कोरोना महामारिले पुरै विश्वलाई नै असर पारेको छ जसको सिधा असर अर्थतन्त्र र कृषितन्त्रमा परेको छ। नेपालमा पनि कोरोनाको असर कृषि छेत्रमा धेरै परेको छ।यसले बिउबिजनमा पारेको असरका कारण देशको अर्थतन्त्र र कृषिमा ठुलो असर परेको देखिन्छ। बीउ खाद्यान्न उत्पादनको मुख्य श्रोत हो। बिउको अभावमा खाद्यान्न उत्पादन सम्भव छैन। यस कोरोना महामारिले गर्दा नेपाल भारत सिमा ठप्प छ जसको कारणले बीउको अभाव सिर्जना भएको छ। बीउ सङसङै बाली उब्जनी मा आवश्यक मल, किटनाशाक , र अन्य सामाग्रीको पनि आयात हुन नपाउदा धेरै समस्या परेको छ।

लगभग सात महिनाको लकडाउन पछि पनि अझै बजारमा बीउ सजिलै पाइयको छैन। एग्रोभेटहरु पनि नखुलेको र खुलेपनी बीउ अभाब भएको देख्न सकिन्छ। दिनानुदिन पत्र(पत्रिकामा किसान हरुको मर्म र दुस्ख हरु देखिन्छन। समयमा बिउ नपायर परेको समस्या, आवश्यकता भन्द धेरै कम मल पाएर बाली राम्रो नभएको,किटनाशक नपाउदा किरा र रोगले बाली सखाप पारेको कुरा त हामीले वरिपरि नै धेरै देख्दै आएका छौ। एस्तो अवस्थामा पनि सरकार र सम्बन्धित निकाएको ध्यान गएको पाइदैन। एस्तै चलिरहने हो अभने देश कुन समयमा अर्थिक संकटमा जान्छ भन्न सकिँदैन। कुल जनसंख्याको आधा भन्दा धेरै प्रतिशत मानिस कृषि पेशामा आवद्द रहेको देश भएतापनि यस्तै समस्याहरुले गर्दा हामी आत्मनिर्भर हुन सकिरहेका छैनौ। सबै कुरामा परनिर्भर हुनुपर्ने देशको अवस्थामा अझ सर-सामाग्रीको अभाव ले थप संकट भएको छ।एस्तै चल्दै जाने हो भने देशको आर्थिक अवस्था को अस्थिरता संगै खाद्य असुरक्षा पनि हुने देखिन्छ।खाद्य सुरक्षा सबैको अधिकारको कुरा भएतापनि बिहान बेलुका को छाक टार्न पनि धौ-धौ हुने अवस्था धेरैको छ। बीउ बिजन ,मल र आवश्यक सामाग्रीको अभावमा खाद्य संकटको अवस्था सिर्जना नहोला भन्न पनि सकिन्न।

नेपालमा प्राचीन बिधिबाट बीउ जोगाउने गरिन्थ्यो ।समयको आधुनिकिकरण र उन्नत जातका बीउ बजारमा प्रशस्त पाइने भएकाले र उत्पादन पनि धेरै हुने भएकाले अहिले खासै पाइदैन। यसको असर अहिले पर्न गएको छ। बीउ को मात्र नभएर अरु आवश्यक कुरहरु को अभाव उनिहरुले कसै गरेपनि परिपुर्ती गर्न सकेका छैनन।यहि मौकाको फाइदा उठाएर अनेकौ एग्रोभेटहरुले सोझा किसानहरुलाइ सुचिकृत नभएको र गुणस्तरबिहिन बीउ हरु दिएर ठगि गरिरहेको पाइएको छ। यस्ता बिउहरुबाट उब्जाउ भएका बालिहरुमा नउमृने समस्या, बाला नलाग्ने समस्या,उत्पादन कम हुने जस्ता समस्याहरु देखा पर्ने गर्छन।

बीउ बिजनको अभावदेखि लिएर अनेकौ सामस्या हरु मध्य मुख्य समस्याहरु निम्नलिखित छन।

समस्याहरु :

१. पर्याप्त मात्रामा सुचिकृत बीउ,किटनाशक,मल र अन्य आवश्यक समाग्रीको अभाव छ।
२. अपर्याप्त बिउबिजनले देशको आर्थिक अवस्थामा पारेको नकारात्मक प्रभाव पारेको देखिन्छ।
३. भविश्यमा खाद्य संकट आउन सक्ने अवस्था छ।
४. बिउको अभावमा समयमा बाली लगाउन नपाउदा किसान लाई धेरै घाटा पर्ने गरेको देखिन्छ।
५. एग्रोभेटले दिएको असुचिकृत बीउ बाट पनि किसानले धेरै पिडा र घाटा खेप्नुपरेको छ।
६. राम्रो बिउको अभावमा बिरुवामा रोग लागि उत्पादनमा पनि कमि आउने गर्छ।
७. बीउ उपलब्ध भएतापनी अरु आवश्यक कुरा नपाउदा पनि धेरै नोक्सान भएको छ।
समस्याहरु लाई समाधान गर्नुपर्ने अवस्थामा मौकाको फाइदा उठाउने मानिशरुको पनि कमि छैन।एग्रोभेटले दाना नै नलाग्ने खोक्रो बीउ किसान लाई दिएर बर्षभरिको बाली नाश भएको उदाहरण हामी संग छ। आर्थिक वर्ष २०६९/७० मा “DY 69” जातको धानको बिउमा ‘नेक ब्लासट’ (धान मरुवा) ले ७२४ हेक्टर जमिनको उब्जनी खेर गएको उदाहरण पनि हामी संग छ।  यस्तो अवस्था आइरहदा आधुनिकरण ले हामिलाइ गलत बाटोमा त लगिरहेको छैन भन्ने प्रश्न सबैको मन मा आएको छ। समस्याको समाधानका निमित्त हामिले निम्न कुरा हरु अपनाउन सक्छौ जस्ले ठुलो सम्स्या बाट हामिलाइ बचाउन सक्छ।

समाधानका उपायहरु :

१. सबै बीउ उपलब्ध गराउने संघ संस्था बाट सुचिकृत बीउ मात्र दिनु पर्ने र ठगि गर्न खोजेमा कडा कार्बाही गरिनु पर्छ।
२. स्थानिय र रास्ट्रिय स्तरबाट बीउ बिजन कानुन कडा बनाइनुपर्छ।
३. किसानहरुलाइ आफ्नै घरमा बीउ राख्न प्रेरणा दिनु पर्छ।
४. सम्भावित क्षति कम गर्न किसानहरुलाइ तालिम हरु दिनु पर्छ।
५. बीउ विजनका कानुन हरुलाइ कार्यान्वयन गर्नेतर्फ ध्यानाकर्षण हुन जरुरी छ।
६. बीउ व्यवसायलाइ महत्त्व दिइ यसमा हुने चलखेल रोकि किसानलाइ गुणस्तरिय बीउ र अवस्यक समाग्री प्रदान गरिनु पर्छ।
७. किसानहरुलाइ प्रेरणा स्वरुप सम्मान गरिने नियम पनि बनाइनु पर्छ।
संबधित निकायसंगै हामी पनि यस विषम परिस्तिथी मा जुटेर अगाडी बढनु जरुरी छ। भनिन्छ नि संकटमा जिउ जोगाउनु अनि अनिकालमा बीउ जोगाउनु भनेर।सबैको सहयोग र सरकारको सहयोग ले यो समस्या बाट समाधान पाउन सकिन्छ।