समाचार

कोसेली सिगानाका सुन्तला

बागलुङ। सुन्तला गाउँका रुपमा रहेको सिगानाका अगुवा कृषक टोपबहादुर खड्काले बेमौसमी सुन्तला उत्पादन गरेका छन् । सामान्यतः सुन्तलाको सिजन कात्तिक, मङ्सिरमा भए पनि उनले सय बोटमा बेमौसमी सुन्तला फलाएका छन् । खड्काको सुन्तला बैँगचामा विभिन्न प्रजातिका १० देखि २० केजीसम्म सुन्तला एउटै बोटमा फल्ने गरेको छ । बेमौसमी सुन्तलाको बोट भने सानो हुने र छिटो […]

बाख्रापालनबाटै आत्मसन्तुष्टि

दमौली। तनहुँको ऋषिङ गाउँपालिका–१ बाफल निवासी सोमबहादुर आलेमगर १४ वर्ष विदेश बसे । साउदीमा बस्दा उनको काम भेडाबाख्रा चराउने थियो । परदेशमा पसिना र परिश्रम बगाएको १४ वर्षपछि उनी घर फर्किए २०५८ सालमा । घर फर्किएपछि अब विदेश नजाने सोच उनमा पलायो । विदेशमा बगाउने जति पसिना नेपालमै बगाउन सकिए आम्दानी गर्न सकिन्छ भन्ने ध्येयका […]

मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर

मेलम्ची। पछिल्लो समयमा युवाहरू व्यावसायिक कृषिमा जोडिइरहेका छन् । जिल्लामा पनि व्यावसायिक खेती गर्ने र पशुपालनमा जोडिने बढिरहेका छन् । यसका कारण मेलम्ची नगरपालिका दूध उत्पादनमा आत्मनिर्भर बनेको छ । विगतमा उत्पादित दूधलाइ स्थानीय बजारका चिया पसलहरूमा बिक्री गर्दै आएका किसान अब भने सहकारीमार्फत सञ्चालित केन्द्रमा दूध बिक्री गर्ने गरेका छन् । दुग्ध उत्पादनका लागि […]

खाद्यले दाङका खसीबोका काठमाडौँ पठाउन थाल्यो

ललितपुर।  लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिकरूपमा बाख्रा पालेका छन् । उनले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो । उनीसँग ५० खसीबाख्रा थिए । यसपालिको दसैँमा १२ खसी बिक्री गरेको उनले बताए । “तौल गरेर बिक्री गर्दा ढुक्क हुँदोरहेछ”, उनले भने, “सरकारले दिने अनुदानमा पनि पाइने र खसीबोका बिक्री पनि हुने, सहकारीले आफ्ना सदस्यले […]

दसैँलाई सहकारी र कृषक समूहका खसीबोका

बागलुङ। बागलुङका सडकमा हिमालपारिका खसी भरिभराउ छन् । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु. ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने साइनो राख्दैनन् । बागलुङका ग्रामीण क्षेत्रका किसानको सक्रियतामा गठन भएका सहकारी र कृषक समूह आफैँले खसीबोका उत्पादन गर्छन् । समूह र […]

बुटवलका सडकमा खुला दूध बेच्न रोक

बुटवल। बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्रीमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री रोक्न आग्रह गर्ने निर्णय गरेको हो । दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र […]

बाख्रापालनबाट वार्षिक १२ लाख आम्दानी गर्ने मेघनाथ

वालिङ। स्याङ्जाको वालिङ–१४ उपल्लो पेखुका मेघनाथ पौडेलले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विसं २०५९ मा पौडेलले एउटा माउ बाख्रा पालेर सुरु गरे पनि २०६२ सालदेखि व्यावसायिकरुपमा बाख्रापालन थालेका हुन् । ०६२ मा ‘मेघनाथ बाख्रा प्रजनन तथा नश्ल सुधार उद्योग’ संस्था दर्ता गरी बाख्राको मासुभन्दा पनि बीउका लागि काम गर्दै आएका छन् । पौडेलले […]

धानखेतीसँगै माछापालन गर्दै चितवनका युवा किसान

भरतपुर। चितवनका एक युवा किसानले खेतमा धानसँगै माछापालन पनि सुरु गरेकाछन् । भरतपुर महानगरपालिका–२५ फुलबारीका युवा रोमिनजङ्ग थापाले धान खेती गरिएकै ठाउँमा माछापालन सुरु गरेका हुन् । उनले माछा पाल्न पोखरी नै निर्माण गर्नुपर्छ भन्ने धारणा तथा सोचलाई परिवर्तन गरिदिएकाछन् । २३ वर्षीय थापाले गत वर्ष पनि परीक्षणका रुपमा धान खेतमा माछापालन गरेका थिए । […]

बझाङमा दुई वडावासीलाई तरकारी खुवाउँदै प्रकाश

बझाङ। बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ । घर पुग्दा नपुग्दै हातमा कुटो–कोदालो बोकेर बारीमा प्रवेश गरिहाल्छन् बझाङको खप्तडछान्ना गाउँपालिका–५ सुतारीगाउँका प्रकाश खत्री । उनीसँग तरकारी बारीको हेरविचार गर्ने पर्याप्त समय छैन । बिहान बेलुका बचेको समयले मात्रै धानिरहेका छन्, ‘गोपाल फलफूल तथा […]

चौध दिन हिँडेर भेडा बेच्न बागलुङ बजार

ढोरपाटन । अगाडि–अगाडि काला सेता रङका भेडाहरू । हातमा लौरो, शिरमा टालेको टोपी र शरीरमा केही पसिनाले भिजेका कपडा लगाएका दुई जना बागलुङ बजारको उपल्लाचौरमा भेटिए । उनीहरू थिए रोल्पाको सुनछहारी गाउँपालिका–३ का नन्दबहादुर बुढामगर र तीर्थबहादुर बुढामगर । दुवै जना काका भजित हुन् । चौध दिन अगाडि तिलाचन क्षेत्रबाट चार सय भेडा लिएर आएका […]