समाचार

कैलाली बाढी : ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

कैलाली। लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ । बाढीले सबैभन्दा बढी धानबालीमा क्षति पुर्याएको छ । बाढीले टीकापुरमा २० प्रतिशत धानबालीमा नोक्सान पुर्याएको छ । असोज १ गते र त्यसपछि लगातारको […]

तिहार नजिकिएसँगै ओखरको आयात बढ्दै

रसुवा। तिहार पर्वलाई लक्षित गरी रसुवागढी नाकाबाट ओखर तथा स्याउ आयात हुन थालेको छ। चालु आर्थिक वर्षको साउनदेखि नै अत्यन्तै न्यूनरूपमा आयात भइरहेको चिनियाँ दाँते ओखर तथा स्याउ दसैँपछि दैनिक आयात हुन थालेपछि नेपाली उपभोक्ताको खरिदमा सहजता आएको हो। दसैँ सकिएलगत्तै चार दिनको अन्तरालमा २६ कन्टेनर ओखर र १८ कन्टेनर स्याउ रसुवागढी नाकाबाट नेपाल भित्रिएको […]

कञ्चनपुरका किसानलाई धान काट्न चटारो

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उनि निकै चिन्तित छन् । “लगातारको एक सातासम्मको वर्षाले पाकेको धानबाली काटन पाएनौँ”, उनले भने, “धानको बोटमा लागेको बालामा भएका दाना उम्रिन थालेका छन, ढलेको धान पुरै उम्रिएर कामै नलाग्ने भएको छ ।” वर्षभरी […]

बर्दियामा ४९४ बिघाको धानबालीमा क्षति

बर्दिया। राजापुर, गुलरिया, मधुवन, बारबर्दिया क्षेत्रमा काटेर खेतमै सुकाइएको धान नदीले बगाएको छ । बुधबारदेखि धानबाली क्षतिको लगत लिन थालेको एकीकृत कृषि तथा पशुपक्षी कार्यालयका सूचना अधिकारी सन्तोष पाठकले बताए । उनका अनुसार गुलरिया, मधुवन र बारबर्दियामा प्रारम्भिक लगतअनुसार ४९४ बिघा धान बालीमा क्षति पुगेको छ । ३०९ बिघामा लगाइएको धानबाली पूर्ण क्षति भएको छ भने […]

विश्व अण्डा दिवस : जनचेतना अभावमा अण्डा खपत कम

चितवन। स्वास्थ्यका दृष्टिले महत्वपूर्ण प्रोटिनको स्रोत मानिने अण्डा जनचेतनाको अभावमा खपत कम भएको छ । अण्डामा गुणस्तरीय प्रोटिन, भिटामिन, खनिज तत्व, ठिक्क मात्रामा चिल्लो पदार्थ पाइने भएर पनि यसको खपत भने कम भएको हो । विज्ञका अनुसार मानिस शरीरले सजिलैसँग शोषण हुने एकमात्र खाद्यवस्तु अण्डा हो । यसमा मुख्यरुपमा गुणस्तरीय प्रोटिन, भिटामिन ई, ए, के, […]

आयात रोकिएन, चितवनका केराले बजार पाएन

भरतपुर। भरतपुर–२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केराखेती गरेका छन्। सबैभन्दा धेरै क्षेत्रफलमा केरा लगाउनेमध्येका एक उनले केरा बोटमै पाकेपछि चरा र […]

जडीबुटी निकासी नहुँदा व्यवसायी मर्कामा

नेपालगञ्ज। करिब रु. ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् । भारतीय प्लान्ट क्वारेन्टिइनको सूचीमा दर्ता भएपछि जडीबुटी भारत निर्यात हुने जडीबुटी व्यवसायी सङ्घका केन्द्रीय अध्यक्ष टङ्कप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार इलामदेखि दार्चुलासम्म सङ्कलन भएको विभिन्न प्रकारका जडीबुटी पाकिस्तान र बङ्गलादेशसमेत निर्यात भएको छ । […]

पाइनै छाड्यो स्थानीय जातका कुखुरा

सिन्धुपाल्चोक। पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ । स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्वायलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो । […]

बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा

बलेवा। बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो । स्थानीय जातको गुडुरा धान काट्न आउँदो कात्तिक […]

वर्षाले धान बाली क्षति

बाँके। केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञान केन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक […]