बुटवलको कृषि मेलामा ४५ जिल्लाका उत्पादन राखिने
बुटवल। बुटवल उद्योग वाणिजय संघको आयोजनामा बुटवलमा हुन लागेको नवौं कृषि मेलामा ४५ जिल्लाका कृषिजन्य उत्पादनहरु राखिने भएका छन् । प्रदेश ५ सरकार,भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा माघ २१ देखि २६ गतेसम्म बुटवल मण्डपमा सञ्चालन हुने मेला प्रदेशस्तरीय हो । मेलामा १२५ वटा स्टलहरु रहने आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । […]





