समाचार

रोकिएन चिया श्रमिकको आन्दोलन

इलाम। सरकारी स्वामित्वका चिया बगानमा कार्यरत श्रमिकहरूले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने माग राख्दै सुरु गरेको आन्दोलन थप कडा हुँदै गएको छ । सरकारले तोकेको दैनिक न्यूनतम ज्याला इलामका निजी चिया उद्योगले दिने प्रतिबद्धता जनाए पनि सरकारी स्वामित्वका बगानले अहिलेसम्म श्रमिकका मागप्रति चासो नदेखाउँदा श्रमिकको आन्दोलन कडा बन्दै गएको हो । गत चैत १७ गतेदेखि […]

तपाईंको यो वर्ष कस्तो होला ? यी आठ राशी अति उत्तम

ललितपुर। यस्तो छ २०७६ सालको वार्षिक राशिफल : मेष : यो राशीलाई यस वर्ष ग्रहको प्रभाव समष्टिमा राम्रो रहने देखिन्छ । वर्षारम्भमा तृतीय राहु, नवम गुरु शनि वक्र रहेपनि तृतीय भावमा पूर्ण दृष्टि रहने र चन्द्र सूर्य को अनुकूलताले भाग्य बलियो हुनुको साथै वौद्धिक कार्यमा सफलता मिल्नेछ । सन्तान प्राप्तीको योग पनि यस वर्ष रहनेछ […]

हाइटेक नर्सरी घर निर्माण गर्दै हुनु हुन्छ ? अनुदानको लागि आवेदन खुल्ला छ है !

बर्दिया। गेरुवा गाउँपालिका, गाउँपालिकाको कार्यालय, पशुपतिनगर, बर्दियाले आर्थिक वर्ष २०७५/ ०७६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यावसायिक तरकारी तथा तरकारी बिरुवा उत्पादनको लागी हाइटेक नर्सरी घर निर्माण गर्नका लागि अनुदान दिने भएको छ। उक्त गाउँपालिकाबाट इच्छुक उद्यमी/ कृषक समूह तथा कृषि सहकारीहरूलाई समयमा नै निवेदन बुझाइ अनुदान लिनका लागि अनुरोध गरिएको छ। कसले निवेदन दिन […]

वडाध्यक्षको कृषि उद्यम

हेटौँडा। प्रदेश ३ को राजधानी हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै सामरी पुल पुगेपछि सामरी खोलाको तिरैतिर १२ किलोमिटर पूर्व लाग्दा बागदली आउँछ । मकवानपुरगढी गाउँपालिका वडा नं ६ को बागदली गाउँ पुग्नासाथ तरकारीखेती गर्न बनाइएका ठूल्ठूला प्लास्टिकका घर(टनेल)हरु देखापर्छ । घरभित्र छन् लौका, काँक्रो, गोलभेडा र तितेकरेलाका रहरलाग्दा बोटहरु । सफा टनेलभित्रका सप्रिएका बिरुवाहरु र लटरम्म […]

रिसिभिङ, राजनिती र कृषि शिक्षा

भर्खरै कृषि स्नातक अध्ययनको लागि प्रवेश परिक्षामा नाम निस्किएको विधार्थीको फोन बज्छ। उसलाई अनेकौं विधार्थी संगठनहरुले आफ्नो संगठनमा आउन लोभलालच, आश्वाशनका साथै धम्कि सहितका फोन आउँछन, उसलाई दिक्दार लाग्छ । उसलाई आफ्नो संगठनमा लैजान संगठनहरुबिच हानाथाप चल्छ, एकअर्काको टाउको सम्म फुटाउन पछि पर्दैनन् । उसलाई भिआइपि झै व्यवहार भएको देख्दा आफै छक्क पर्छ ।अन्त्यमा ऊ […]

भ्रष्टाचारको अखडा बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

वीरगञ्ज। कृषिको व्यवसायीकरण र आधुनिकीकरणको उद्देश्यले कार्यान्वयनमा ल्याइएको परियोजना नै अनियमिततामा मुछिएको छ । सरकारले ३ वर्षअघि लागू गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पर्साको तरकारी जोनमा भएको भ्रष्टाचारका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनालाई हिरासतमा राखेर अनुसन्धान थालेको पछि अनियमितता प्रकरण बाहिर आएको हो । अख्तियारले कृषि विकास कार्यालय पर्साका तत्कालीन प्रमुख वीरेन्द्र […]

अण्डाको मूल्य घट्यो

चितवन। नेपाल अण्डा उत्पादन संघले अण्डको मूल्य प्रतिगोटा तीन रुपैयाँ घटाएको छ। अण्डाको बजार सन्तुलन कायम राख्न सोमबारदेखि लागु हुने गरी मूल्य घटाएको संघले जनाएको छ। यसअघि प्रतिगोटा १३ रुपैँया पर्ने अण्डाको मूल्य १० रुपैयाँ निर्धारण गरिएको संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए। नेपालमा हाल दैनिक ५० लाख वटा अण्डा उत्पादन हुने गरेको संघले जनाएको […]

च्याउको बीउ उत्पादन गर्दै हुनुहुन्छ ? व्यक्ति/कृषक समूह/कृषि सहकारीलाई अनुदानको लागि आवेदन खुल्यो है

रुपन्देही । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय, रुपन्देहीले आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार च्याउको बीउ उतपादन गर्ने व्यक्तिरकृषक समूहरकृषि सहकारीलाई अनुदान दिने भएको छ। उक्त निर्देशनालयबाट इच्छुक उद्यमी , कृषक समूह, कृषि सहकारीहरूलाई समयमा नै निवेदन बुझाइ अनुदान लिनका लागि अनुरोध गर्दै सूचना प्रकाशित गरिएको छ। कसले निवेदन […]

सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्न दिदैंनौं : मन्त्री अर्याल

स्याङजा। भुमी व्यवस्था , सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा कुमारी अर्यालले सरकारी जग्गा व्यक्तिका नाममा कुनैपनि हालतमा दर्ता नहुने बताउनुभएको छ। स्याङ्जाको चापाकोटमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सर्वोच्च अदालतकै फैसला आएपनि सरकारी जग्गा व्याक्तिका नाममा दर्ता गर्न नसकिने बताउनुभएको हो । उहाँले त्यस्तो सपना नदेख्न समेत आग्रह गर्नुभयो । यदि कसैले त्यस्तो सपना […]

आलु महोत्सव सम्पन्न, २५ लाखको कारोबार

पोखरा। कास्कीको हेम्जामा आयोजना भएको दशौं राष्ट्रिय हेम्जा आलु महोत्सवमा २५ लाख मूल्य बराबरको आलुको कारोबार भएको छ । ‘सुन्दर गाउँ हेमजा जाऊँ, आलुका स्वादिष्ट परिवार खाऊँ, आलु एक परिवार अनेक’ भन्ने मुख्य नाराका साथ आयोजित महोत्सवको अवलोकनमा आउने अधिकांश दर्शकले आलु खरीद गर्दा उक्त कारोबार भएको हो । गत चैत २२ देखि वैशाख १ […]