समाचार

खेर गइरहेको जमिनबाट आम्दानी

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ ककनीमा पाँच युवा कृषक मिलेर रु. सात करोड लगानी गरी कृषि फार्म सञ्चालन गरेका छन् । पर्यटकको रोजाइमा पर्ने गरेको पाल्चोक ककनी अहिले झनै आकर्षक र पर्यटकको गन्तव्य बन्दै गएको छ । किसानलाई कृषिसँगै पर्यटकसँग जोड्न ककनीमा थुप्रै संरचना बनेका छन् । ककनी भनेर आउने पर्यटकलाई गाउँकै स्थानीय उत्पादन खुवाएर कृषि […]

तिब्बतबाट भेडा, च्याङ्ग्रा आयात नहुँदा, खसीबोका महँगियो

ललितपुर। दसैँ तिहारजस्ता चाडपर्व नजिकिएसँगै ताप्लेजुङमा खसीबोकाको मूल्य महँगिएको छ । टिप्ताला नाका बन्दका कारण चीनबाट च्याङ्ग्रा आयात बन्द भएकाले सदरमुकाम फुङ्लिङमा खसीबोकाको मूल्य महँगिएको हो । दसैँको मौका छोपेर हाट बजारमा नियमित खरिदरबिक्री हुने मूल्यको तुलनामा व्यवसायीले खसीबोकाको मूल्य एक्कासी बढाएका हुन् । चाडपर्वका समयमा मासुको खपत साथै माग पनि बढ्ने हुँदा खसीबोकाको मूल्य […]

साइपालका च्यांग्रा पोखरामा : ‘यात्राको दुःख भनेर सम्भव छैन’

चैनपुर। आइतबार राति बझाङको साइपालबाट भेटारच्यांग्रा लिएर पोखरा जाँदै गरेका २८ वर्षीय देवेन्द्र बोहरा कैलालीको खानीडाँडामा भेटिए । साइपाल हिमालको फेदबाट १७० च्यांग्रा लिएर पोखरा हिँडेका साइपाल गाउँपालिका–१ का उनी हरेक दसैँ तिहारको पूर्वसन्ध्यामा यही व्यापारमा निस्कन्छन् । तीनरचार दिनको पैदल यात्रापछि बझाङ सदरमुकाम चैनपुर पुग्ने गरेको बताउँदै उनले काठमाडौंरपोखरा पुग्न आफूलाई हप्ता दिन लाग्ने […]

कागती खेतीमा भविष्य खोज्दै युवा

ढोरपाटन। “विदेश गएर हण्डर खाइयो, अहिले आफ्नै गाउँ प्यारो लाग्छ, यही माटो प्यारो लाग्छ, कागती खेतीले मलाई सन्तुष्टि दिएको छ, परिवार पाल्न सकिएको छ ।” बागलुङ निसीखोला गाउँपालिका–६ का धर्मराज पोखरेल पाँच वर्षदेखि व्यावसायिक कागती खेती गर्दै आउनुभएको छ । करिब २४ वर्ष विदेशमा सङ्घर्ष गर्नुभएका उहाँले कागतीसँगै अन्य फलफूल पनि खेती गर्दै आउनुभएको छ […]

पशुपालनमा केन्द्रित हुँदै दाङका किसान

दाङ। दाङ घोराही उपमहानगरपालिका–८ दुन्द्राका आइतमाली विकको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उनी बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्छन् । यस्तै दिनचर्यामा नै उनको तीन वर्ष बितिसकेको छ । आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै रहेको उनको अनुभव छ । माडीगाउँपालिका– १ रोल्पा स्थायी घर भए पनि अहिले घोराही झरेका […]

पहिरोका कारण तरकारी बजार पुर्‍याउन समस्या

म्याग्दी। बेनी नगरपालिका–५ डडुवामा उत्पादन भएको कृषि उपज बजारसम्म पुर्‍याउन समस्या भएको छ । बेनीदेखि पुलाचौर–चिप्लेटी–डडुवा जोड्ने सडकमा खसेको पहिरोका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा तरकारी बजार पठाउन नपाएपछि कृषक मर्कामा परेका हुन् । डडुवाका अगुवा कृषक मोहन भण्डारीले प्रशस्त मात्रामा तरकारी र फलफूल पनि बजार पठाउन नसक्दा अपेक्षाकृत लाभ लिन नसकेको गुनासो गर्नुभयो […]

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

मेलम्ची। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वषौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् […]

‘पढ्दै, कमाउँदै’ विद्यार्थी

सुर्खेत। कैलाली अत्तरियाका युवराज आचार्य तीनवर्षे ‘भेटेरेनरी जेटिए’ पढिरहेका छन्। माध्यामिक शिक्षा परीक्षा (एसइई) पास गरेर रोजगारीका लागि भारतको हिमाञ्चल हानिएका उनी अहिले सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरस्थित जनज्योति माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका छन्। पढाइ सँगैसँगै उनले सोही विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत विद्यालयले दिएको ऋणले १२ बङ्गुर र एक सय ५० बट्टाइपालन गरिरहेका छन् । आचार्यसहित […]

आम्दानीको बलियो स्रोत अम्रिसो

त्रिवेणी। नवलपरासी  (बर्दघाट सुस्तापूर्व) नवलपुस्थित हुप्सेकोट –५, राम्चेका श्यामबहादुर राईलाई आफूले लगाएको धानले मुस्किलले चार महिनामात्रै खान पुग्थ्यो । पहाडी क्षेत्रमा धानखेत खासै छैन र हुँदैन पनि । भएको खेतमा लगाएको धानले केही महिनामात्रै गर्जो टथ्र्यो । तर कबुलियती वनमा अम्रिसो खेती गरी आम्दानी हुन थालेपछि, अहिले वर्षभरी चामल कहाँबाट ल्याउने भन्ने पिर उनलाई छैन […]

दसैँमा दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभाव हुन दिन्नौँ– खाद्य कम्पनी

ललितपुर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्णालीलगायत दुर्गम क्षेत्रमा अत्यावश्यक खाद्यन्न अभावका कारण बडा दसैं लगायतका महत्वपूर्ण चाडपर्व मनाउन नपाउने स्थिति आउन नदिन भरमग्दुर प्रयास गर्ने जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक मोहनप्रकाश चन्दले सरकारले दिएको बजेट सीमा परिधिभित्र रही जनघनत्व र आवश्यकताका आधारमा निर्धारण गरिएको कोटाअनुसार खाद्यान्न उपलब्ध गराइने बताए । दसैँ लगायतका […]