समाचार

अनुदान नपाए खेती सम्भव छैन : फ्रान्सेली कृषक

फ्रान्स। गुलेम लिफोर्ट आफ्नो फार्ममा उब्जाउने कृषिबालीको नाम सहित कम्प्युटरमा नक्सा कोर्न व्यस्त छन् । यो उनको हरेक वर्ष बाली लगाउनुअघिको दिनचर्या हो । युरोपको “साझा कृषि नीति (क्याप)” मार्फत कृषि अनुदान लिन आफ्नो खेतीबालीको विस्तृत विवरण अधिकारीहरु समक्ष दर्ता गर्न पर्खाइमा छन् । “यहाँनेर गहुँ लगाउँछु, त्यहाँ धनियाँ र त्यसभन्दा पर खाली बाँझो रहन्छ,” […]

तरकारी खेतीबाट जीवनस्तर सुधार

गलेश्वर। सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन, आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाउनुभएकोे छ म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका शोभित शर्माले । जिल्ला सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ का शर्माले खबरा र रोहोटेमा व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाख रुपैयाँभन्दा बढी कमाई गर्दै आउनुभएको छ । विसं २०५२ […]

कृषि परामर्श सेवामा ३ अर्ब स्वाहा, नियम विपरित भत्ता

ललितपुर। कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका नौवटा आयोजनाले यस वर्ष सवा १४ प्रतिशत रकम परामर्श सेवामै सकेका छन्। किसानलाई सहयोग गर्ने नाममा सञ्चालनमा रहेका ती आयोजनाले दुई अर्ब ७१ करोड रुपैयाँ परामर्श सेवामा खर्चेका हुन्। महालेखा परीक्षकको ५६औं वार्षिक प्रतिवेदनअनुसार व्यावसायिक कृषि तथा व्यापार आयोजना, साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, कृषि तथा […]

व्यावसायिक कुखुरा, बाख्रा वा गाई भैंसीं पालन गर्दै हुनुहुन्छ ? अनुदानको लागि आवेदन दिनुहोस !

ललितपुर । व्यावसायिक कुखुरा, बाख्रा तथा गाई भैंसीं पालन गर्ने युवाहरुको लागि प्रदेश नं २ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय मातहतको पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालयले अनुदानको लागि आवेदन माग गरेको छ । निर्देशनालयको आर्थिक वर्ष ०७५/७६ को स्वीकृत आर्थिक कार्यक्रम अनुशार विभिन्न कार्यक्रमको लागि प्रस्ताव आव्हान गरिएको हो । थप जानकारीको लागि : […]

सरकारी अवरोध नहटे आमरण अनशन बस्ने नेपाल पशुपंक्षीजन्य व्यवसायी संघको चेतावनी

ललितपुर। नेपाल पशुपंक्षीजन्य व्यवसायी संघले २०७५ साल फागुन ३ गतेसम्म जे जसरी राँगा र भैंसीहरु ल्याएका हो त्यसैगरि ल्याउन पाउनुपर्ने माग गरेको छ । सरकारले आफूहरुको व्यवसायमा अवरोध नहटाए आमरण अनशनसम्म बस्ने संघले चेतावनी दिएको छ । बिहीबार काठमाडोंमा पत्रकार सम्मेलन गरेर संघले यस्तो माग गरेको हो । ऐन तथा कानून परिवर्तन गर्दा सरोकारवाला पक्षहरुसँगको […]

भोगचलन गर्दै आएको जग्गा आफ्नो भएपछि

परासी। पश्चिम नवलपरासीस्थित नापी कार्यालयले गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको छ । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिक अहिले जग्गाधनी पुर्जा पाउन थालेपछि खुशी भएका छन् । विसं २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ […]

गाईपालनबाटै सफल उद्यमी बनेका बुढाथोकी

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका ८ दूधेनाका ४३ वर्षीय शशीराम बुढाथोकी व्यावसायिकरूपमा उन्नत जातका गाईपालन गरेर सफल उद्यमीको पहिचान बनाउन सफल भएका छन् । विगत १० वर्षदेखि पशुपालन पेशा अँगालेका बुढाथोकी अहिले आफ्नो परिवारका तीन सदस्यसहित गाईपालनमा रमाएका छन् । आफ्नो परिवार मात्र नभएर उनले अरू दुई स्थानीयवासीलाई पनि रोजगारी दिएका छन् । बुढाथोकी पशुपालन पेशाबाट […]

विक्री नभएको दूध अब ‘मिल्क होली डे’मा

विराटनगर। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होली डे’ समाप्त गर्ने योजनाका साथ अघि बढिरहेको बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित विराटनगर महानगरपालिकासँगको साझेदारीमा पशु बधशाला निर्माण-सुधार तथा दुग्ध सहकारी संस्था र डेरी उद्यमीसँगको साझेदारीमा मिल्क पाउडर प्लान्ट स्थापना कार्यक्रम सञ्चालनका लागि भएको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा […]

गर्ने हैन अलैंचीको बीमा

ललितपुर। बीमा समितिले अलैंची खेतीलाई पनि बीमामा समेटिएको छ । अलैंची को बीमा गर्न न्यूनतम ३०० बोट (गाँजा) हुनु पर्ने बीमा समितिले जनाएको छ । यस्तोे बीमा बिरुवा रोपिएको वर्षदेखि १६ वर्षसम्म गर्न सकिन्छ । किसानका अनुसार अलैंचीले बढीमा लगाएको ३६ वर्षसम्म उत्पादन दिन सक्छ । यही उत्पादन अवस्थालाई हेरेर बढीमा १६ वर्षसम्म बीमा गर्न पाउने […]

६२ कृषक अनुदानका लागि छनोट, योजनाका आधारमा ५०% सम्म रकम पाउने

गोरखा। गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिए । अनुदान छनोटमा […]