समाचार

अष्ट्रेलियाको मनग्य आम्दानी छाडी नेपालमा गाईपालन

रत्ननगर। नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् । दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक […]

यही सरकारको कार्यकालमा सुकुम्वासी समस्या समाधान हुन्छ : मन्त्री अर्याल

बुटवल। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्ममा अर्यालले भूमि सम्बन्धी संरचनागत काम भइरहेको र एक वर्षभित्रै परिणाम आउने बताएकी छिन् । भूमि व्यवस्थापनका विषयमा नीतिगत काम गरिरहेको जानकारी दिँदै उनले मुलुकमा पहिलोपटक भू्–उपयोग नीति ल्याएर भूमिको व्यवस्थापन गर्न खोजिएको बताइन् । बुटवलमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अर्यालले मालपोत ऐन, गुठी ऐनलगायतका ऐन […]

८६ करोडको तयारी मासु तथा माछा आयात

ललितपुर। पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ । भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा पाँच महीनामा करीब रु ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको […]

प्रदेश ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुँदै

हेटौँडा। प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि रु तीन अर्ब १० करोड चालू आवमा विनियोजन गरेको छ । चालू आवको नीति तथा कार्यक्रम समावेश भएको उक्त कार्यक्रम यसै आवदेखि शुरु गरिने मन्त्रालयद्वारा जारी विवरणमा उल्लेख छ । रोजगारीको […]

सुन्तला खेतीलाई व्यावसायीकरण गर्न १० वर्षे परियोजना

नवलपरासी। पूर्वी नवलपरासीको पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल जोनका रुपमा विकास गर्न १० वर्षे परियोजना शुरु भएको छ । सुन्तला खेतीको व्यावसायीकरण गराउनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत पहाडी क्षेत्रमा सुन्तला जातका फलफूल-जोनका रुपमा विकास गर्न परियोजना शुरु भएको हो । सुन्तला जातका फलफूलको राम्रो उत्पादन हुँदै आएकाले त्यसको उत्पादनलाई वृद्धि गराउँदै, लैजाने उद्देश्यले परियोजना […]

सल्यानमा उत्पादित टिमुरको तेलको माग स्वदेशसँगै विदेशमा पनि उच्च

सल्यान। सल्यानको शारदा नगरपालिका–१५ मा गएको तीन वर्षदेखि संचालनमा आएको माँ लक्ष्मी हर्बल उद्योगले टिमुरबाट तेल उत्पादन गर्दै आएको छ । उत्पादित उक्त तेलको माग स्वदेशसँगै विदेशमा पनि बढ्न थालेको छ । गत वर्ष मात्र प्रतिकिलो १० हजारदेखि १३ हजारसम्मका दरले टिमुरको तेल काठमाडौं पठाएको उद्योग संचालक हरिप्रसाद न्यौपानेले जानकारी दिए । गएको वर्ष ६०० […]

भारतीय दूध आयातमा रोक

नेपालगञ्ज। भारतबाट अवैध रुपले भित्रिने दूधमा रोक लगाइएको छ । भारतीय दूध आयातले बाँकेका कृषकहरुबाट संकलित दूध विक्रीमा कमी आएको भन्दै नेपालगञ्ज भन्सार कार्यालयले भारतीय दूध आयातमा रोक लगाएको हो । भारतबाट अवैध तरिकाले दूध भित्रिन थालेपछि यहाँको दूध विक्री वितरणमा कमी आएको थियो । केन्द्रीय नीति अनुसार नेपालगञ्ज भन्सारले मुख्य भन्सार विन्दु र अन्य […]

नार्ककै विषयमा अनुसन्धान गर्नुपर्छः कृषिमन्त्री खनाल

भरतपुर। कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको अवलोकनपछि आयोजित छलफल कार्यक्रममा मन्त्री खनालले नेपालका वैज्ञानिक पलायन हुने अवस्थाको अन्त्य गर्न अनुसन्धान केन्द्रमै अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो । “नेपालका वैज्ञानिकको अनुसन्धान विगतमा सार्क मुलुकमा अग्रणी स्थानमा थियो” उहाँले भन्नुभयो, “वैज्ञानिकको हिजोको […]

चीनले उमार्यो चन्द्रमामा पहिलो विरुवा

एजेन्सी। चीनले पहिलो पटक चन्द्रमामा विरूवा उमारेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । विरुवा उमारिएको तस्बिर मंगलबार चाइना नेशनल स्पेश एडमिनिस्ट्रेसनले सार्वजनिक गरेको छ । समाचार संस्था सिन्ह्वाका अनुसार गत ३ जनवरीमा चन्द्रमाको छेउमा अन्तरिक्ष यान चांगअ ४ अवतरण भएको थियो । सो अन्तरिक्ष यान चांगअ ४ ले लिएको कपासको बिउ चन्द्रमामा टुसाएको हो । […]

अलमलमा कृषिज्ञान केन्द्र र भेटेरिनरी अस्पताल

धनकुटा। आर्थिक वर्ष सुरु भएको धेरै समय बितिसक्दा समेत केन्द्रले कार्यक्रम सञ्चालन कार्यविधि नै नपठाएपछि कृषिज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले कृषि र पशु सेवासम्बन्धी योजना र कार्यक्रम अघि बढाउन सकेका छैनन् । प्रायःजसो सबै बजेट भाषणले कृषिलाई प्राथमिकतामा राखेको भनी भाषण आउने गरे पनि राजनैतिक पाटीका नेताहरू पनि नेपालको […]