समाचार

नगरमा प्रदूषण बढेपछि च्याउ किसान ग्रामीण क्षेत्रमा

ललितपुर। नगर क्षेत्रमा प्रदूषणका कारण च्याउखेती फस्टाउन नसकेपछि जिल्लाका च्याउ किसान ग्रामीण क्षेत्रमा स्थानान्तरण भइरहेका छन् । जिल्लाका चन्दनपुर, कतवान, भारदेउलगायत दक्षिणी भेगका गाविसमा किसान च्याउखेतीतर्फ आकर्षित भइरहेका छन् । व्यावसायिक खेती गर्ने किसान दक्षिणी भेगमा स्थानान्तरण भइरहेका जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी नरेश घिमिरेले बताउनुभयो । “यातायातको सुविधा भएका ग्रामीण क्षेत्रमा किसान च्याउखेती […]

मलखाद व्यवस्थापन तालिम

चितवन । विश्व माटो दिवसको अवसरमा रत्ननगरमा तीन दिने माटो तथा मलखाद व्यवस्थापन तालिम सोमबारबाट सुरू भएको छ । जिल्ला कृषि विकास कार्यालय र रत्ननगर नगरपालिकाको सहयोगमा रत्ननगर उद्योग वाणिज्य संघ र रत्ननगर कृषि प्रयोगशालाले तालिमको आयोजना गरेका हुन् । तालिममा रत्ननगर भित्रका ३० जना किसानहरुको सहभागिता रहेको छ । उद्घाटन कार्यक्रममा जिल्ला कृषि विकास […]

सुत्केरी भत्ताले पशुपालनमा आकर्षण

रामपुर। पशु सुत्केरी भत्ता कार्यक्रमले व्यावसायिक पशुपालनतर्फ किसानको आकर्षण बढेको छ। सरकारले मानवीय क्षेत्रमा लागू गरेको सुत्केरी खर्च कार्यक्रम पशुमा समेत लागू गरेपछि यहाँका किसानमाझ सो कार्यक्रमले लोकप्रियता पाएको छ। सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले कृषकलाई व्यावसायिक पशुपालनतर्फ आकर्षित गराउन २०७१ सालदेखि पशु सुत्केरी खर्च कार्यक्रम सञ्चालन गरेको छ। अहिलेसम्म ६९० पशुको सुत्केरी खर्च […]

अम्रिसो खेतीबाट समृद्ध बन्दै

कावासोती। नवलपरासीको धौवादी गाविस– ३ पोखरी गाउँका बासिन्दा अम्रिसो खेती र महबाट समृद्ध बन्दै गएका छन् ।जङ्गलमा रहेको अम्रिसोको मुना ल्याएर यहाँका किसानले बारीका कान्लैभरी अम्रिसो लगाएका छन् । अम्रिसो खेतीले भूक्षय रोक्नुका साथै गाईभैँसीका लागि घाँसको समेत काम गरेको छ ।असारमा रोपेको अम्रिसोबाट मङ्सिरदेखि नै आम्दानी गर्न सकिन्छ । “ एक पटक रोपेपछि १०/१५ […]

सङ्घीय नेपालमा कृषि अनुसन्धानको पुनर्संरचनाको आवश्यकता

प्रदीप कुमार यादव / कृषि पेशा नेपाली अर्थतन्त्रको मेरुदण्ड हो, जहाँ आर्थिक र श्रमको दृष्टिकोणले ६६ प्रतिशत भन्दा वढि जनता कृषि पेशामा संलग्न रहेको छ र रोजगारको दृष्टिकोणले कृषि क्षेत्र नेपालको सबैभन्दा ठूलो रोजगार प्रदान गर्ने क्षेत्र भएको यथार्थ सबैमा विदितै छ । कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ३३ प्रतिशत भन्दा वढि योगदान पुर्याईरहेको छ भने […]

भ्यागुते रोगले बस्तुभाउ मरेपछि किसान चिन्तित

बर्दिवास। महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा भ्यागुते रोगले बस्तुभाउ मर्न थालेपछि पशुपालक किसान चिन्तित भएका छन् । पछिल्लो एकसातामा एकपछि अर्को गरेर बर्दिवास–३ मा १२ वटा भैँसी मरेपछि उनीहरुमा चिन्ता बढेको हो । पहिलोपटक बर्दिवास–३ को बारनचौडीमा भैँसी मर्न थालेपछि जानकारलाई सोध्दा भ्यागुते रोग भएको बताइएकोे सम्बद्ध किसानको भनाइ छ । घ्यारघ्यार गरेर ¥याल काढ्ने अनी […]

दृढ इच्छा शत्ति पैसा भए कमाउन बिदेसिनु पर्दैन

पोखरा। दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारी उदाहरण बनेका छन् । जिल्ला कृषि विकास कार्यालय कास्कीद्वारा सिकेको सीपसहित झोलामा बोकेर लगेको केराको बिरुवा फस्टाएर मनग्य आम्दानी दिन थालेपछि भण्डारी यतिखेर सबैका लागि उदाहरणीय बनको हुन् । दुई दशकअघि लिएको तालिम […]

नेपालमा घट्दै रासायनिक विषादीको प्रयोग

• बिल अधिकारी चितवन । मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने रासायनिक विषादीको प्रयोग नेपालमा घट्दै गैरहेको छ । सरकारले फलफूल तथा तरकारीमा विषादीको प्रयोग नगर्न गरेको आग्रह र विषादीप्रतिको जनचेतनाका कारण बालीनालीमा विषादीको प्रयोग घटेको हो । बाली संरक्षण निर्देशनालयका अनुसार देशमा भित्रिने कुल विषादीको ९० प्रतिशत धादिङ, काभ्रे र मकवानपुरमा प्रयोग हुने गरेको छ […]

योजनामै सीमित “किसान परिचयपत्र “

चितवन। स्पष्ट नीति अभावले गर्दा किसान परिचयपत्र बाँड्ने भनी संकलन गरिएका आवेदन कृषि कार्यालयहरुमा त्यसै थन्किएका छन् । कृषि विकास मन्त्रालयको २७ बुँदे प्रतिबद्धतापत्रमा सबै किसानलाई एकै किसिमको सेवा सुविधा र अनुदान दिने गरि किसान परिचयपत्र दिने दिने उल्लेख छ । जिल्लास्थित कृषि कार्यालयले परिचयपत्रका लागि दरखास्तसमेत माग गरेका थिए । चितवनमा पहिलोपटक सात हजार […]

परम्परागत कृषिकर्म त्याग्दै किसान

दोलखा। रैथाने बाली छाड्दै दोलखाली कृषकहरुमा आधुनिक र व्यवसायिक खेतीतर्पm रुची बढ्दै गएको छ । पुरानो बालीबाट खासै आम्दानी नहुने देखिएपछि पछिल्लो समय दोलखामा नगदे तथा व्यवसायिक खेतीतर्पm कृषकहरुको आकर्षण बढ्दै गएको हो । मकै, गहुँ, आलु कोदो लगायतका खेती गर्दै आएका कृषकहरु अहिले व्यवसायिक रुपमा नगदे बालीतर्पm आकर्षित हुन थालेका छन् । पुरानो प्रणालीबाट […]