समाचार

दाना उद्योग र अन्न भण्डारण भवन बन्ने

सर्लाही। वाग्मती नगरपालिका– ८ शङ्करपुरमा दाना उद्योग निर्माण गरिने भएको छ । शङ्करपुरमा करीब रु एक करोडको लागतमा दाना उद्योगको निर्माण गरिने भएको हो। स्थानीय किसानको व्यावसायिक पशुपालनमा लागत कम गर्न उद्योग सञ्चालन गर्न लागिएको नगर प्रमुख भरतकुमार थापाले बताए । उद्योग स्थापनाको पहिलो चरणमा सङ्घीय सरकारबाट नगरपालिकामार्फत रु. ५० लाख र साना किसान कृषि […]

कृषि उत्पादनमा उल्टो विकास

ललितपुर। एकातिर अन्नबालीको आयात बढेकोबढ्यै छ । अर्कातर्फ तीन बाली अन्न उत्पादन हुने तराईका उर्वर खेतमा धमाधम माछा पोखरी खनिँदै छन् । सरकारले तराईमा एक हेक्टर जमीनमा माछा पोखरी खन्न किसानलाई रु दुई लाख अनुदान दिने गरेको छ । आगामी वर्ष नेपाल माछामा आत्मनिर्भर बन्ने निश्चित प्रायः छ । गत महीना कृषि तथा पशुपक्षी विकास […]

तराईका उर्वर जमिन माछापोखरीमा परिणत

ललितपुर। एकातिर अन्नबालीको आयात बढेकोबढ्यै छ । अर्कातर्फ तीन बाली अन्न उत्पादन हुने तराईका उर्वर खेतमा धमाधम माछा पोखरी खनिँदै छन् । सरकारले तराईमा एक हेक्टर जमीनमा माछा पोखरी खन्न किसानलाई रु दुई लाख अनुदान दिने गरेको छ । आगामी वर्ष नेपाल माछामा आत्मनिर्भर बन्ने निश्चित प्रायः छ । गत महीना कृषि तथा पशुपक्षी विकास […]

सामुदायिक वनले एक हजार ४०० भवनलाई क्वारेन्टिनका लागि दिने

ललितपुर। सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ९फेकोफन०ले कोरोना सङ्क्रमण महामारी नियन्त्रणका लागि देशभरका एक हजार ४०० भन्दाबढी सामुदायिक भवनलाई क्वारेन्टिन भवनका रूपमा प्रयोग गर्न दिने निर्णय गरेको छ । महासङ्घका अध्यक्ष भारती पाठकको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले वर्तमान विषम परिस्थितिमा फेकोफनका सम्पूर्ण तहगत संरचनाका साथै देशभरका उपभोक्ता समूहले सरकारले घोषणा गरेका मापदण्ड कडाइका साथ […]

पर्सामा १६ करोडको गहुँ उत्पादन

वीरगञ्ज। पर्सामा यस वर्ष गहुँ उत्पादनमा वृद्धि भएको छ । जिल्लाको कूल खेतीयोग्य जग्गामध्ये २६ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलब ३ मेट्रिकटनका दरले ८५ हजार ९६५ मेट्रिकटन गहुँ उत्पादन भएकोे कृषि ज्ञान केन्द्र वीरगञ्जले जनाएको छ । केन्द्रका अघिल्लो वर्षको तुलनामा यसवर्ष जिल्लामा रु. १६ करोड २० लाख ८३ हजार १०० […]

झापामा हावाहुरीबाट दुई करोड बराबरको क्षति

झापा। लगातार आएको हावाहुरीका कारण जिल्लामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडको क्षति भएको छ । कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका ६०० किसानले लगाएको १६९ हेक्टर जमीनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो । कृषि ज्ञान […]

कृषि क्षेत्रमा बजेट कम भएको गुनासो

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषिका लागि थप पाँच अर्ब रुपियाँ बजेट माग गरेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ का लागि कृषिमा ३६ अर्ब २३ करोड ५१ लाख रुपियाँबराबरको सिलिङ तोकेको छ। तोकिएको सिलिङ्गअनुसार बजेट कम भयो भन्दै कृषि मन्त्रालयले बजेट थप्नुपर्ने माग अर्थ मन्त्रालयसँग गरेको छ । कृषि मन्त्रालयका सचिव डा. […]

कञ्चनपुरमा रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै

कञ्चनपुर। कृष्णपुर नगरपालिका–६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल कारखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु. १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो । कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन […]

आगलागी हुँदा १० लाखको चिया क्षति

इलाम। सूर्योदय नगरपालिका–९ गैरीगाउँस्थित ग्रामीण चिया उद्योगमा आज बिहान साढे ५ बजे आगलागी भई भण्डारमा रहेको अन्दाजी ४५ बोरा चिया जलेर नष्ट हुँदा रु. १० लाख बराबरको क्षति भएको छ । कारखानाका कामदारले चिया पकाउने क्रममा ग्यास चुहिई आगलागी भएको थियो । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा बिहान ६ बजे पूर्णरुपमा नियन्त्रणमा आएको छ । […]

ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि

टिकापुर। वैशाख कैलालीमा ब्रोइलर कुखुराको मासुको मूल्य बढेको छ । कैलालीमा एक सातामा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो रु. १०० बढेको छ । कैलालीका बजारमा सहजरूपमा ब्रोइलर कुखुराको मासु नपाइने र पाइए पनि महँगो हुँदै गएको व्यवसायी बताउँछन् । ब्रोइलर कुखुरा एक साता पहिला जिउँदो प्रतिकिलो रु. १९० र काटेर रु. ३२० मा बिक्री हुने […]