कोभिड-१९, एक सुष्म जीवले विश्व आक्रान्त यस अवस्थामा यस भाइरसलाई अवसर भन्नु पक्कै असमजदारीको कुरा देखिन्छ तर यहाँ म कोभिड-१९ लाई एक कहर भन्दा पनि एक अवसरको रुपमा पुष्टि गर्न चाहान्छु। हाम्रो देश नेपाल कृषिप्रधान देश भनेर हामि सानै देखि पढ्दै, भन्दै आइरहेका छौ। हुन पनि देशका ६०% जनसङ्ख्या कृषिमा केद्रित् छन्। तर, पनि कोभिड-१९ को माहामारीमा हामि कृषि खाधान्नमा आत्मनिर्भर नभएको अवस्था देख्दा मनमा प्रश्न उब्जन्छ के हाम्रो देश कृषिप्रधान देश हो तरुरु यस कोभिड-१९ ले यो कुरा नजिकैबाट नियाल्ने मौका हामिलाई दिएको छ।

हजारौको ज्यान लिइसकेको यस सुष्म जीवले अझै धेरै मानिसहरुलाई आफ्नो सिकार बनाइरहेको छ। यस्तो अवस्थालाई नियन्त्रणमा ल्याउनलाई सरकारले देशका बिभिन्न ठाँउहरु लकडाउनमा राखेको बेला मानिसहरु घरमा नै बस्न बाध्य छन्। देशका धेरै कामहारु ठप्प
छन्, मानिसहरु रोजगार। गुमाइरहेका छन्, मानिसहरु भोकमरीको सिकार बनिरहेको अवस्थामा खाधान्नको महत्व बुझिरहेका छन्। सहरी ठाउँमा भएका मानिसहरु गाउँघर छिरेका छन्। बैदेशिक रोजगारको लागि बाहिरीएका मानिसहरु पनि आफ्नो देश फर्किन
चाहिरहेका छन्। यस्तो अवस्थामा कृषिपेशालाई अङ्गालेर देशको सेवा गर्नु महत्वपुर्ण छ। कृषिपेशा एक मिहिनेतको पेशा हो। हो, कृषिपेशामा पाइला पाइलामा धेरै समस्याहरु देखिन्छन्। अब त्यस्ता समस्याहरुलाई बुझेर हाम्रो वातावरण अनुरुप त्यसलाई कसरी कम्
गर्न सकिन्छ यो कुरा बुझ्न जरुरी छ। झन् यो कोरोनाको माहामारीमा धेरै समस्याहरु देखिरहेका छौ।

मलको अभाव, बिउको अभाव, बिषादीको अभावजस्ता समस्या छन्। तर यो पनि एक अवसर होइन ? मलको लागी घरको गाइभैसिको मल, फालिएका तरकारीका बोक्राबाट बनिएका मलको प्रयोग गर्ने, गाउघरको लोकल बीउबिजनको उपयोग गर्ने, बिषादिको लागी स्थानिय स्रोतसाधनको प्रयोग गरेर झोलमल बनाइ प्रयोग गर्ने। यस्ता कुराहरु हाम्रो कृषिखेतिलाई मात्र अवसर नभई हाम्रो लागि पनि अर्गानिक कृषिउपजको सेवनको एक अवसर हो।

कृषिप्रधान देश भनिएर चिनिएको हाम्रो देश साच्चै नै कृषिप्रधान देश बनाउने अझ भन्नपर्दा आत्मनिर्भर बनाउने अवसर छ। हालैको लकडाउनको अवस्थामा छिमेकी मुलुकबाट करौडोको अन्न, तरकारी भित्रयाएउ तर आफ्नो देशको उब्जनि खाल्डोमा हालिएको समाचार पनि सुनिरहदा हामि कति परनिर्भर छौ भन्ने सोच्न बाध्य बनाउछ। ताजा तरकारीका नाममा हामि बिषादि छरिएका आखाको लागि राम्रो देखिने तरकारी खाने गर्छौ तर खै हामिले बुझेका सुकायर बनायका ति मुलाका चाना, काउलिका चानामा लुकेका गुणस्तरलाईरुरु ति पौष्टिक तत्वलाई जुन घरमै फलियका सागसब्जीलाई बाट बन्ने गुन्दुकमा छ। अहिलेको यस माहामारीको अवस्थाले हामिमा एउटा ग्यान त पक्कै जगाएको छ कि जे छ जस्तो छ आफ्नै बारीको मिठो अनि स्वस्थ छ। यसैलाई म एक अवसर भन्छु, खाधन्नमा एक घर आफैमा निर्भर रहने, एक घर, एक टोल हुदै एक देश, हाम्रो देश नेपाल आत्मनिर्भर हुने आफ्नै कृषिउपजमा अनि पो बल्ल हामि सानका साथ भन्नसक्छौ हामि एक कृषिप्रदान देशका नागरिक हौ।