ललितपुर। तारकेश्वर नगरपालिका वडा नडा नं १ साङ्लेखोलामा बर्डफ्लु भेटिएको छ । व्यवसायीक रुपमा कुखुरा पाल्दै आएका कृषक दुर्गा व. बुडाथोकी, डिना रोक्का पुन, होम व. मल्ल, अर्जुनजंग बस्नेत, चन्द्र राना मगर लगाएतका किसाले पालेको कुखुरामा बर्डफ्लु भेटिएको हो ।

बर्डफ्लु भेटिएको पुष्टि भएपछि कुखुरा नष्ट गर्ने काम भैरहेको तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले जानकारी दिनुभयो । सनिबार ५ हजार कुखुरा नष्ट गरिएको छ भने बाँकी कुखुरा नष्ट गर्ने काम भैरहेको छ ।