समाचार

मनाङका घर–घरमा हाइब्रिड स्याउ

मनाङ। हिमाली जिल्ला मनाङका किसान हाइब्रिड स्याउ खेतीतर्फ आकर्षित भएका छन् । उत्पादन राम्रो हुनुका साथै मनग्य आम्दानी गर्न उनीहरु व्यावसायिक स्याउ खेतीतर्फ लागेका हुन् । सहज र छिटो उत्पादन तथा प्रतिफल पाइने भएकाले अहिले घर–घरमा हाइब्रिड स्याउ उत्पादनमा लागेको नासों गाउँपालिका–८ ताजैका सोलबहादुर गुरुङले बताए । “रैथाने स्याउ भन्दा बढी उत्पादन हुने र आम्दानी […]

तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै डडुवाका किसान

गलेश्वर। एक दशकसम्म बहराइनमा काम गर्दा खासै कमाई गर्न नसकेपछि फर्किएका बेनी नगरपालिका–५ डडुवाका ५२ वर्षीय मोहन भण्डारी अहिले व्यावसायिक तरकारी खेतीमा व्यस्त छन् । उनी तरकारी खेती गरेर वार्षिक रु. पाँच लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। भण्डारी तरकारीसँगै फलफूल खेतीमा समेत व्यस्त छन् । गोडमेल, मलजल र फलफूल रेखदेखनै उहाँको दैनिकी बनेको […]

धान गोड्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश

पर्वत। रासायनिक मलबिनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निराश बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरु चिन्तित बनेका हुन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि […]

अकबरे खुर्सानीमा आत्मनिर्भर घाम्राङ गाउँ

लमजुङ। लमजुङको उत्तर पश्चिम क्षेत्रमा पर्ने क्व्होलासोंथर गाउँपालिका-८ को घाम्राङ गाउँ अकबरे खुर्सानीका लागि आत्मनिर्भर छ। सामाजिक अगुवा गमप्रसाद गुरुङको जन्मथलो रहेको घाम्राङ गाउँमा उनले पछिल्ला १० वर्षदेखि हिमालय हर्ब सेन्टर फार्म नै दर्ता गरेर मार्फत यस्ता विभिन्न काम गर्दै आएका हुन्। पूर्वशिक्षकसमेत रहेका ५० वर्षीय गुरुङका अनुसार उनी सानो हुँदा घाम्राङ गाउँमा खुर्सानी फल्दैन […]

मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गे र अर्ना

चितवन। वंश विस्तार र सम्भावित महामारीबाट बचाउन चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे मरेर सकिएका छन् । विसं २०७३ मा ल्याइएका १५ अर्ना र विसं २०७४ मा ल्याइएका सात बाह्रसिङ्गे सखाप भएका हुन् । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो । तीसमेत सबै मरेका छन् । […]

चौबीस जिल्लामा सतप्रतिशत रोपाइँ

ललितपुर। यसवर्ष समयमा पानी परेकाले वर्षे धान रोपाइँ उत्साहजनक रुपमा सकिएको छ । नेपालमा हिमाल पारीका दुइजिल्ला मनाङ र मुस्ताङ बाहेक ७५ जिल्लामा रोपाइँ सकिएको छ । चौबिस जिल्लामा सतप्रतिशत रोपाइँ भएको कृषि विभागले जनाएको छ । नेपालमा वर्षे धान साउन महिनाभर रोपिन्छ । यसवर्ष कर्णाली प्रदेशमा ९९ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष […]

भुम्लुका किसानलाई जैविक मल बनाउने तालिम

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाले स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउने तालिम दिएको छ । किसानले खेती गर्ने समयमा मल खरिद गर्नसमेत नपाएर समस्या व्यहोर्नुपरेकाले गाउँपालिकाले जैविक मल उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको हो । तालिमको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा […]

अझै परेन पानी, भएन रोपाइँ

बाँके। बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ । सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन् । स्थानीयवासी सोहनलाल यादवले नरैनापुर क्षेत्रमा पर्याप्त बर्सात नभएका कारण अहिलेसम्म करिब १५ प्रतिशत मात्र धान रोपाइँ भएको जानकारी दिए। उनले भने, “रोपाइँ […]

रासायनिक मलको कोटा वृद्धि गर्न माग

वीरगञ्ज। किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल नियन्त्रणमा लिएका छन् । सहजरुपमा रासायनिक मल नपाएको जनाउँदै स्थानीयवासीले मल नियन्त्रणमा लिएका हुन् । कृषकले मल ‘लोड’ गरिएको ट्रक नियन्त्रणमा लिएपछि त्यहाँ पुगेका वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले जिल्लामा मलको कोटा वृद्धि गर्न पहल गर्ने जानकारी दिए […]

म्याग्दीमा बाँसको व्यावसायिक खेती

म्याग्दी। म्याग्दीमा बहुउपयोगी बाँसको व्यावसायिक खेती गर्नेक्रम बढ्दै गएको छ । समाजमा मर्दापर्दासमेत आवश्यकपर्ने बाँस नेपाली समाजको अभिन्न अङ्ग जस्तै बनेको छ । जिल्लामा फस्टाएको बाँसखेतीबाट किसानको आयआर्जन वृद्धि गरी जीवनस्तर उकास्नसमेत मद्दत गरेको छ । मानव जीवनको जन्मदेखि मृत्युसम्मका विभिन्न काममा आवश्यक पर्ने बाँसलाई पवित्र सामग्रीका रुपमा लिने गरिन्छ । बाँसबाट डोको, डालो, नाङ्लो, […]