समाचार

पतञ्जलीको गाँजा अनुसन्धानले नेपाललाई दबाब

एजेन्सी। गाँजाको वैधानिक प्रयोग खोल्ने लहर अब अमेरिकी तथा युरोपेली मुलुकमा मात्र सीमित रहेन। भारतमा पनि कानुनी प्रतिबन्ध फुक्का गर्न आवाज उठेको छ। आवाज उठाउनेमा सबभन्दा अगाडि छन्, योगगुरू रामदेव। रामदेवद्वारा सञ्चालित पतञ्जली आयुर्वेदले गाँजाका औषधिलाई कानुनी मान्यता दिन ‘लबिङ’ सुरु गरेको छ। कम्पनीका कार्यकारी बालकृष्णले हरिद्वार अनुसन्धान केन्द्रमा दुई सय जना वैज्ञानिकबाट गाँजा लगायत […]

पूर्वेली यूवा,जसले गाईं, भैंसी र बाख्रा पालेर गाउँमै आर्थिक क्रान्ति गरे

मोरङ । गाउँका साथीसंगी काम खोज्दै विदेश जान्थे । उनलाई पनि परिवारबाट विदेश जान दबाब त नआएको कहाँ हो र रु तर, अहँ हेमबहादुर चोङवाङ विदेश जान मानेनन् । अर्काको देशमा गएर रगतरपसिना बगाउनु भन्दा आफ्नै देशमा केही गर्ने सोच आयो चोङवाङमा । र, मोरङको राजघाटका युवा चोङवाङले भैंसी पाल्न थाले । ७ वर्षअघि एक […]

बाली एवम पशुपंछी बिमाको आवस्यकता किन ?

नेपाल भौगोलिक विविधता भएको मुलुक हो र यसमा भूगोल अनुसारको प्राकृतिक जोखिमहरू बर्षेनी हुने गर्दछन बाढी ,पहिरो ,सुख्खा ,खडेरी ,अतिवृष्टि ,अनावृष्टि जस्ता प्राकृतिक प्रकोपहरु भईरहेका छन् । त्यस्तै रोग किराहरुको आक्रमणबाट र किसानको कमजोरीको कारणबाट विभिन्न समस्याहरु हुने गर्दछन जसले नोक्सानी धेरै भैरहेको छ । त्यसैले नेपालमा पशुपंछी विमाको आवस्यकता निकैनै रहेको छ । नेपाल सरकारले विमाको प्रिमियममा अनुदान […]

किबी किसानलाई ७५ प्रतिशतसम्म अनुदान

नुवाकोट। बेलकोटगढी नगरपालिकाका किसानलाई किबी खेतीमा आकर्षित गराउन नगरपालिकाले अनुदानमा बिरुवा वितरण गर्न थालेको छ । नगरपालिकाको कृषि क्षेत्रको बजेटबाट किसानलाई ७५ प्रतिशत अनुदानमा किबीको बिरुवा वितरण गरिएको हो । चिनी रोग र उच्च रक्तचापका बिरामीलाई उपयोगी हुने यो फल रु ३५० प्रतिकिलो ग्रामका दरले बिक्री हुने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बागवानी विकास अधिकृत […]

पैसा कमाउन विदेश नै जानु पर्दैन

मोरङ । दैनिक रुपमा युवा वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा मोरङको राजघाटका युवा हेमबहादुर चोङवाङ मिहेनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने गतिलो उदाहरणका रुपमा प्रस्तुत हुनुभएको छ । एक माउ भैँसीबाट पशुपाल शुरु गर्नु भएका चोङवाङले मासिक रु एक लाख ६० हजारको दुग्ध र वार्षिक एकसय ट्र्याक्टर गोबर बिक्री गर्दै आउनुभएको छ […]

भ्यालेन्टाइनका लागि २ लाख २० हजार स्टीक गुलाफ बुक, १ लाख ७० हजार भारतीय

काठमाडौं। गएका वर्षहरु झै यस वर्षको भ्यालेन्टाइन डेको लागि  भारतबाट गुलाफ आयात हुन सुरु भइसकेको छ । भ्यालेन्टाइन डेको संघारमा सात दिनअघिदेखिनै गुलाफको बिक्री सुरु हुने गरेको छ । पुष्प व्यवसायीहरुले नजिकिएको भ्यालेन्टाइन डेको लागि २ लाख २० ओटा (स्टीक) गुलाफको अडर आइसेको बताएका छन् । जसमा ५० हजार स्टीक आन्तरिक उत्पादन भने १ लाख […]

‘एक दुई दिनमा पानी पर्ने सम्भावना छ’-मौसमविद्

काडमाडौँ । मौसमविद्का अनुसार अबको एक दुई दिन देशका धेरै ठाउँमा पानी पर्ने सम्भवना रहेको छ । भोलि र पर्सि उच्च हिमाली र पहाडी क्षेत्रमा भारी हिमपात पनि हुनेछ । पश्चिमी वायुकै प्रभावले भोलि र पर्सि धेरै ठाउँमा पानी पर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलि र पर्सि उच्च हिमाली र पहाडी […]

ताप्लेजुङमा यस वर्ष पाँच अर्वको अलैंची उत्पादन

ताप्लेजुङ । ताप्लेजुङमा यसवर्ष साढे पाँच अर्व रुपियाँ बराबरको अलैंची उत्पादन भएको छ । कालो सुनको उपमाले चिनिने पहाडी जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंचीको उत्पादन बढेसँगै आम्दानी पनि बढेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यो वर्ष जिल्लामा कुल दुई हजार चार सय १० मेट्रिकटन अलैंची उत्पादन भएको छ । यो उत्पादन […]

गिरिराज कुखुरापालन गर्ने सोचमा हुनुहुन्छ ! यो पढ्नुहोस,घरमै बसि आम्दानी लिनुहोस

गिरिराज कुखुरा अण्डा र मासु दुवै उत्पादनका लागि पालिने र खासगरी छाडा छोडेर र अर्धछाडा छोडी पालिने विशेष किसिमको कुखुरा हो । यो कुखुरा अरुभन्दा रोगहरुसँग लड्न सक्ने र गाउँघरमा पाइने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि राम्रो उत्पादन दिन सक्ने कुखुरा हो । यसका दुई महिनाको तौल करिब १ किलो र […]

भुई स्याउ (ग्राउण्ड एप्पल)को ब्यावसायिक खेती

मोरङ । मोरङमा पहिलो पटक भुई स्याउ अर्थात ९ग्राउण्ड एप्पल०को ब्यावसायिक खेती सुरु भएको छ । मोरङमा पहिलोपटक ५ रोपनी जग्गामा परीक्षणको रुपमा खेती सुरु गर्नु भएका मोरङको पहाडी गाउँ केराबारी–२ का ५५ वर्षीय नारायण राईले गत वर्ष मात्र ७० हजार रुपैयाँको भुईं स्याउ बेच्नुभयो । घर मै खरिद गर्न पुगेकालाई प्रतिकेजी ७० रुपैयाँका दरले […]