समाचार

कृषिलाई सम्मानित पेशा नबनाएसम्म विकास असम्भब : राज्य मन्त्री तामाङ

• बिल अधिकारी चितवन ।कृषि राज्य मन्त्री तामाङले कृषिलाई सम्मानित पेशा बनाउनुपर्नेमा जोड दिनु भएको छ । चितवनको भरतपुरमा शुक्रबारदेखि सुरु भएको दोस्रो चितवन मत्स्य महोत्सव २०७३ को समुद्घाटन गर्दै राज्य मन्त्री तामाङले यस्तो बताउनुभएको हो । उहाँले कृषि नै नेपाल विकासको आधार रहेको भन्दै यसलाई सम्मानित पेशा नबनाईए सम्म विकास हुन नसक्ने बताउनुभयो । […]

किसान कल सेन्टरमा कर्मचारी अभाव, आम किसानहरु प्रभावकारी सेवाबाट बञ्चित

काठमाडौँ । आम किसानको गुनासो र समस्या समाधान गर्न कृषि विकास मन्त्रालयले सञ्चालन गरेको किसान कल सेन्टर आवश्यक जनशिक्तको अभावमा प्रभावकारी बन्न सकेको छैन । भएको थोरै जनशिक्त पनि भर्खरै सुरु भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा खटाइएका कारण किसान कल सेन्टरले प्रभाावकारी सेवा दिन नसकेको हो । कृषि विकास मन्त्री गौरीशंकर चौधरीले २०७३ मंसिर २६ […]

माछामा आत्मनिर्भर बनाउन मत्स्य महोत्सव

चितवन। नेपालमा माछामा आत्मनिर्भर बन्ने विभिन्न प्रयासहरु भईरहेका छन् । विदेशी माछालाई प्रतिस्थापन गर्न स्वदेशी माछाको उत्पादन बढाउन देखि बजार प्रवद्र्धनका कार्यक्रमहरु भईरहेका छन् । यसैक्रममा स्वदेशी माछाले आत्मनिर्भर बनाउने उद्देश्यले माछापालनको अगुवा जिल्ला चितवनमा मत्स्य महोत्सवको आयोजना गरिएको छ ।नेपाल मत्स्य व्यवसायी संघ चितवन र जिल्ला कृषि विकास कार्यालय चितवनको संयुक्त आयोजनामा ‘दोस्रो चितवन […]

डा. सुरोज पोखरेल सचिवमा बढुवा

काठमाडौं। सरकारले सहसचिव डा. सुरोज पोखरेललाई सचिवमा बढुवा गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वन तथा कृषि समूहमा रिक्त सचिव पदमा पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो । सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा पोखरेल, युवकध्वज जीसी र प्रकाश माथेमाको नाम थियो । सिफारिस भएकामा पोखरेल वरिष्ठ हुन् ।

पानी बराबर पनि भएन दूधको मूल्य, लागत खर्च भन्दा कम मुल्यमा दूध बेच्न बाध्य छन कृषक

चितवन । दूध उत्पादन गर्दा किसानले धेरै लगानी गर्नुपर्ने तर यसको भाउ लागतअनुसार नपाउने अहिलेको अवस्था छ । दूध बेचेर किसानले लागतसमेत पनि उठाउन नसक्दा उनीहरु मर्कामा परेका छन् ।लागतको हिसाबले पानीभन्दा पनि सस्तो दरमा किसानको दूध बिक्री भइरहेको छ । एक लिटर शुद्धीकरण गरेको पानीको मूल्य बजारमा २०–२५ रूपैयाँ पर्छ । किसानले बिक्री गर्दा […]

अन्डामा आत्मानिर्भरको योजना अलपत्र

काठमाडौँ। आगामी एक वर्ष्भित्र नेपाललाई अन्डामा आत्मनिर्भर बनाउने सरकारी योजना र तयारी अन्ततः कागजमा सीमित देखिएको छ । कुल उत्पादन र देशको जनसङ्ख्याको हिसाब गर्दा नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ३३ वटा अन्डा उपलब्ध छ । यसलाई एक वर्ष्भित्र ४८ वटामा पु¥याई देशलाई अन्डाका क्षेत्रमा आत्मनिर्भर बनाउने सरकारी सोच थियो । पशुपन्छी विकास मन्त्रालयले आगामी एक वर्षमा […]

कृषिमा विदेशी लगानी भित्र्याउने तयारीको विरोध

काठमाडौँ। अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको तेस्रो पूर्ण बैठकले कृषिमा निर्वाध विदेशी लगानी भित्र्याउने गरी कानुन ल्याउने तयारीको विरोध गरेको छ । उद्योग मन्त्रालयले विदेशी लगानीसम्बन्धी कानुन (एफडिआइ)को मस्यौदा तयार गरेकामा महासङ्घले आपत्ति गरेको हो । महासङ्घका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमको अध्यक्षतामा यही मङ्सिर २२ र २३ गते काठमाडौँमा सम्पन्न बैठकले […]

अदुवा किसान सङ्कटमा

इटहरी। पूर्वी नेपालका अदुवा किसान आफ्नो उत्पादनलाई भारतमा निकासी गर्न नसक्दा गम्भीर समस्यामा परेका छन् ।पाँच वर्षपछिको सबैभन्दा कम मूल्यमा पनि अदुवा बिक्री हुन छाडेपछि पूर्वी नेपालका अदुवा किसान मारमा परेका हुन् । अहिले यहाँका किसानले उत्पादन गरेको अदुवाको थोक मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँमा पनि बिक्न छाडेको छ । गतवर्ष यही समयमा किसानले […]

३ नं प्रदेशका लागि काभ्रेपलाञ्चोक आलुको सुपरजोन

बनेपा । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको तीन नगरपालिका र चार गाविस आलु सुपरजोन कार्यक्रमका लागि योग्य देखिएका छन् । जिल्लाको बनेपा, पनौती, पाँचखाल नगरपालिका तथा कुशादेवी र उग्रचण्डीनाला गाविसमा आलु सुपरजोन कार्यक्रम लागू हुने भएको कृषि अधिकृत कृष्ण धितालले जानकारी दिए । आलु सुपरजोन कार्यक्रम लागू भएपछि त्यसको औद्योगिकीकरण, अनुसन्धान, जैविक मलको उत्पादन, जैविक […]

किसानलाई चिन्ता

बर्दिवास। उखु क्रसिङमा ढिलाइ हुँदा महोत्तरीका किसान अघिल्लो बाली लगाउन नपाइने चिन्ताले पिरोलिएका छन् । जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले क्रसिङमा ढिलाइ गरेपछि खुट्टी उखु (दोस्रो वर्षको उत्पादन लिइने उखुबाली) ठीक समयमा कटान हुन नसक्दा उर्बर जग्गा अघिल्ला पाँच महिनासम्म बाँझो रहने किसानलाई चिन्ता छ । खुट्टी उखु काटेर गहुँ र तरकारी बाली […]