समाचार

नयाँ प्रजातिका माछा भित्रिएसँगै रैथाने माछा लोप हुँदै

पोखरा। नयाँ प्रजातिका माछा भित्रिएसँगै पोखरा र आसपासका तालतलैया एवं जलाशयमा रैथाने जातका माछा लोप हुँदै गएका छन् । पछिल्ला वर्षमा मिचाहा प्रजातिको माछा टिलापियालगायतका माछा फष्टाउँदै जाने र रैथाने माछा लोप हुँदै जाने क्रम बढेको हो । टिलापियाको बढ्दो क्रमले रैथानेका साथै अन्य जातका माछालाई पनि प्रभावित पारेको बेगनास ताल जलाहारी समुदायका अध्यक्ष ज्ञानबहादुर […]

चिनी मिलले उखु किन्न आनाकानी गर्दा नवलपरासीका किसान मारमा

नवलपरासी। समयमै चिनी मिल सञ्चालन नहुँदा नवलपरासीका उखु उत्पादक किसान मारमा परेका छन् । चारमध्ये सञ्चालित दुई मिलले पनि खरिदका लागि आनाकानी गर्दा उखु खेतमै सुक्न थालेको छ । उद्योग सञ्चालक चिनीको मूल्यवृद्धि नगरेसम्म सरकारले तोकेको मूल्यमा उखु किन्न नसक्ने अडानमा छन् । नवलपरासीमा इन्दिरा, लुम्बिनी, बागमती र मोहीनी गरी चार वटा ठूला चिनी उद्योग […]

सरकार ! वीरगञ्ज कृषि औजार कहिले खुल्छ ?, १० अर्बभन्दा बढीको बजार

ललितपुर। कृषिजन्य यन्त्र तथा उपकरण आयातमा बर्सेनि अर्बौं बाहिरिने गरेको छ। निजीकरण गरिएको कृषि औजार कारखाना सञ्चालनमा नल्याइँदा यो अवस्था आएको हो। खेतीपातीका लागि दक्ष जनशक्ति अभाव भएका कारण पछिल्लो समय कृषि यन्त्रको आयात बढ्दै गएको छ। सात वर्षयता नेपालमा खेतीपातीसँगै कुखुरा पालन, दुग्धजन्य व्यवसाय, मासु प्रशोधन, माछा पालनलगायत क्षेत्रमा कृषि यन्त्र तथा उपकरण प्रयोग […]

कुखुराको दानाको मूल्य तीन महिनामै प्रतिबोरा ३७५ रूपैयाँले बढ्यो

भरतपुर। कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा १५० का दरले दानाको मूल्य बढाएको हो । दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग सङ्घका केन्द्रीय अध्यक्ष रवीन पुरीले बताए । तीन महीनाको अवधिमा तीन पटक दानाको मूल्य वृद्धि भएको छ […]

‘भ्यालेन्टाइन डे’ मा डेढ करोडको गुलाफ

काठमाडौं । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा डेढ करोड रुपैयाँको गुलाफको फूल आयात हुने भएको छ । हरेक वर्षको १४ फेब्रुअरी (२ फागुन) मा प्रेमी प्रेमिकाले एक अर्कामा गुलाफको फूल साटासाट गर्ने चलन रहेको छ । नेपाल फ्लोरिकल्चर एसोसिएसन अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार यो वर्षको प्रणय दिवसमा गुलाफ फूलका लागि १ करोड ५० लाख […]

कोदो खेतीका लागि अनुदानमा उपकरण

पोखरा। कृषि पेशाप्रतिको बढ्दो अनिच्छा र बसाइँसराइका कारण कोदोको उत्पादन घट्दै गएको अवस्थामा कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यका साथ कास्कीको अन्नपूर्ण गाउँपालिकाले अनुदानमा कोदो चुट्ने उपकरण वितरण गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ मा सो गाउँपालिकाका ११ वटै वडामा कोदो चुट्ने उपकरण प्रदान गर्ने लक्ष्यका साथ १० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी […]

अण्डाको सस्तो पसल सञ्चालन हुँदैं

चितवन। उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफँैले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८.१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन […]

खाद्य संस्थानमा ४५ जनालाई जागिरको अवसर, फर्म भर्ने म्याद माघ २४ सम्म

ललितपुर। तपाईँ जागिरको खोजीमा हुनुहुन्छ भने नेपाल खाद्य संस्थानले विभिन्न पदका लागि ४५ जनाको दरखास्त आव्हान गरेको छ। संस्थानले वरिष्ठ अधिकृत १ जना माग गरेको छ भने सबैभन्दा धेरै २३ जना प्रशासन सहायकका लागि दरखास्त मागेको छ। फर्म भर्ने म्याद माघ २४ गतेसम्म रहेको छ । परीक्षा लोकसेवा आयोगले लिने जनाइएको छ ।

चियाको नेपाली जात विकास गर्न माग

इलाम। चिया किसान र उद्योगीले नेपाली चियाको बेग्लै (क्लोन) प्रजाति उत्पादन गर्नेगरी अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् । अहिले उत्पादन भइरहेको चिया नेपाली प्रजातिको नभएकाले विश्वबजारमा उत्पादनको ब्रान्ड चिनाउनै समस्या परेको उनीहरूको गुनासो छ । नेपालमा बर्सेनि २ करोड ६० लाख किलो तयारी चिया उत्पादन भइरहेपनि यहाँ खेती गरिएको चिया सबै चिनियाँ र भारतीय […]

अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीको तयारी पूरा

चितवन। चितवन प्रदर्शनी केन्द्रमा आयोजना हुन लागेको ‘कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी’को तयारी पूरा भएको छ । मिडिया स्पेस सोलुसन्स र भारतको फुटुरेक्स टे«ड फेयर एण्ड इभेन्ट्सले आयोजना गर्न लागेको प्रदर्शनी यही माघ ११ गतेदेखि शुरु भई तीन दिनसम्म सञ्चालन हुने छ । प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत १५ देशका १५० भन्दा बढी कृषिसँग सम्बन्धित स्टलमा ४०० […]