी खेतीतर्फ आकर्षित भएका हुन् ।सदरमुकाम नजिकै पर्ने अमरगढी–१ […]

एक महिनामै १ करोडको सुन्तला बिक्री, मुल्य प्रतिकिलो ६५ देखि १०० रुपैयाँ

चितवन। इच्छाकामना गाउँपालिका–५ स्थित तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९ सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो । “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको […]

गण्डक नहरमा पानी ढिलो छाड्दा गहुँखेतीमा असर

वीरगञ्ज। भारतीय पक्षले गण्डक नहरमा ढिलो गरी पानी छोड्दा पर्सा, बारा तथा रौतहट जिल्लामा यस वर्ष गहुँखेती खस्कने किसानको गुनासो रहेको छ । गण्डक नहरमा डिसेम्बर २५ (पुस १०)भित्र पानी छोडिसक्नुपर्नेमा भारतीय पक्षले ढिलो गरी पानी दिएको दिएको नारायणी सिँचाइ व्यवस्थापन डिभिजन कार्यालय, वीरगञ्जका प्रमुख राजेन्द्रप्रसाद साहले बताए । ‘गहुँको बीउ छर्ने समयमा पानी नछाड्दा […]