समाचार

शैक्षिक प्रमाणपत्र धितो राखी गोलभेँडा खेती र माछापालन व्यवसाय शुरु

पाल्पा। पाल्पाको बगनासकाली गाउँपालिका वडा नं. २ पोखराथोककी सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गरिन्। उनी जागीरका लागि धेरै ठाउँमा भौँतारिइन्। जागीर दिने निकायमा आफन्त वा इष्टमित्र नहुँदा योग्यता भएर पनि जागीर नपाएको अनुभव उनले सङ्गालेकी छन्। अधिकारी जस्तै धेरै युवाका लागि बेरोजगारी गम्भीर चुनौती बन्दै गएको छ। अघिल्लो वर्ष मात्रै बगनासकाली गाउँपालिकाले बेरोजगार शिक्षित युवालाई […]

अण्डा उतपादक किसान आन्दोलित, संघको केन्द्रिय कार्यालयमा तालाबन्दि

चितवन। अण्डा उत्पादक किसानहरुले नेपाल अण्डा उत्पादक संघको केन्द्रिय कार्यालयमा तालाबन्दि गरेका छन् । अण्डाको मूल्यमा अस्वभाविक गिरावट आएकोे भन्दै पछिल्लो चरणको आन्दोलन स्वरुप उनीहरुले तालाबन्दि गरेका हुन् । विचौलियाको साँठगाठमा अण्डा उत्पादक सघं लागेको किसानहरुको आरोप छ । अण्डाको लागत मुल्य पनि नउठ्ने भएपछि आन्दोलनको विकल्प नभएको उनीहरुको भनाई छ । उनीहरुले भरतपुरको लायन्सचोकबाट […]

प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन हुँदैं

हेटौँडा। प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने गरी सहमति भएको छ । परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन मिल्ने गरी काम गरिने गैरआवासीय नेपाली सङ्घका कृषि प्रवद्र्धन समितिका प्रमुख युवराज गुरुङले जानकारी दिनुभयो । ‘मुना’ नाम दिइएको आधुनिक […]

भीर महको शिकार

बागलुङ। परम्परागत भीर महको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा यही वैशाख १९ गते मह […]

मकै भाच्ने मेशिनको सफल परीक्षण

लमही। मकै सुपरजोनअन्तर्गत दाङको लमही– ८ सतबरियामा मकै भाच्ने मेशिनको परीक्षण गर्दै किसान । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत करीब एक हजार ३०० हेक्टरमा हिउँदे मकै खेती शुरु गरिएको छ । आर्थिक वर्ष २०७३ /७४ मा देउखुरी क्षेत्रलाई मकैको सुपरजोन घोषणा गरिएको थियो । सोही कार्यक्रमअन्तर्गत एक हजार हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती हुँदै आएकामा यस […]

मकवानपुरमा खुला दूध बेच्न नपाइने

हेटौंडा। मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले बैशाख १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको छ । […]

कृषि मन्त्रालयको बदमासीः ‘कार्यविधि बिनै टेण्डर’

वुटवल। प्रदेश नम्बर पाँचको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई आवश्यक पर्ने उपकरण खरिदमा कार्यविधि पारित हुनुभन्दा करिब छ महिना अगाडि नै टेण्डर आव्हान गरेको छ । नियमको धज्जी उडाउँदै आपूर्तिकर्ता केही व्यापारी र मन्त्रालयका उच्च अधिकारीको मिलेमतोमा करोडौँको भ्रष्टाचार गर्ने नियतले उक्त टेण्डर आव्हान  गरेको देखिन्छ । मन्त्रालयले कृषि यान्त्रिकीकरण अनुदान कार्यक्रम कार्यन्वयन कार्यविधि […]

मौरी पाल्नु भएको छ ! बीमा गर्नुहोस

ललितपुर।  नेपालको मौरी पालन व्यवसायलाई अगाडी बढाउन बीमा समितिले मौरी बीमालेख जारी गरेको छ । बीमालेखले रक्षावरण गर्न जोखीमहरु : मौरी बीमा योजनाले सबै रक्षावरण गर्दैन । मौरीरघार बीमालेखको अवधिभित्र हानी–नोक्सानी भएमा बीमकले बीमाङ्क रकमको सीमासम्म वास्तविक क्षतीको ९० प्रतीशत रकमसम्म बीमीतलाई भुक्तानी गर्छ । मौरी बीमा अवधीमा आगलागी, चट्याङ भूकम्प, बाढी, भूूस्खलन आधिँबेहरी, असिना, […]

तरकारी खेतीमा वडाध्यक्ष

कञ्चनपुर। बिहानीको झिसमिसेमै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्नुहुन्छ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सक्नुभएका वडाध्यक्ष बुढा आफै खटिनुहुन्छ । स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र […]

तरकारी बेचेरै पढाइ खर्च

खलङ्गा। जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ । चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहनुभएको छ । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताउनुभएको हो । “विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, […]