समाचार

खेतीपाती गर्ने हलबल – अहिलेको आवश्यकता

सनातनदेखि हाम्रो देश कृषिप्रधान मुलुकका रुपमा परिचित छ । र पनि हामीले कृषिमा यान्त्रिकीकरण गर्न सकेका छैनौं । परम्परागत हाते प्रणाली (Manual Farming) अवलम्बन गरिरहेकाछौं । यसमा तराईको १७५ जमीन बाहेकको भूभाग हिमाली र पहाडी हुनु, जहाँ जग्गा एकीकरण गरेर ट्याक्टरबाट खेतीपाती गर्न नसकिनुलाई प्रमुख कारण मान्न सकिन्छ । तराईमै पनि चक्लाबन्दीको नीतिलाई पूर्ण कार्यान्वयन […]

अव आफ्नै खातामा अनुदान, उखु किसानलाई स्थानीय तहमा दर्ता हुन आव्हान

ललितपुर। सरकारले अनुदान दिनका लागि उखु किसानलाई स्थानीय तहमा दर्ता हुन आव्हान गरेको छ। उखु किसानलाई अनुदान दिने कार्यविधिले आगामी वर्षदेखि स्थानीय तहमा दर्ता भएका किसानलाईमात्र अनुदान दिने व्यवस्था गरेको छ। सोहीअनुसार उखु उत्पादन गर्ने सबै किसानलाई आफ्नो स्थानीय तहमा गई सूचीकृत हुन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सोमबार एक सूचना जारि गरेको थियो । […]

मकैबालीमा देखिने प्रमुख किराहरु र यसको ब्यबस्थापन

मकै एक प्रमुख खाद्यान्न बाली हो । यसलाइ धानपछिको दोस्रो प्रमुख खाद्यान्न बालीको रुपमा चिनिन्छ । यसको उत्पादन नेपालको उच्च पहाड देखि तराइको समथर भुभागसम्म भएको पाइन्छ । बिषेशगरि बर्षे र हिउदमा यसको खेती बढी गरिन्छ । सामान्यतया मकैमा छरे देखि भाच्नेबेला सम्म  धेरै किराहरुले आक्रमण गर्छन् । एक अध्ययनले देखाए अनुसार नेपालमा मकैबालीमा ५५ […]

सलहको परिचय, प्रकोप, फैलावट र यसको रोकथाम

विश्व नै कोरोना भाईरस को प्रकोपले गर्दा तहसनहस भएको छ। विश्वको कृषि क्षेत्रको हालको स्थितिलाई मध्यनजर गर्ने हो भने अमेरिकन फौजिकिराले कृषिलाई निकै प्रभाव पारेको देखिन्छ । फौजिकिराको नियन्त्रण गरिसक्दा नसक्दै सलह नामको किराले कृषि क्षेत्रमा प्रभाव पार्न थालेको छ ।यो सलह किरा फटयांग्रो जस्तै देखिने किरा हो तर यस किरामा पाईने विशिष्ट अवस्थाहरु,भ्रमणशिल प्रवृत्ति […]

भारतबाट आयात बन्द, स्थानीय तरकारीले बजार पाउँदै

गलकोट। बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित संक्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन् । स्थानीयवासीले उत्पादन गरेको जैविक तरकारी कुहिने र भारत तथा तराईका जिल्लाबाट भित्रिने […]

बजेटले किसानलाई निराश बनायो – किसान संघ

ललितपुर। नेपाली काँग्रेस निकट नेपाल किसान संघले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले किसानलाई निराश बनाएको जनाएको छ। कृषि क्षेत्रमा विनियोजित बजेटको स्वरुप देखेर किसान निराश भएको संघका अध्यक्ष भानु सिग्देलद्वारा शनिबार विज्ञप्तिमा उल्लेख छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जिता बन्दाबन्दीले धराशयी बनेको अर्थतन्त्र कृषि क्षेत्रमा व्यापक लगानी गरी कृषि क्रान्तिका माध्यमबाट छोटो […]

आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुँदै कृषक

म्याग्दी। ‘बन्दाबन्दी’का कारण कृषि कामका लागि कामदार पाउन छाडेपछि म्याग्दीका कृषक आधुनिक कृषि प्रविधितर्फ आकर्षित हुन थालेका छन् । कोरोना भाइरसको प्रकोप र लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्ने मान्छेको कमी भएपछि कृषकले आधुनिक कृषि प्रविधि प्रयोग गर्न थालेका हुन् । खेतबारी जोत्न गोरु पाउन तथा दैनिक काम गर्ने मान्छे नपाउँदा आधुनिक प्रविधि रोजेको बेनी […]

लिने हैन ७५ प्रतिशत अनुदानमा कागती र सुन्तलाको विरुवा

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिकाले आर्थिक वर्ष ७६/ ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा कागती र सुन्तलाको विरुवा वितरण गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सूचना प्रकाशित गरी ईच्छुक कृषक, कृषि समुह, कृषि फार्म, कृषि सहकारी र उद्यमीलाई सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र सम्पर्क गर्न आव्हान गरेको छ । विस्तुत […]

कृषि क्षेत्रमा बढ्यो बजेट, ६ अर्बले बढेर ४१ अर्ब ४० करोड पुग्यो

ललितपुर। गत वर्ष ३४ अर्ब ८० करोड रूपैयाँ बजेट पाएको कृषि तथा पशुपन्छी मन्त्रालयले आर्थिक वर्ष ७७ / ७८ को बजेटमा ४१ अर्ब ४० करोड रूपैयाँ पाएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले उक्त रकम विनियोजन गरेका हुन् । चालु आर्थिक वर्ष कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि ३४ अर्ब ८० […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब २२ करोड बजेट

ललितपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई थप प्रभावकारी बनाएर सरकारले ३ अर्ब २२ करोड रुपैंया बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त रकम छुट्याइएको जानकारी दिए । प्रधानमन्त्री रोजगारी कार्यक्रममार्फत रोजगारी सिर्जना र स्वरोजगार केन्द्रित गरिने जनाइएको छ । यो आयोजनलाई पुनस् संरचना गरी एक स्थानीय तह एक पकेट […]