ललितपुर। सरकारले गरेको विषादी चेकजाँच नगरी भारत लगाएत तेस्रो मूलुकबाट आयात हने तरीका तथा फलफूलको विषादी परिक्षण नगर्ने निर्णयलाई सच्याउन माग गर्दै कृषि क्षेत्रको विकास र किसानहरुको हितमा काम गर्दै आएका विभिन्न संघहरुले दवाव सिर्जना गरेका छन् ।

‘स्वस्थ खाद्य र स्वाधीनताको लागि नागरिक अभियानको व्यानरमा रहेका १० वटा संघसंस्थाहरुले काठमाण्डौं माइतिघर मण्डलादेखि नयाँ वानेश्वर सम्म प्रदर्शन गरेका थिए ।

राष्ट्रिय कृषक समुह महासंघ नेपाल, अष्ट ज अभियान नेपाल, कृषि उत्पादन तथा बजारिकरण संजाल, किसान चौतारी, नेपाल, च्याउ उत्पादक किसान संघ, सेफ फुड अलायन्स, यूवा कृषि मन्च, मौरीपालन केन्द्रीय सहकारी संघ, ग्रामिण कृषि कार्यकर्ता संजाल, नेपाल तरकारी तथा फलफूल व्यवसायी महासंघ लगायतका संघ संस्थाले ‘प्रमाणित खाद्यवस्तु मात्र आयात गर’, सबै नाकामा क्वारेन्टाइन कडा गर’ ‘राष्ट्रिय स्वाधीनताको दृढतापूर्वक रक्षा गरौं’ लगायतका नारा सहित प्रदर्शन गरेका थिए ।

असार २ गते सरकारले गरेको स्वागतयोग्य निर्णय १९ गते उल्ट्याइएको भन्दै विरोध जनाउँदै आएका सरोकारवालाहरुले सर्वोच्चको अल्पकालिन आदेशलाई स्वागत गर्दै सोमबारको सुनुवाइ पछि देशको हीतमा निर्णय आउने अपेक्षा सहित मंतव्य राखेका थिए ।

कार्यक्रम संयोजक रमेश पंडित तुफानले सोमबारको सर्वोच्चको प्रतिक्षासँगै सरकारको रुझान हेरेर थप कार्यक्रम तय हुन सक्ने बताएका छन् ।