समाचार

दामनमा पाँच हजार किलो स्याउ उत्पादन

मकवानपुर।  थाहा नगरपालिकास्थित दामनमा रहेको शितोष्ण बागवानी केन्द्रले स्याउको बिरुवा पनि उत्पादन गरेको छ । बागवानीमा फुजी, गाला, रेड डेलिसियस, गोल्डेन डेलिसियस स्याउको नयाँ र पुराना गरेर करिब पाँच हेक्टर जमिनमा ५७५ स्याउका बोट रहेको जनाइएको छ । बागवानी प्रमुख रवि केसीले ती बोटबाट यस वर्ष करिब पाँच हजार किलो स्याउ उत्पादन भएको बताए । […]

४० लाख अनुदान पाउँदा झापाका रबर किसान हर्षित

झापा। प्राकृतिक रबरको चोपलाई प्रशोधन गरी विभिन्न सामान उत्पादन गर्ने उद्देश्यले मेचीनगर नगरपालिका–११ मा रबर उद्योग स्थापना गरिएको छ । उद्योगको स्थापनासँगै रबर किसानहरुमा खुसी छाएको छ । धाइजन पशुपालन तथा व्यावसायिक कृषि फार्मले सो उद्योग स्थापना गरेको हो । उद्योगका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ झापाले आर्थिक वर्ष २०७८/०७९ मा ४० लाख […]

गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

वालिङ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती थालेकामा यस वर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो । यस वर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य कृषक समूह […]

अनिकालको साथी ‘धर्म भकारी’

गलेश्वर। ‘परोपकाय पुण्याय पापाय परपीडनम्’ अर्थात् अरुको उपकार गर्नुभन्दा ठूलो अर्को कुनै धर्म हुँदैन र अरुलाई पीडा (दुःख) दिनुभन्दा तल्लोस्तरको अर्को कुनै पाप हुँदैन । त्यसमा पनि सामाजिक परोपकारलाई हिन्दू धर्मशास्त्र बेदलगायत विभिन्न धार्मिक ग्रन्थमा समेत उत्कृष्ट धार्मिक कार्य मानेको छ । समाजको हितका लागि आफ्नो तर्फबाट गरिने उपकारमूलक कार्य नै सामाजिक परोपकार हो । […]

वर्षाको आशमा किसान

बागलुङ। बागलुङ नगरपालिका– १२ अमलाचौरका ज्ञानेन्द्र ढकालको वर्ष दिन खान पुग्ने धान फल्ने खेत साउन सुरु हुँदासमेत बाँझै छ । विगतका वर्षमा यो बेलासम्म रोपाइँ सक्ने मेसो चलिरहेको हुन्थ्यो । तर, यसवर्ष पाकेको मकै थन्क्याएको केही दिन भयो । रोपाइँको तयारीको लागि खेतका गह्रा खाली गरिए । तर, वर्षा नहुँदा ढकालको काम आकाश नियाल्ने मात्रै […]

नार्क, राष्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटारद्वारा धान खेतीमा यन्त्रीकरण प्रविधिको सहभागितामूलक मुल्यांकन तथा प्रविधि प्रदर्शनी

धान खेती नेपालको प्रमुख बाली हो भने धान खेती गर्न को लागी उलेख्य लगानी, श्रम को खर्च लाग्ने गरेको हुन्छ। धान खेतीमा आधुनिक प्रबिधि अर्थात् यान्त्रिकरण प्रविधिको अबलम्बन गरी लागत न्यूनीकरण तथा श्रम भार कम गर्नु अहिलेको आवस्यकता हो । यसै सन्दर्भमा नेपाल कृषि अनुसन्धान परिषद्, रास्ट्रिय कृषि इन्जिनियरिङ्ग अनुसन्धान केन्द्र खुमलटार द्वारा पाँचखाल नगरपालिका […]

उत्पादन वृद्धिसँगै चैते धान भित्र्याउने चटारो

गण्डकी। असारको महिना छोपेर अधिकांश स्थानमा कृषकले धान रोपिसकेका छन् । कास्कीमा ८० प्रतिशतभन्दा बढी खेत रोपिसकिएको छ भने राम्रोसँग मुल नफुटेका कारण कतिपय स्थानका टारी खेतमा भने रोपाइँ हुन सकेको छैन । जिल्लाका अधिकांश स्थानमा रोपाइँ भैसकेको पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले जानकारी दिए । असारे रोपाइसँगै कास्कीका कतिपय स्थानमा कृषक चैतेधान […]

किसानको गुनासो : ‘आकाश हेर्दै असार बित्यो’

म्याग्दी। असारको दोस्रो सातासम्म रोपाइँ गरेर सकिसक्नुपर्ने म्याग्दीका ग्रामीण भेगका खेत यस वर्ष पर्याप्त वर्षा नभएका कारण बाँझै छन् । रोपाइँ भएका ठाउँमा पनि पानी अभावमा खेतका गह्रा धाँजा फाटेका छन् भने रोपेको धानको बीउसमेत मर्न लागेको किसानले बताएका छन् । “पोहोरपरार यतिबेलासम्म सबै खेत रोपेर सकिन्थ्यो, तर यसपालि भने आकाश हेरेरै असार बित्यो, वर्षा […]

पर्वतमा ४० प्रतिशत रोपाइँ बाँकी

पर्वत।  यहाँ अझै ४० प्रतिशत खेतमा रोपाइँ हुन बाँकी रहेको छ । सिँचाइको सुविधा भएका र खोला नालाको नजिक रहेको खेतमा रोपाइँ सकिएको भए पनि मुख्य उत्पादन हुने र मकै लगाएका तथा वर्षायामको पानीको भरमा रोपाइँ हुने क्षेत्रका कृषकले रोपाइँ गर्न नपाएका हुन् । कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका […]

सामुदायिक वन र सङ्घ संस्थालाई बिरुवा वितरण

ललितपुर।  सामुदायिक वन उपभोक्ता महासङ्घको समन्वयमा जिल्लाको रामपुर क्षेत्रका सामुदायिक वन समूह र विभिन्न संस्थालाई बिरुवा वितरण गरिएको छ । जिल्ला भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयसँगको समन्वयमा महासङ्घले तीन हजार बिरुवा ल्याएर वितरण गरेको हो । जिल्लाका पर्यटकीय स्थल राम्चे सामुदायिक वन, रानीवन तथा वडवान सामुदायिक वन, जुनतारा मातृ समूह, दियालो सहकारी, दुर्गादेवी आमा समूहबाट […]