समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ जोनका प्रमुख घुससहित पक्राउ

ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले खाँलाई २५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो। परियोजना कार्यान्वयन इकाई स्याउ जोन डोल्पाका कार्यालय प्रमुख खाँले दाँते ओखरको बिरुवा उत्पादन गरेबापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको […]

काँक्रो खेती गर्दै हुनुहुन्छ ? यस्तो छ खेती गर्ने विधि र उपयोगिताहरु (भिडियोसहित)

काँक्रो Cucurbitaceae परिवारमा पर्दछ । यसको बैज्ञानिक नाम Cucumis sativus हो । यो एक वर्षीय बाली हो । यसको खेती पहाड देखी तराई सम्म गर्न सकिन्छ । यसले अत्याधिक चिसो र तुषारो सहन सक्दैन । हावापानी : काँक्रो न्यानो तथा गर्मी मौसमको बाली भएकोले यसलाई लामो समय सम्म न्यानो तापक्रमको आवश्यकता पर्दछ । यसको बोट बृद्धि […]

पर्यटक तान्दै बर्दियाको सत्खलुवा ताल

बाँके। बर्दियाको बारबर्दिया नगरपालिका– ९ सत्खलुवा तालमा रातो कमलको फुल हेर्नेको लर्को लागेको छ । सात वटा ताल मिलेर बनेको नाग देउताको बासस्थानको रुपमा यो परिचित छ । रमणीय वातावरण र मनोरम दृश्यले यहाँ पुग्ने पर्यटकलाई आनन्दित बनाउँछ । पूर्वपश्चिम राजमार्गको बैदी चोकबाट करिब तीन किलोमिटर उत्तरमा अवस्थित सत्खलुवा ताल पुग्नु अगावै फराकिला बाटो अनि […]

अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

ललितपुर। आज अपरान्हपछि मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी भू–भागमा न्यून चापीय रेखाको प्रभाव रहेको छ । प्रदेश नं १ तथा प्रदेश नं २ का केही भू–भाग लगायत देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू–भागहरुमा मौसम […]

कोरोनाले सिकाएको पाठ : प्राङ्गारिक उत्पादनतर्फ किसान

गलेश्वर। विगत २८ वर्षदेखि कृषि पेशामा लागेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका ५८ वर्षीय चन्द्रबहादुर कार्की पछिल्लो डेढ वर्षयता आफूले फलाएको तरकारीको माग बढेपछि दङ्ग पर्नुभएको छ । जिल्लाको नयाँ पर्यटकीयस्थल लभ्लीहिल नजिकैको १२ रोपनी खेत र बारीमा प्राङ्गारिक तरकारी खेती गर्दै आउनुभएका कार्कीले यसअघि कहिल्यै पनि प्राङ्गारिक तरकारीको बिक्री यति धेरै भएको थाहा पाउनुभएको थिएन […]

यसरी गरौं फौजी किराको व्यवस्थापन (भिडियोसहित)

ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद नार्क कीट विज्ञान महाशाखा खुमलटारका कीट बैज्ञानिक सुदिप कुमार उपाध्यायले फौजी किरा व्यवस्थापन गर्न यी सुझाव दिएका छन् । हेरौं भिडियो :

बाख्रापालनले फेरियो महिलाको दैनिकी

‘‘बाख्रा पाल्छु राम्रै छ बजार दुईटा बोका बेच्यो कि तीस हजार चिन्ता छैन केही मलाई कोरिया नि यहीँ, मलाई हङ्कङ पनि यहीँ, मलाई अष्ट्रेलिया नि यहीँ’’ । गायक पशुपति शर्माको यो गीतले भनेझैँ निस्दी गाउँपालिका वडा नं. ५ बहपुर बस्ने खुमीसरा रानाले एउटै खशी रु. ३७ हजारमा बिक्री गरे। आफूले पालेको खशी यतिधेरै मूल्यमा बिक्री […]

कोरोना उपचारका लागि गुर्जो उपयोगी, आयुर्वेदिक औषधिको माग बढ्दो

ललितपुर। नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । ललितपुर महानगरपालिका–८ बालकुमारीका जनकमान जोशीलाई चार महिनाअघि कोरोना पोजेटिभ देखियो । युट्युब, पत्रपत्रिकालगायत सामाजिक सञ्जालमा समेत गुर्जोको […]

यार्सागुम्बा सङ्कलन खुला

मनाङ। कोरोना माहामारीले निम्ताएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सगुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न कठिन भएको र अमूल्य जडिबुटीलाई यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो । यसका लागि अन्नपुर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ । यहाँको आर्थिक अवस्था उकास्न यार्सा सङ्कलन पूर्जी खुला […]

स्वदेशी तरकारीको माग बढेसंगैं खेती विस्तार

झापा। पोहोर साल बन्दाबन्दीमा भारतबाट तरकारी आयात रोकिँदा झापाको माग धानेको मामा-भाञ्जा कृषि फार्मले यसपालि उत्साहित भएर तरकारी खेती विस्तार गरेको छ । अर्जुनधारा नगरपालिका–८ मा १५ बिघा जग्गा लिजमा लिएर दुई वर्षअघि तरकारी खेती शुरु गरेको फार्मले गत वर्ष कोभिड–१९ को महामारीमा तरकारीको माग अत्यधिक भएपछि उत्पादन बढाउन खेती विस्तार गरेको हो। भद्रपुरको दुई […]