समाचार

के सम्भव छ यार्सागुम्बाको कृत्रिम उत्पादन !

ललितपुर। प्राकृतिक यार्सागुम्बामा जस्तै गुण कायम राखी उत्पादन गर्न सकिने कृत्रिम यार्सागुम्बा उत्पादनमा सम्बन्धित निकाएको ध्यान जान नसक्दा लाखौं मूल्य पर्ने यार्सागुम्बाको उतपादनमा बर्षेनी कमी आएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको कृत्रिम उत्पादन गरेर गुणस्तर कायम गर्न सकिने नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले जनाए पनि यसको खेतीको लागि कुनै पहल हुन सकेको छैन । नाष्टमा कार्यरत […]

काठमाडौंमा हावाहुरीसँगै भीषण वर्षा

ललितपुर। बुधवार साँझ हावाहुरीसहित भीषण वर्षा भएको छ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा शक्त्तिशाली हावाहुरीसहित वर्षा भएको हो । उपत्यकामा विगत केही दिन यता गर्मी बढेको थियो । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान […]

कुखुराजन्य उत्पादनको खपत नहुँदा कृषक मारमा

काठमाडौँ। कुखुराजन्य पदार्थको उत्पादन बढेपछि मूल्यमा अस्वभाविक गिरावट आएको छ । दानाको कच्चा पदार्थ र औषधिको मूल्यमा वृद्धि हुँदा कृषक विस्थापित हुने अवस्थामा पुगेका छन् । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न कृषक बाध्य भएका छन् । उहाँका अनुसार हाल अण्डाको लागत मूल्य प्रतिगोटा रु […]

उत्तर कोरियामा चरम खाद्य सङ्कट, सहयोगका लागि रेडक्रससँग आग्रह

एजेन्सी। प्रतिकूल मौसमका कारण चरम खाद्य सङ्कट उत्पन्न भएपछि उत्तर कोरियाले रेडक्रस समक्ष आपतकालीन सहयोगका लागि आग्रह गरेको छ । बुधबार सार्वजनिक भएको एक प्रतिवेदनमा उत्तर कोरियाले केही वर्षदेखि विषम खडेरीको सामना गर्नु परेको उल्लेख गरिएको छ । प्रतिवेदनमा सन् २०१४ देखि २०१७ सम्मको खडेरीले उत्तर कोरियामा चरम खाद्य सङ्कट उत्पन्न भएको जनाइएको छ । […]

सरकारको योजना : जमिनको संरक्षण गर्न भूमिको विशिष्टतालाई उपयोग गरिँदै

ललितपुर। सरकारले भौगोलिक एवं पर्यावरणीय विविधता कायम राख्न भौगोलिक विशिष्टता तथा सम्भावनाका आधारमा भूमिलाई उपयोग गर्न प्रोत्साहन गर्न भएको छ । पछिल्लो समयमा बढ्दो भू–स्खलन, भू–क्षय तथा उच्च जनसङ्ख्या वृद्धि र बसाइँसराइका कारण जमीनमा परिरहेको प्रतिकूल प्रभावलाई नियन्त्रण गर्न देशभर रहेका भौगोलिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, पर्यटकीय, कृषि क्षेत्रका सम्भाव्यता बोकेका जमीनलाई सोहीअनुसार संरक्षण गरिने छ […]

चिनी आयातको बन्देज अवधि लम्बियो

ललितपुर। विदेशबाट गरिने चिनी आयातमा सरकारले लगाएको परिमाणात्मक बन्देज असार मसान्तसम्म लम्बिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषदबाट निर्णय भई गत वर्ष असोज २ गतेदेखि लगाइएको बन्देजको अवधिलाई २०७६ असार मसान्तसम्म निरन्तरता दिने निर्णय गरेको हो । योसँगै अब थप तीन महीनासम्म विदेशबाट चिनी आयात गर्न नपाइने भएको छ । चिनी उत्पादक संघको […]

वार्षिक सवा तीन अर्बको चिया निर्यात, चिया मजदुरको समस्या सधैं यथावत

काठमाडौँ । मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु¥याएको छ । आर्थिक वर्ष २०७४/७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । […]

चिया मज्दुरद्धारा उद्योगमा तोडफोड

भद्रपुर। सरकारले तोकेको ज्याला उद्योगीबाट नपाएको भन्दै एक महिना यता देखि आन्दोलनमा उत्रिएका चिया मजदुरले झापाको एउटा चिया उद्योगमा तोडफोड गरेका छन् । झापा हल्दिबारी २ मा रहेको कामक्षादेवी टि प्रालिको चिया उद्योग तोडफोड गरेको उद्योगीले बताएका छन् । डेढसयको सख्यामा आएका मजदुरले कार्यालयका सामान,फर्निचर कम्यूटर ल्यापटप,चिया मेसिनमा तोडफोड गरि क्षति पु¥याएको सञ्चालक कृष्ण प्रसाइले […]

चिया उद्योगी विरुद्ध मजदुरको कडा आन्दोलन

भद्रपुर। आन्दोलनमा उत्रिएका चिया मजदुरले आज झापाको विर्तामोडमा चिया उद्योगीको पुल्ला दहन गरेका छन् । विगत २८ दिनदेखि आन्दोलनमा रहेका नेपाल चिया बगान श्रमिक सङ्घ, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घमा आवद्ध मजदुरले उद्योगीविरुद्ध चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । सरकारले राजपत्रमै प्रकाशित गरी चिया मजदुरको […]

भटमास प्रशोधन उद्योग स्थापना गर्न पहल

डडेल्धुरा। सस्तो मूल्यको चामलसँग साटिने भटमासको प्रशोधन उद्योग खोल्न पहल थालिएको छ । वर्षातको समयमा मकैसँगै उत्पादन हुने भटमासको डडेल्धुरामै प्रशोधन गर्न उद्योग खोल्न लागिएको हो । डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा खेती गरिँदै आएको भटमासलाई आधुनिक खेतीमार्फत् उत्पादन बढाई प्रशोधनका लागि उद्योग स्थापना गर्ने अवधारणा अघि सारिएको हो । करीव रू. ६० करोडको लागतमा […]