मकवानपुर। हेटौंडामा बर्डफ्लू भेटिएको छ । केहि दिन अघि हेटौंडाका विभिन्न कुखुरा फार्मका कुखुरा अचानक मर्न थालेपछि बर्डफ्लू जाँच गर्न लगिएको थियो । चेक गर्दा कुखुरामा बर्डफ्लू भेटिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

किसान कुलप्रसाद चौलागाईँले पालेको कुखुरा जाँच गर्दा बर्डफ्लू भेटिएको हो । बर्डफ्लू भेटिएपछि मकवानपुरमा सर्तकता अपनाईएको छ भने आसपासका क्षेत्रमा रेहेको कुखुरा नस्ट गर्ने तयारी थालिएको छ ।