समाचार

सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्दै

सुदूरपश्चिम। सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्काय विद्यार्थीको रोजाइमा पर्न थालेको छ । कैलालीको टीकापुरमा सञ्चालित विश्वविद्यालयको कृषि सङ्कायमा ५२ जिल्लाका १०० बढी विद्यार्थी अध्ययनरत रहेका छन् । त्यहाँ सत्र उपप्राध्यापकले पठनपाठन गराउँदै आएका छन् । चार वर्ष अघिदेखि सञ्चालन हुँदै आएको कृषि सङ्कायमा मनाङ, मुस्ताङ, ताप्लेजुङलगायत हिमाली जिल्लासँगै देशका विभिन्न क्षेत्रका विद्यार्थी भर्ना भई अध्ययन गर्दै […]

किसानको लाखौँ रुपैयाँ ठगेर डेरी व्यवसायी सम्पर्कविहीन

पाँचथर। पाँचथरमा किसानको रकम ठगेर एक डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् । कृषक तथा व्यवसायीलाई लाखौँ रुपैयाँ भुक्तानी दिनुपर्ने उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् । सदरमुकाम फिदिम जाने भनि हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको […]

काभ्रेको ५५ प्रतिशत खानेपानी दूषित

काभ्रेपलाञ्चोक। यहाँको ५५ प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा यहाँका ४० स्थानमा गरेको खानेपानी परीक्षणबाट ५५ प्रतिशत खानेपानी दूषित भएको प्रमाणित भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाललगायत सबै स्थानीय तहको खानेपानी परीक्षणका क्रममा पानीजन्य रोगको जोखिम पुष्टि भएको जनाइएको […]

जङ्गली जनावरद्वारा बालीनाली नोक्सान

डोटी। जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकै हुर्किने र घोगा लाग्ने बेलामा जङ्गली जनावरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ । जिल्लाका बोगटान फुड्सिल, जोरायल, बर्छैन, कपल्लेकी, रानागाउँ, कुलाउ, जमलकटिया, […]

धानखेती गर्न छोड्दै ताप्लेजुङका किसान

फुङ्लिङ। विक्रम याक्सो अहिले बाँझो खेतबारीमा आँखा टोलाउँछन् । ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–४ हाङपाङ निवासी उनी विगतका असार साउनमा दिनहरुमा हिलोले लत्तपतिएर असारे गीत गाउँदै खेतबारीमा आली लगाएका दिनहरु सम्झिन्छन् । खेतबारीमा हलो जोतेको, आली लगाएको यादहरु याक्सोको सम्झानामा मात्र सीमित हुन पुगेको छ । उनी विगतका समयमा जेठ महिनाको पहिलो सातादेखि साउन तेस्रो सातासम्म […]

सुन्तला नर्सरीबाट मनग्य कमाइ

गलकोट। बहुआयामिक सफल कृषकको रूपमा परिचय बनेका बागलुङका केदार आचार्यले सुन्तलाको बिरुवा बिक्रीबाट मनग्य आम्दानी गरेकाछन् । बागलुङको जैमिनी नगरपालिका–१० राङखानीका केदार आचार्यले यस वर्ष नर्सरीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् । विसं २०७३ देखि व्यावसायिक कृषि सुरु गरेका आचार्यले २०७७ सालमा नर्सरी सुरु गरेका थिए । अघिल्लो वर्ष पाँच हजार अलैँचीका बिरुवा बेचेर […]

वर्षासँगै किसानलाई रोपाइँ गर्न भ्याइनभ्याई

बलेवा। बुधबार बिहानदेखि सुरु भएको वर्षाले किसानलाई राहत मिलेको छ । खडेरीका कारण रोपाइँ गर्न नपाएका किसानले वर्षापछि धमाधम रोपाइँ गर्न थालेका छन् । जिल्लाभर ३० प्रतिशत खेतमा अझै रोपाइँ गर्न बाँकी छ । बेँसी खेतमा कुलो र नहरको पानी पर्याप्त हुने भएकाले रोपाइँ भएको भए पनि पाखाहरूमा रोपाइँ हुनसकेको थिएन । सुक्खा ठाउँमा भल […]

अठार करोडको रासायनिक मल विक्री

जनकपुरधाम। सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रू. १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल विक्री गरेको छ । सो अवधिमा रू. १० करोड ५१ लाखको डीएपी र रू. सात करोड ८१ लाखको युरिया विक्री गरेको छ । आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार […]

कृषि उपकरण तथा स्यालो बोरिङ वितरण

राजविराज। कृषि ज्ञान केन्द्र सप्तरीले कृषि उपकरण तथा साना सिँचाइका लागि स्यालो बोरिङसहितका सामग्री वितरण गरेको छ । जिल्लामा वैकल्पिक सिँचाइको व्यवस्थासहित कृषिमा यन्त्रीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले पावर टिलर, धान तथा गहुँ काट्ने रिपर मेशिन, स्यालो बोरिङ र कमर्शियल मोटरलगायत कृषियन्त्र किसानलाई अनुदानमा वितरण गरिएको केन्द्रले बताएको छ । वितरण गरिएका सामानमा १८ एचपीको […]

अधिकांश अक्सिजन उत्पादन गर्ने हाउसप्लान्ट

यी अक्सिजन उत्पादन गर्ने घरका बिरुवाहरू विज्ञानका अनुसार उत्तम हुन्छन् र यिनिहरु घर भित्रै हुर्काउँदा तपाईंको मानसिक शक्ति, उन्मुक्ति र उर्जाको स्तर बढाउन सक्छन्। ठूलो सतह क्षेत्र सहितको बोटबिरुवाले अधिक अक्सिजन उत्पादन गर्न सक्दछ किनकि यिनिहरुमा रहेको स्टोमाटल उद्घाटनले प्रकाश संश्लेषणको अनुमति दिन्छ। यिनिहरुलाई कार्यालयहरू र घरहरूमा राख्न सकिन्छ र यिनिहरुले हानिकारक प्रदूषकहरू फिल्टर गर्ने […]