मकवानपुर। अण्डाको मूल्य शनिवारबाट लागु हुने गरी पुनः वृद्धि भएको छ । प्रतिक्रेटमा रु ५० वृद्धि हुने भएको हो ।
शुक्रवार नेपाल अण्डा उत्पादक संघको हेटौंडामा बसेको बैठकले उक्त मूल्य बढाइएको हो । अब प्रतिक्रेटको मूल्य २८० रहने जनाइएको छ । संघका अध्यक्ष त्रिलोचन कंडेलको अध्यक्षतामा बसेको बैठकले अण्डाको मुल्य बढाइएको हो ।
कृषकको लागत मुल्य उठाउनको लागि मुल्य बढाइएको अध्यक्ष कंडेलले बताए । प्रतिवटा अण्डा कृषकले ९ रुपैया ३० पैसा पाउछन्, भने उपभोक्ताले प्रतिवटा अण्डा १३ रुपैयामा पर्ने भएको छ ।
बैठकमा मकवानपुर कुखुरा व्यवसायी संघका अध्यक्ष राजु अधिकारीले अण्डाको मूल्य संगै व्रोइलर कुखुराको मासुमा पनि वृद्धि भएको बताए ।
बैठकमा अण्डा उत्पादक संघका पदाधिकारी, पोल्ट्री संघका प्रतिनिधि, कुखुरा व्यवसायीका प्रतिनिधि, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।









