सुनसरी। सुनसरीको एक बिद्यालयका बिद्यार्थीले कागतीको प्रयोगबाट विद्युत उत्पादन गर्न सकिने दावी गरेका छन् । उनीहरुले कागतीबाट बिद्युत उत्पादन गरेर प्रर्दशन समेत गरेका छन् ।

सुनसरीको इटहरी स्थित डीभीएम विद्यालयमा अध्ययनरत विद्यार्थीले कागतीबाट विद्युत उत्पादन गरी प्रर्दशन समेत गरेका छन् । कागतीबाट उत्पादित बिद्युत घरायसी प्रयोजनका लागि उपयुक्त हुने बिद्यार्थीको दावी छ । बिद्युत उत्पादनमा सहभागी धिरज पौडेलका अनुसार कागतीको मात्रा अनुसार बिद्युत उत्पादन गर्न सकिन्छ ।

बिद्यार्थीले विद्युत उत्पादन गरेर राम्रो काम गरेको भन्दै बिद्यालय समेत खुशी छ । प्रधानाध्यापक बेणु सिटौला प्रविधि सम्बन्धि प्रयोगात्मक अभ्यासका लागिसधै प्रोत्साहित गर्ने प्रतिवद्धता जनाउँछन् ।

बिद्यार्थीले हाईड्रो उत्पादन सम्वन्धि उपकरण, पानीबाट उड्ने रकेट, विद्युतीय पानीजहाज, हावाबाट चल्ने पङ्खा लगायत बिकास गरेर प्रर्दशन गरेका थिए ।